स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

सबै जिज्ञासा र जवाफ जिज्ञासा पठाउनुहोस्


जिज्ञासा:     म हाल कतारमा छु। म कतार आउनुभन्दा पहिले नेपाल बैंकमा चल्ति खाता खोलेर आएको थिएँ। नेपाल बैंकमा ब्याज कति पाउँछ, त्यो पनि थाहा भएन अर्को कुरा मैले यहाँबाट सोही खातामा पैसा जम्मा गर्न चाहन्छु। यहींबाट मेरो बैंकको हिसाब पनि हेर्न चाहन्छु, मिल्छ कि मिल्दैन? अनि यहाँबाट खातामा पठाएको पैसा कति दिनमा जम्मा हुन्छ। यहाँबाट कुन ब्याकंबाट पैसा पठाउन सकिन्छ?
lokendra roka magar


जवाफ:     नेपाल बैंक लिमिटेडको चल्ती खातामा ब्याज पाइन्छ कि पाइदैन भन्ने तपाईको जिज्ञासामा कुनै पनि बैंकले चल्ती खातामा ब्याज नदिने जानकारी गराउने चाहन्छु। बचत वा मुद्दती खातामा मात्र ब्याज पाइन्छ। अब लागौं कतारबाट नेपाल बैंकमा खोलिएको खातामा पैसा पठाउन सकिन्छ भन्ने तपाईको दोश्रो प्रश्नमा। यसका लागि तपाईले बैंकको वेभसाइट मा जानुपर्छ, त्यहाँ तपाईले बैंकको स्वीफ्ट कोड पाउनसक्नुहुन्छ। उक्त स्वीफ्ट कोड, तपाईको खाता नम्बर, खाता खोलिएको शाखा र तपाईको नाम दिएर त्यहाँस्थित कुनै पनि स्तरीय बैंकमार्फत् तपाईले नेपालमा रहेको आफ्नो खातामा पैसा जम्मा गर्न सक्नुहुन्छ। कतारबाट पनि तपाईले आफ्नो हिसाब किताब हेर्न सक्नुहुन्छ। यसका लागि तपाईले इन्टरनेट बैंकिंग सुविधा लिनुपर्छ। यसको विस्तृत विवरण तपाईले माथि उल्लेख गरिएको हाम्रो वेभसाइटबाटै पाउनुहुन्छ। धनञ्जय पराजुली शाखा प्रवन्धक, नेपाल बैंक लिमिटेड


जिज्ञासा:     नेपालमा दोहोरो (dual)नागरिता दिने व्यवस्था छ कि छैन?
काशी गौली


जवाफ:     छैन। नेपालको प्रचलित कानुन अनुसार अरु कुनै देशको नागरिकता लिएमा नेपाली नागरिकता स्वतः रद्द हुन्छ। तर विशेष योगदान पुर्‍याएकाको हकमा कोही विदेशीलाई नेपालले सम्मानका लागि 'मानार्थ नागरिकता' दिन्छ भने कोही नेपालीले पनि विदेशमा 'मानार्थ नागरिकता' पाएका हुनसक्छन। नविन घिमिरे, प्रवक्ता, गृह मन्त्रालय


जिज्ञासा:     मेरो नाम संजीव हो। अहिले भारतमा बसेर बी टेक अध्ययन गरिरहेको छु। मलाई पासपोर्ट चाहिएको छ। मसँग कास्की जिल्लाबाट लिएको नेपालको नागरिकता छ। के मैले नयाँ दिल्लीस्थित राजदूताबासबाट पासपोर्ट लिन मिल्छ?
sanjeev


जवाफ:     तपाईंसँग नेपाली नागरिकता छ भने भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले तपाईंलाई राहादानी उपलब्ध गराउँछ। तर, यसका लागि तपाईंले त्यहाँबाट राहादानी जारी गर्नुपर्नाको कारणसहित राजदूतावासमा निवेदन दिनुपर्छ। - सुरेशप्रसाद प्रधान, प्रवक्ता परराष्ट्र मन्त्रालय


जिज्ञासा:     म धनुषा जिल्लाको स्थायी बासिन्दा हुँ। तर, अहिले कास्की जिल्लामा बसिरहेको छु। के मैले यहीं कास्की जिल्लाबाट पासपोर्ट बनाउन मिल्छ?
Anurodh


जवाफ:     साधारणतया तपाईंले जुन जिल्लाबाट नागरिकताको प्रमाणपत्र लिनुभएको हो, त्यही जिल्लाबाट पासपोर्ट लिनुपर्ने प्रावधान रहेको छ। विशेष परिस्थितमा मात्र परराष्ट्र मन्त्रालयले पासपोर्ट दिने व्यवस्था छ। - नविन घिमिरे, प्रवक्ता गृह मन्त्रालय


