-
राष्टिय सहमति भए उम्मेदवारी फिर्ता लिने: माओवादी
शान्ति प्रकृयादेखि संविधानसभा निर्वाचनसम्म नेतृत्व गरेकाले सरकारको नेतृत्वको दावी जायज भएको: कांग्रेस
काठमाडौ, २४ श्रावण (दैनिकी)
एकीकृत नेकपा माओवादीले दलहरुबीच राष्टिय सहमति भए प्रधानमन्त्रीबाट उम्मेदवारी फिर्ता लिन सकिने तर नेपाली कांग्रेसको नेतृत्वको सरकार स्वीकार्न नसकिने बताएको छ । माओवादीले सोमबार कांग्रेस नेतृत्वसँग भएको छलफलमा उक्त कुरा बताएको हो । उसले राष्ट्रिय सहमतिको आधार निर्माण भए उम्मेदवारी फिर्ता लिन तयार भएको तर प्रधानमन्त्रीको दौडमा रहेको नेपाली कांग्रेसले निर्वाचनमा आफ्नो दलको उम्मेदवार रामचन्द्र पौडेललाई
बाँकी» -
कांग्रेस महाधिवेशन असोज १ देखि सुरु हुने
काठमाडौ,२३ श्रावण (दैनिकी)
नेपाली कांग्रेसको १२ औं केन्द्रीय अधिवेशन असोज १ देखि सुरु हुने भएको छ । आइतबार बसेको पदाधिकारीहरुको अनौपचारिक बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो । कांग्रेसले प्रधानमन्त्रीको निर्वाचनका कारण सारेको जनाएको छ । यसअघि असोज १ देखि ५ मा काठमाडौंमा महाधिवेशन हुने कार्यक्रम रहेको थियो । कांग्रेसले भदौ २ गतेपनि प्रधानमन्त्री चयन हुन नसकेमा महाधिवेशनले निर्वाचन प्रकृयामा असर पर्ने भएकाले केन्द्रीय अधिवे
बाँकी» -
विद्यार्थी नेता हतियारसहित पक्राउ
विजेता सिंह/जनकपुर,२३ साउन
जनकपुरमा शुक्रवार राती एक विद्यार्थी नेतालाई हतियार सहित प्रहरीले पक्राउ परेको छ। जनकपुरको विश्वकर्मा चौकबाट प्रहरीले शुक्रबार राती हतियार सहित रामस्वरुप रामसागर बहुमुखि क्यम्पसका स्ववियु उपसभापति श्रीराम यादवलाइ पक्राउ गरेको हो। मोटर साइकल चेक जाँचको क्रममा यादव एक थान सिक्सर र चार राउण्ड गोलि सहित मोवाइल एक थान र अन टेष्ट प्लसर मोटर साइकल पनि बरामद गरेको धनुषाका प्रहरी उपरिक्षक सर्वेन्द्र
बाँकी» -
मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने: नेपाली काङ्ग्रेस
सरकार बहुमतीय बनाए पनि शान्ति प्रकृया र संविधान निर्माण टुंगोमा पुर्याउन सहमति बनाउन लागिपर्ने
काठमाडौं, २३ साउन (दैनिकी)
नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको आज बसेको छलफल सकिएको छ । प्रधानमन्त्री चयनको विषयलाई लिएर काङग्रेस नेताहरुले छलफलमा सहमतिको सरकार बन्ने सम्भावना नभएकाले मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने एमालेलाइ आग्रह गरेको छ । छलफलमा काङ्ग्रेसका तर्फबाट कार्यबाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाको उपस्थिति थियो भने एमालेका
बाँकी» -
काँग्रेस सभापतिका आधा दर्जन उम्मेदवार
ठूला नेताको आर्शिवाद आफ्नो पक्षमा पार्न दौडधुपमा
प्रकाश डोटेल स्याङ्जा, २३ साउन
नेपाली काँग्रेसको १२ औं महाधिवेशनको पूर्व सन्ध्यामा आगामी २७ गते हुन लागेको नेपाली काँग्रेस स्याङ्जाको अधिवेशनमा पार्टी सभापतिका लागि लामो राजनीतिक पृष्ठभूमि बोकेका आधा दर्जन नेताहरुले उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवार घोषणा गरे लगत्तै नेताहरु दौडधुप शुरु गरेका छन्। पार्टी सभापतिको उम्मेदवारी घोषणासँगै केन्द्रिय स्तरका ठूला नेताहरुको आर्शिवाद आफ्नो पक्षमा ल्याउन नेताहरु दौडधुप लागेका छन्।
बाँकी» -
माओवादीले नयाँ भर्ना लिन्न -शान्तिमन्त्री
कपिल भट्ट/कैलाली, २२ साउन
शान्ति तथा पून निर्माणमन्त्री रकम चेम्जोङ्गले समायोजन र पुनस्थापनाका लागि अस्थायी शिविरमा राखिएका माओवादी जनसेनामा शान्ति सम्झौता विपरित भर्ना लिइए त्यसले जारी शान्ति प्रक्रिया विथोलिने बताउनुभएको छ । आज कैलालीको गेटा विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दे उहाले अहिलेको आवश्यकता शान्ति प्रक्रिया र संविधान निर्माण गर्नु भएकोले एकीकृत नेकपा -माओवादी)ले शान्ति सम्झौता विपरित त्यस्ता कार्य नगर्नेमा
बाँकी» -
नेपालले प्रधान मन्त्री नपाउने नै भयो त ?
