-
चर्चित व्यक्तित्व
काठमाडौं, (दैनिकी)
चर्चित हस्ती एकै ठाउँ
र्सबमान्य हुने रहर छ-राष्ट्रपति
म अझै चुरोट पिउछु -कोइराला
कुरो बुझनु भो त, अव देशले नया गति लिन्छ -प्रचण्ड
म ह्याटि्रक, हाहाहा-नेम्वाङ्ग
देशको नेतृत्व गर्ने स्वाभिमानी भएनन्-खनाल
फुटेर जाने आउछन्-यादव
चुनाव स्थगित हुदा दलका नेता-कार्यकर्ता खुसी हुदाको रहस्य-पोखरेल
समेतका २२ चर्चित हस्तीको जिन्दगीको शब्दचित्र र चर्चित व्यक्तित्व
बाँकी» -
कपिल काफ्लेको पैरवी पत्रकारिता
पछिल्लो दशकमा नेपालमा सञ्चार क्षेत्रको जुन रुपमा वृद्धि भयो, त्यसले अवसर र चुनौती दुबै थपेको छ। पत्रकारिता गर्न चाहनेहरुका लागि दर्जनौं अवसरका ढोका खुलेका छन, चुनौती यसकारणले पत्रकारिता गर्न चाहनेहरुका लागि उपयुक्त व्यवहारिक शिक्षण तथा प्रशिक्षणको खाँचो छ। त्रिभुवन, पूर्वाञ्चल र काठमाडौं विश्वविद्यालयअन्तर्गत केही क्याम्पसहरुमा पत्रकारितामा स्नातकोत्तर तहको अध्यायपन हुन थालेको छ ।
बाँकी» -
आधुनिक मान्छेको कथा
राजेन्द्र पराजुली
यो कथासंग्रहको नामबाट यसभित्र रहेका कथा र तिनका विषयवस्तुबारे केही अनुमान गर्न सकिन्छ । 'नीलिमा' अर्थात् प्रेमको प्रतीक र 'गाढा अँध्यारो' अर्थात् प्रेमविरोधी अवस्था । अँध्यारोले जीवनको विरोध गर्छ, प्रेमको प्रतिपक्षमा बस्छ । अँध्यारोमा राम्रा काम हुँदैनन् । नकारात्मकता र विकृति अँध्यारोमा ज्यादा फस्टाउँछन् । संग्रह पढ्दै जाँदा उल्लिखित अनुमान सही सावित हुँदै जान्छ ।
बाँकी» -
रानुदेवीको´मेरो कथा´ विमोचन
काठमाडौं, १६ साउन (दैनिकी)
गायिका रानुदेवी अधिकारीको मेरो कथा नामक आत्मकथा विमोचन भएको छ। पत्रकार शंकर खरेलद्वारा लिखित मेरो कथा र सुनैना कथा संग्रहको शुक्रबार परराष्ट्रमन्त्री सुजाता कोइरालाले एकैसाथ विमोचन गरेकी हुन्। मेरो कथामा रानुदेवीका संघर्षका कथाहरु समावेश गरिएका छन्। आफ्नो कथा प्रकाशित भएकोमा रानुदेवीले खुशी व्यक्त गरिन्। परराष्ट्रमन्त्री सुजाता कोइरालाले रानुदेवीलाई नेपाली गीती क्षेत्रकी महान नारी भनिन्।
बाँकी» -
रोशन थापा ‘नीरव’ को प्रस्थानान्तर
साहित्यिक परिवेशमा असामान्य विषयवस्तुमा असामान्य लेखनका लागि रोशन थापा ‘नीरव’ परिचित छन् । कल्पनामा सत्य र सत्यमा कल्पना मिसाएर एक अलग स्वाद निर्माण गर्छन् उनी । उनी मान्छेको विघटित नियतिलाई छुन सिपालु छन् । लेखन भनेको विवरण र व्याख्या हो भन्ने शास्त्रीय मान्यतालाई उनले आफ्नो लेखनीमा निषेध नै गरेका छन् । उनको विचारमा यदि परिवार फुल हो भने नारी हाँसेपछि मात्र त्यो फूल्छ ।
बाँकी» -
रुचिकर कथाहरुको सङ्ग्रह: प्रख्यात नेपाली कथा
नेपाली कथाहरूको संचयन
काठमाडौं, २ जेठ (दैनिकी)