जिज्ञासा:     यस दैनिकी डटकममा लेख रचना कसलाई पठाउने हो? लेख रचना पठाउने मन थियो। कसो गरु?
laxmi basnet


जवाफ:     तपाईले लेख रचना इमेल ठेगाना dainikee@dainikee.com मा पठाउन सक्नुहुन्छ। प्राप्त लेख रचनामध्ये हामीले छानेका लेखहरू आवश्यक सम्पादनसहित प्रकाशित हुँदै जानेछन्। - गोविन्द अधिकारी, लेख रचना सम्पादक


जिज्ञासा:     म दैनिकी पत्रिकामा बुटवलबाट रिपोर्टर भएर काम गर्न इच्छुक छु। निवेदन पनि पठाइसकेको छु। मैल यसको अनलाइन संस्करणका लागि समाचार पठाउन सुरु गरे हुन्छ? -टोपराज शर्मा, बुटवल
Topraj Sharma


जवाफ:     दैनिकीमा काम गर्न रुचि देखाउनुभएकोमा धन्यवाद। हामीकहाँ आएका निवेदन माथि छानविन र अन्तरवार्ताको प्रक्रिया चलिरहेका छन्। यथोचित समयमा हामी तपाईंलाई सम्पर्क गर्नेछौं। - सम्पादक दैनिकी


जिज्ञासा:     मसँग करिब एक लाख रुपैयाँ छ। म दुरसंचारको कर्मचारी हुँ। मैले यो रकम कहीं लगानी गर्न चाहन्छु। मैले कहाँ लगानी गर्नेहोला, देशको अहिलेको स्थितिमा कहाँ गरिने लगानी सुरक्षित हुन्छ? - मधुस
madhus


जवाफ:     तपाईं कम्पनीको कर्मचारी भएकाले अन्य व्यवसाय गर्ने समय नहुन सक्छ। त्यसैले तपाईंसँग भएको एक लाख रुपैयाँ शेयर वा पूँजी बजारमा लगाउन सक्नुहुन्छ। एक दुई महिनाभित्रै वित्तीय संस्था र नाफा कमाएका कम्पनीले सर्वसाधारणका लागि शेयर निकाल्दै छन्। राम्रो नराम्रो विश्लेषण गरेर शेयर किने हुन्छ। यसबाहेक राष्ट्र बैंकबाट स्वीकृत प्राप्त र बढी ब्याज दिने वित्तीय संस्था, नागरिक लगानी कोषका वित्तीय उपकरणमा पनि लगानी गर्न सकिन्छ तर लगानीमा केही न केही त जोखिम भइहाल्छ भन्ने तथ्यलाई बिर्सन भने हुँदैन। -विजय घिमिरे, अर्थ बाणिज्य सम्पादक, दैनिकी


जिज्ञासा:     मेरो घरमा नेपाल ग्याँसका सिलिन्डर छन्। अभावको बेलामा राम्रोसँग पाइएको नेपाल ग्याँस अहिले बजारमा छैन। डिलर आन्दोलनले गर्दा भन्छन्। नेपाल ग्यास किन नपाइएको होला ? कहिले सम्ममा पाईन्छ ? नेपाल ग्यास का ग्राहकले अब के गर्ने? - असिम कंचन
असिम कंचन


जवाफ:     नेपाल ग्याँस कम्पनीमा कार्यरत् श्रमिकहरुले विभिन्न माग पूरा गराउन झण्डै ३ सातादेखि हडताल गरेका थिए। व्यवस्थापन र श्रमिकबीच विवाद नसुल्झिकएकाले बजारमा नेपाल ग्याँसको बिक्री वितरण अवरुद्ध भएको हो। कम्पनीलाई ग्याँस दिने नेपाल आयल निगमको यसमा कुनै दोष छैन। - विजय घिमिरे, अर्थ बाणिज्य सम्पादक, दैनिकी


जिज्ञासा:     म नेपालका बोर्डिङ स्कूलहरुलाई शिक्षक आपूर्ति गर्ने काम गर्छु। हाम्रो अहिलेको स्थिति कस्तो छ? - अमगुना नेपाल
amguna nepal 9841354848