एमाले ततस्थ बस्ने तथा मधेसवादी दलहरूको माग कसैले पूरा गर्न नसक्ने
काठमाडौ, २१ श्रावण (दैनिकी)
नेपाली संसदिय इतिहासमा आजको दिन अर्को कालो दिनको रूपमा दर्ता भएको छ। संसदको तेस्रो मुख्य दल एमाले तथा मधेसवादी दल लगाएत धेरैजसो स-साना दलहरूले आज पनि कुनै पनि उम्मेदवारको पक्ष्यमा मतदान नगरेपछी कुनै पनि उम्मेदवारले बिजयका लागि आवश्यक मत प्राप्त गर्न सकेन।
श्रावन ५,७,१७ तथा २१ गते पनि प्रधानमन्त्रीको पदमा कुनै उम्मेदवार बिजय नभएपछी नेपालले प्रधान मन्त्री नपाउने नै भएको जस्तो छ।
बाँकी» -
माले फुटेर दुई चिरामा विभाजित
आर्थिक प्रलोभनमा परेर आफ्नो पार्टी फुटाएको: मैनाली
काठमाडौं, २१ साउन (दैनिकी)
नेकपा माले पार्टी शुक्रबार फुटेर दुई चिरामा विभाजित भएको छ । उक्त पार्टीबाट अलग्गिएर पोलिटव्यूरो सदस्य जगतबहादुर बोगटीले चार जना सभासद्सहित नेकपा माले (समाजवादी) नामक नयाँ पार्टी खोलेका छन् । सरकार गठनमा कुन पार्टीलाई सघाउने भन्ने विषयमा चर्को विवाद भएपछि नेकपा माले दुई भागमा विभाजित भएको छ । विभाजित मालेमा समाजवादीका अध्यक्षमा बोगटी, सहअध्यक्षमा विष्णुराज अर्याल, सचिवमा यदुवंश झा, कोषाध्यक्षमा
बाँकी» -
हतियार सहित लिम्वुवानका कार्यकर्ता पक्राउ
सञ्जीव चापागाइ/झापा,२१ साउन
झापाको वुधवारेबाट हतियार सहित दुइ जना लिम्वुवानका कार्यकर्ता पक्राउ परेका छन। प्रहरीले चेकजाचका क्रममा वुधवारे ९ का देबेन्द्र सिंह र अनारमनी ४ का प्रज्वल पौडेललाइ अटोमेटीक चाइनेज पेस्तोल र दुइ राउण्ड गोलि सहित पक्राउ गरेको हो। शसस्त्र सिमा सुरक्षा वलले वुधवारे –९ स्थित हडिया खोलाको पुलमा सवारी साधन रोकी चेक जाच गर्ने क्रममा गयराती साढे १० वजेतिर उनिहरुलाइ पक्राउ गरेको जनाएको छ।
उनीहरु मध्ये सिंहको
बाँकी» -
प्रधानमन्त्रीको लागि चौथो पटक मतदान हुँदै
शुक्रबार पनि प्रधानमन्त्रीको चयन नभए भदौ २ गते पाँचौं पटक मतदान हुने
काठमाडौ, २१ श्रावण (दैनिकी)
प्रधानमन्त्री चयनको निर्वाचनको लागि शुक्रबार चौथो पटक संसदमा मतदान हुँदैछ । यस अघि तीत पटक साउन ५, ७ र १७ गते निर्वाचन भएको थियो । उक्त निर्वाचनको मतदानबाट प्रधानमन्त्री चयन हुन नसकेपछि फेरि आज हुन लागेको हो । आज हुने गइरहेका चौथो चरणको निर्वाचनमा कांग्रेस संसदीय दलका नेता एवं उपसभापति रामचन्द्र पौडेल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचनको मैदानमा उत्रिएका छन् ।
बाँकी»
राजनीति - थप सामग्री
- नेपालको शान्ति प्रक्रिया अवरुद्ध भएपनि असफल नभएको: ल्यानग्रेन
- फोरम सभासद राईको घरमा बम विष्फोट
- तराइ मुक्ति मोर्चाद्वारा मालपोत कार्यालयमा बम बिस्फोट
- बन्दका गरको कारण पुर्वका ९ जिल्लाको जनजिवन प्रभावित
- सातौ पटक पनि प्रधानमन्त्री चुन्न सकेन
- ५० करोड रुपैयाँ मागेको टेप प्रकरण छानबिन गर्न नागरिक समाजको माग
- अज्ञात समुहको गोली प्रहारबाट माओबादी कार्यकर्ताको मृत्यु
- देउखुरीमा मातृका समुहको चन्दाँ आतंक
- सातौ पटक प्रधानमन्त्री चुन्ने खेल आज पनि
- मतदाता नामावली संकलन कार्य सुरु गर्ने


