-
इन्डोनेसियामा ५.४ रिक्टर स्केलको भूकम्प
जाकार्ता, ५ जेठ (दैनिकी)
इन्डोनेसियाको पश्चिमी जाभामा स्थानीय समयअनुसार आज बिहान ७.१५ बजे ५.४ रिक्टर स्केलको भुकम्प गएको छ। उक्त भूकम्प केन्द्रविन्दु भने पश्चिमी जाभाको उजुङ्गकुलोन इलाकाबाट ३६ किलोमिटर उत्तरपश्चिमा पर्ने सामुन्द्रिक तटवर्ती क्षेत्रको पानी मुनि १० किलोमिटर गहिराईमा रहेको कुरा इन्डोनेसियाली जलवायु विज्ञान तथ भूशास्त्र अनुगमन निकायले बताएको छ। त्यसैगरी हिजो बेलुकी पनि सुकुम्वासी इलाकाबाट १४७ किलोमिटर दक्षिण
बाँकी» -
पाकिस्तानमा चार प्रहरी घाइते
इस्लामावाद, ५ जेठ (दैनिकी)
दक्षिणपश्चिमी पाकिस्तानी नगर क्वेटाको बाहिरी इलाकामा रकेट आत्रमणमा परी चार जना पाकिस्तानी प्रहरीहरु शख्त घाइते भएको समाचार प्राप्त भएको छ। क्वेटाको बाहिरी इलाकामा अवस्थित हाजारगन्जी क्षेत्रको भियाँगुन्डिको स्थानीय प्रहरी चौकीलाई लक्ष्य गरी आज बिहानगरिएको रकेट आक्रमणमा परी चौकी प्रमुख सहित अन्य तीन प्रहरी घाइते भएको कुरा त्यहाँको निजी क्षेत्रको टेलिभिजन प्रसारणले जनाएको छ। रासस/सिन्ह्वा
बाँकी» -
नेटो–अफगानी सैनिक केन्द्रमा आक्रमण
काबुल, ५ जेठ (दैनिकी)
उत्तरी अफगानिस्तानमा रहेको नेटो तथा अफगानी संयुक्त सैनिक बलको बाग्राम सैनिक क्याम्पमा आज बिहान आतङ्ककारी तालिवानीहरुले आक्रमण गर्दा सात जना तालिवानीहरुको मृत्युहुनुका साथै कम्तिमा पाँच जना नेटो सैनिक घाइते भएका छन्। आफ्ना २० जना आत्मघाती आक्रामकलाई पठाई हिजो रातिदेखि नै आक्रमणको तयारी गरेको कुरा तालिवानीहरुले दावी गरेका छन्। काबुलबाट ६० किलोमटिर उत्तरमा पर्ने बाग्राममा नेटो तथा अफगानीहरुको संयुक्
बाँकी» -
पाकिस्तान सैनिकद्वारा ६० आतङ्ककारी सखाप
इस्लामावाद, ५ जेठ (दैनिकी)
उत्तरपश्चिमी पाकिस्तानको ओराकजाई जनजाति क्षेत्रमा सुरक्षाबलसँग भएको भिडन्तमा कम्तिमा ६० जना सशस्त्र आतङ्ककारीको मृत्युभएको र अन्य २० जना घाइते भएको एक स्थानीय टिभीले जनाएको छ। आज बिहान भएको सो भिडन्तमा परी २२ जना सुरक्षा फौज पनि घाइते भएको छ। उत्तरपश्चिमी पाकिस्तान ओराकजाई जनजाति क्षेत्रमा आराकजाई निकायका तालिवानी सैनिकहरु माथि पाकिस्तानी सुरक्षा बलले गरेको सैन्य आक्रमणमा गत सोमबार ३० भन्दा बढी
बाँकी» -
इरानमाथि कडा प्रतिबन्ध लगाउने तयारी
संयुक्त राष्ट्र सङ्घ, ५ जेठ (दैनिकी)
संयुक्त राष्ट्र सङ्घले इरानमाथि नयाँ कडा आणविक प्रतिबन्ध लगाउने तयारीस्वरुप नयाँ मस्यौदा प्रस्ताव पेश गरेको छ। एक अमेरिकी अधिकारीका अनुसार यस मस्यौदा प्रस्तावमा इरानलाई हातहतियार आपूर्ति रोक्ने, अन्तरराष्ट्रिय इरानी बैङ्किङ्ग सुविधा उपर अङ्कुश लगाउने र निर्यातलगायत ब्यालिस्टीक क्षेप्यास्त्र समेतमा कडा प्रतिबन्ध लगाइने छ। यस प्रस्तावमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्का १० प्रमुख शक्तिराष्ट्र र चीन
बाँकी» -
काबुलमा आत्मघाती आक्रमण २० भन्दा बढीको मृत्यु
काबुल, ४ जेठ (दैनिकी)