जवाफ:     सरकारको नेतृत्व गर्दै आएको माओवादीको निजी स्कूलप्रतिको धारणाले केही भ्रम सृजना भएका छन्। तर निजी स्कूल बन्द भएमा सरकारले हालै शिक्षा क्षेत्रमा दिएको बजेटले विद्यार्थी पढाउन पुग्दैन। निजी विद्यालय बन्द गर्न सक्ने अवस्था वित्तीय कारणले पनि सम्भव छैन। नेपाली विद्यार्थी विदेशिने क्रम पनि बढ्छ। सरकारले बजेटमा कर लगाएर निजी स्कूललाई करको दायरामा ल्याएको छ। यसबाहेक अन्य कुनै पनि नीति सरकारले ल्याएको छैन। त्यसैले तपाईं आत्तिहाल्नुपर्ने अवस्था छैन। तर, विदेशमा कामका लागि जानेबाट प्राप्त आम्दानी घट्यो, सरकारी स्कूल राम्रा हुन थाले भने तपाईंलाई चुनौती थपिन सक्छ। - विजय घिमिरे, अर्थ बाणिज्य सम्पादक, दैनिकी


जिज्ञासा:     दैनिकी! यो परिचित नाम हो। यस्को अनलाइन संस्करण राम्रो छ। दैनिकीको छापा संस्करण कहिलेदेखि बजारमा आउँछ? -भोजराज बस्नेत
Bhojendra Basnet


जवाफ:     "दैनिकी" र "माई रिपब्लिका" दुई राष्ट्रिय अखबार प्रकाशनको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ। पत्रिका प्रकाशनका लागि आवश्यक छापाखानाको भारतमा समेत माग बढी भएकाले छापाखाना आउन केही साता लाग्न सक्छ। हामीले माघ मसान्तसम्म पत्रिका प्रकाश गर्ने लक्ष्य लिएका छौं। - प्रतिक प्रधान, कार्यकारी निर्देशक, धुमबराही मिडिया


जिज्ञासा:     यो दैनिकी पत्रिका कहिलेदेखि बजारमा प्रकाशित होला? - लक्ष्मीनारायण निरौला
Laxmi Narayan Niraula


जवाफ:     हामी पत्रिका प्रकाशनको अन्तिम तयारीमा छौं। छिट्टै पत्रिका प्रकाशन गर्ने हाम्रो लक्ष्य छ। - प्रकाशक दैनिकी राष्ट्रिय अखबार


जिज्ञासा:     म धनुषा जिल्लाको स्थायी बासिन्दा हुँ। तर, अहिले कास्की जिल्लामा बसिरहेको छु। के मैले यहीं कास्की जिल्लाबाट पासपोर्ट बनाउन मिल्छ?
Anurodh


जवाफ:     साधारणतया तपाईंले जुन जिल्लाबाट नागरिकताको प्रमाणपत्र लिनुभएको हो, त्यही जिल्लाबाट पासपोर्ट लिनुपर्ने प्रावधान रहेको छ। विशेष परिस्थितमा परराष्ट्र मन्त्रालयबाट पनि पासपोर्ट दिने व्यवस्था छ। - नविन घिमिरे, प्रवक्ता गृह मन्त्रालय


जिज्ञासा:     मैले घरका लागि जग्गा किन्न खोजिरहेको छु। तपाईको विचारमा अहिले जग्गा किन्न रोक्दा वुद्धिमानी होला ? कृपया जवाफ दिनुहोला। जीवनका कठिन परिश्रम गरेर मैले जग्गा किन्ने रकम जम्मा गरेको हुँ। मैले के गर्नु पर्छ ? कृपया थाहा दिनुहोला।
अनील


जवाफ:     नेपालमा घर जग्गाको मूल्य निश्चित समयसम्म बढ्ने र त्यसपछि घट्ने गरेको छ। २०४६ पछि २०५१ सम्म घरजग्गाको मूल्य तीव्र गतिले बढ्यो। २०५२ साल पछि यो मूल्य घट्न थाल्यो। २०५६ साल पछि फेरि वढ्न शुरु गरेको थियो। यो अहिलेसम्म निरन्तर जारी छ। दुई वर्षअघि घट्ने संकेत देखिएको थियो। तर, तराई आन्दोलन चर्किएपछि रोकियो। एक वर्षयताको मूल्य हेर्ने हो भने कतिपय ठाउँमा जग्गाको मूल्य दोब्बर भएको छ। एउटै जग्गा छिटोछिटो जमिनको खरिद बिक्री भइरहेको छ। बैना गर्ने र बिक्री गर्ने क्रम पनि उच्च छ। बैंक तथा वित्तीय संस्थाहरुले पनि अर्बौ रुपैयाँ यस क्षेत्रमा दिएका छन्। यसले गर्दा मूल्य बढेको हो। एक वर्षभत्रै जमिनको मूल्य दोव्वर हुनु स्वभाविक होइन। यो अस्वाभाविक बृद्धि कहीं न कहीं रोकिन्छ। यति खरिदकर्ता कम भए भने रोकिन सक्छ र त्यो बेला मूल्य पनि घट्छ। अहिलेको जोखिम यही हो। विजय घिमिरे, अर्थ बाणिज्य सम्पादक, दैनिकी


dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