विविध स्वाद दिने र समयसाग पाठकहरुलाई साक्षात्कार गराउने कथाहरुलाई एउटै सङ्ग्रहमा ठाउँ दिइएको छ्-'प्रख्यात नेपाली कथा खण्ड १ र २' मा । पत्रकार ब्याकुल पाठकले सम्पादन गरेको यी सङ्ग्रहलाई रत्न पुस्तक भण्डारले २०६५ र २०६६ मा प्रकाशनमा ल्याएको हो । वर्तमानका शक्तिशाली र उम्दा कथाकारहरुको कथाहरुलाई एउटै सङ्ग्रहमा अटाईएको यो सङ्ग्रहको शक्ति भन्नु नै यो समयको यो कालखण्डको एक उत्कृष्ट कथा दस्तावेज बनेको छ।
बाँकी» -
प्रख्यात नेपाली कथाको दोस्रो खण्ड
काठमाडौं, २६ असार(दैनिकी)
नेपाली कथासाहित्यलाई लोकपि्रय बनाउने उद्देश्यले रत्न पुस्तक भण्डारले शुरु गरेको 'प्रख्यात नेपाली कथा' शृंखलाको दोस्रो खण्ड बजारमा आएको छ ।
व्याकुल पाठकद्वारा सम्पादित कथा शृंखलाको दोस्रो खण्डमा २१ जना समकालीन कथाकारका एक एक वटा चर्चित कथा समावेश गरिएको छ । पहिलो खण्डमाजस्तै यसमा पनि सबै पुस्ताका कथाकारलाई अटाइएको छ र समावेशी अवधारणा अपनाइएको छ ।
बाँकी» -
ऐतिहासिक उपन्यास भीमसेन थापा
ऐतिहासिक उपन्यास जङ्गबहादुर लेखेर निक्कै चर्चामा आएका श्रीकृष्ण श्रेष्ठले हालैमात्र भीमसेन थापामाथि अर्को ऐतिहासिक उपन्यास लेखेका छन् । नेपाली राजनीतिमा निक्कै प्रभावशाली मानिएका भीमसेन थापामाथि यसअघि पनि केही पुस्तकहरु लेखिएका भए पनि श्रीकृष्ण श्रेष्ठले यसलाई तथ्यपरक आख्यानको रुपमा प्रस्तुत गरेका छन् । कृतिकारले भीमसेन थापाका थुप्रै उनुद्घाटित तथ्यहरु पनि बाहिर ल्याएका छन ।
बाँकी» -
कृष्ण धरावासीको "टुँडाल"
यौन चित्रहरुलाई मुख्य आधार बनाएर यस उपन्यासको रचना गरिएको छ।
काठमाडौं, २ जेठ (दैनिकी)
पैरवी पुस्तकले प्रकाशनमा ल्याएको कृष्ण धरावासीको "टुँडाल " पुस्तकले छोटो समयमा पाठकहरु माझ निक्कै लोकप्रियता कमाएको छ।
बाँकी» -
महिला सभासदबारे पुस्तक
काठमाडौं, पुस १० (दैनिकी)- महिला तथा बालबालिका मन्त्रालयले महिला सभासदहरुको विस्तृत परिचयसहितको पुस्तक प्रकाशन गर्ने भएको छ। ´हु इज द हु अफ नेप्लिज ओमेन´ नामक पुस्तकका निम्ति सूचना संकलनको काम सुरु भइसकेको जानकारी मन्त्रालयका सहसचिव ऋतुराज अधिकारीले दिए। सभासद्को क्षमता, पेशागत जीवन, देशविदेश भ्रमण, पृष्ठभूमि, संघर्ष जस्ता विषयको अध्ययन विश्लेषणसहितका पुस्तक प्रकाशन हुनेछ। संविधानसभाबाट पहिलो पटक संविधान निर्माण हुन लागेकाले इतिहास रच्ने सवालमा महिला सहभागिताको अभिलेख राख्ने उद्देश्यले यसो गरिन लागेको जानकारी मन्त्रालयले दिएको छ।
बाँकी»
पुस्तक - थप सामग्री
- पानी र राजनीतिको अन्तःकथा - ´दुई छिमेकीको जलयात्रा´
- देवकोटाका कृतिमाथि चौतारीमा चर्चा
- पुस्तकमा ´टेलिभिजन´
- पुस्तकतिर सोझिएका आँखा
- प्रख्यात नेपाली कथा वाचन
- अफगानिस्तान र द काइट रनर
- अधिकारीका कविता अंग्रेजीमा
- कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेपबारे पुस्तक
- यो त जबर्जस्ती भयो, यार !
- पुस्तक र गीति एल्बमको विमोचन