अफगानिस्तानको राजधानी शहर काबुलको दक्षिणी इलाकामा आज एक आत्मघाती कारबम विस्फोट हुँदा २० भन्दा बढी नागरिक मारिएका छन्, भने घाइतेको सङ्ख्या यकिन हुन सकेको छैन्। नेटो सैनिक बललाई लक्षित गरी ओल्ड प्यालेस नजिक सैनिक क्याम्प बाहिर उक्त आत्मघाती आक्रमण गराइएको कुरा स्थानीयवासीहरुले बताए। उक्त घटना आज विहानको स्थानीय समय अनुसार ८ बजे भएको थियो। विहानको व्यस्त समयमा कुदिरहेको एक यात्रु बाहक बस पनि उक्त
बाँकी» -
युरोपका वित्त मन्त्रीहरुले युरोको बचाउ गरे
ब्रसेल्स, ४ जेठ (दैनिकी)
युरोपका वित्त मन्त्रीहरुले युरोलाई विश्वसनीय मुद्रा भन्दै बचाउ गरेका छन्। वित्तीय बजारमा बितेको चारवर्षमा अमेरिकी डलरको तुलनामा युरो मुद्रा मापदण्ड खस्कँदै गएको बेला उनीहरुको यो भनाई बाहिर आएको हो। युरोपेली यूनियनका सबै २७ सदस्य राष्ट्रका वित्तमन्त्रीहरुको अधिवेशन सत्रको पूर्व सन्ध्यामा उनीहरुवीच बैठक भएको हो। बैठकले वित्तीय क्षेत्रमा हुनसक्ने घाटालाई परिपूर्ति गर्ने व्यवस्थाका लागि नयाँ नियमहरु
बाँकी» -
सुरक्षा आक्रमणमा ३० को मृत्यु
इस्लामावाद,, ३ जेठ (दैनिकी)
पाकिस्तानी सुरक्षा बलद्वारा गरिएको आक्रमणमा उत्तरपश्चिमी आदिवासी क्षेत्रमा ३० भन्दा बढी तालिवानी मारिएको स्थानीय स्रोतले जनाएको छ। स्रोतका अनुसार कम्तिमा २५ जना आतङ्कवादीहरु खरास्हा क्षेत्रको तल्लो ओराक्जायीमा मारिएका थिए।जसमा एक पाकिस्तान सिपाहीको पनि मृत्युभएको थियो भने अरु १० ब्यक्ति घाइते भएका छन्।
माथिल्लो ओराक्जायीमा सात आतङ्कवादी मारिएको र अरु आठजना घाइते भएका छन्।
बाँकी» -
तीन हजार किलो मेरिजुआना बरामद
नेदरल्यान्डस्, ३ जेठ (दैनिकी)
उत्तरी नेदरल्यान्डस्को हेल्डर नगर नजिकको उत्तरी समुद्रमा रहेको एक मालबाहक पानी जहाजबाट करिव तीन हजार किलोग्राम प्रशोधित गाजा मेरिजुआना बरामद भएको डच सेनाले बताएको छ। नेदरल्याण्डस्को सामुद्रिक सुरक्षाकर्मीको एक टोलीले एउटा संदिग्ध पानीजहाजमा छापा मार्दा उक्त लागू पदार्थ फेला पारेको हो। उक्त लागूपदार्थसँगै एक जना वृद्ध र अर्का एक महिलासहित अन्य दुई तस्करसमेत पक्राउ परेका छन्।
बाँकी» -
एकलाख महिला मजदुर रोजगारका लाग विदेश पठाइने
ढाका, ३ जेठ (दैनिकी)
बङ्गलादेशको समाज कल्याण तथा वैदेशिक रोजगार मन्त्रालयका अनुसार आगामी एक वर्षभित्र एक लाख बङ्गलादेशी महिलालाई विदेशमा काम गर्न पठाइने भएको छ। सरकारले मुलुकभरीबाट छनोट गरी महिला कामदारलाई विभिन्न तालिम दिने र विदेशमा कुनै निश्चित र सुरक्षित स्थानमा कामदार पठाउने छ। यसरी कामदार विदेश गएपछि बहुसङ्ख्यक बङ्गलादेशी महिला रहने मुलुकमा सरकारी सम्पर्क नियोग खडा गरी उक्त नियोगले कामदार महिलाको अनुगमन गरी आवश
बाँकी»
विदेश - थप सामग्री
- मदन तामाङ्गको हत्यामा गोरखा जनमुक्ति मोर्चाको हात
- दार्जिलिङ्ग बन्दको आव्हान
- रक्सौल रेल दुर्घटनामा, ६ जनाको मृत्यु, सयभन्दा बढी घाइते
- कुवेती राजकुमारको हत्या
- नाबालिकालार्इ ´गरम´ भने पछी
- अपराधको दुनियाँमा महिलाहरूको बिगबीगी
- म्यान्मार–दक्षिण कोरिया–व्यापारिक सम्बन्ध
- मध्य अमेरिकामा आँधीबेहरीबाट ९९ को मृत्यु
- क्युवामा राष्ट्रिय सुरक्षा क्षमता वृद्धिमाथि छलफल
- म्यान्मार–भियतनाम व्दीपक्षीय ब्यापार


