-
पानी र राजनीतिको अन्तःकथा - ´दुई छिमेकीको जलयात्रा´
दीक्षित यस पुस्तकमा प्राज्ञिक (Academic) र सक्रियतावादी (Activist) दुबै भएका छन्। नेपाली सक्रियतावादीमा बिरलै पाइने प्राज्ञिक गुण उनमा देखिएको छ।
बाँकी» -
देवकोटाका कृतिमाथि चौतारीमा चर्चा
भवसागर घिमिरे, काठमाडौं, पुस ६ के देवकोटाका कविता प्रदर्शनकारी चेतनाबाट प्रभावित भएका छन्? उनले नेपाली साहित्यमा कस्तो संस्कृति अघि सारे? उनी र उनका कृतिलाई वर्तमान परिप्रेक्ष्यमा नयाँ पुस्ताले कसरी हेर्ने? ´हरेक विषयलाई फरक प्रस्तुति र शैलीमा कवितामा उतार्ने क्षमता देवकोटामा थियो,´ मार्टिन चौतरीद्वारा आइतबार साँझ आयोजित ´पुस्तकमा युवा सरोकार´ विषयक छलफलमा यसको उत्तर खोज्दै त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अंग्रेजी विभागका शिव रिजालले भने। ´पाठकलाई पट्यार हुन नदिन उनले प्रायः कविताका हरफैपिच्छे अनेक मोडहरू दिएका छन्। क्यामराले भ्याउन नसक्ने दृश्य बोकेर उनका कविता प्रस्तुत हुन्छन्।´ रिजालका अनुसार प्रचुर मात्रामा प्रदर्शनकारी चेतना बोकेका उनका कविता शरिरको संवेगमा कम्पन उत्पन्न गराउने खालका छन्। ´पागल´, ´एक सुन्दरी वेश्या´, ´चमार´, ´यात्री´, ´गधा बोल्छ´ आदि कवितामा उनले प्रदर्शनकारी विचारलाई स्थान दिएका छन्। विभागका पुष्पराज आचार्यले ´देवकोटा भन्नेबित्तिकै पहिला अगाडि आउने´ बताए। ´पछिल्लो समय देवकोटा मानवतावाद, प्रगति तथा उदारवाद र अन्त्यमा आध्यात्मवादबाट प्रेरित भएर रचनामा तल्लीन भएको पाइन्छ,´ उनले भने। कृतिहरूमा विभिन्न जातजाति तथा धर्म समेट्दै उनले सीमान्त समूहका मान्छेका पक्षमा पनि कलम सार्न भ्याएका छन्। देवकोटालाई वर्तमान परिप्रेक्ष्यमा नियाल्दा तत्कालीन समयको आँखाबाट पनि चियाउनुपर्नेमा जोड दिँदै आचार्यले देवकोटा सामाजिक, राजनीतिक तथा सांस्कृतिक पक्षलाई फरक ढङ्गबाट व्यक्त गर्न माहिर रहेको बताए। आचार्यका अनुसार जीवनको पछिल्लो समय देवकोटाले एकतन्त्रीय शासनको विरोधमा पनि कलम चलाएका थिए। उनका रचनामा भारतीय स्वतन्त्रताको आन्दोलनका पक्ष पनि झल्किन्थ्यो। नेपाललाई बाहिरी विश्वसँग परिचित गराउन उनले अंग्रेजीमा पनि लेख्न सुरु गरेका थिए। लक्ष्मी प्रसाद देवकोटाको शतवार्षिकीका सन्दर्भमा आयोजित उक्त छलफलमा अभि सुवेदीले केही साहित्यकारले देवकोटालाई नेपालका शेक्सपियरको संज्ञा दिएको बताए। उनका अनुसार ´देवकोटालाई बुझ्न मुनामदनमात्र पढेर हुँदैन, उनका सबै कृतिमा आँखा डुलाउनुपर्छ। भाषा मिलोस् नमिलोस् देवकोटा नेपाली, हिन्दी, अंग्रेजी, संस्कृत सबै मिसाएर आँधीजस्तै तीव्र गतिमा कविता लेख्थे। उनको त्यो गतिलाई भाषाको परिधिले थेग्न सक्दैन्थ्यो।´ देवकोटाले अढाइ महिनामा शाकुन्तल महाकाव्य, चार दिनमा मुनामदन, रातभरमा कुञ्जिनी खण्डकाव्य लेखेका थिए।
बाँकी» -
पुस्तकमा ´टेलिभिजन´
पुस्तक परिचय सन्तोष न्यौपाने पुस्तकको नाम : नेपाली टेलिभिजन अभ्यास, अनुभूति र विश्लेषण सम्पादन : दीपा गौतम र शेखर पराजुली प्रकाशक : मार्टिन चौतारी प्रकाशन वर्ष : २०६५ मूल्य : १५० मार्टिन चौतारीले प्रकाशित गरेको पछिल्लो पुस्तक ´नेपाली टेलिभिजन : अभ्यास, अनुभूति र विश्लेषण´ मा नेपाली टेलिभिजनको विगत र वर्तमान विश्लेषण गरिएको छ। पुस्तकको नाम नेपाली टेलिभिजन भने पनि सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनको विषयले पुस्तकमा धेरै ठाउँ पाएको छ। दीपा गौतम र शेखर पराजुलीद्वारा सम्पादित पुस्तकमा १३ लेखकका लेख समावेश छन्। पुस्तकको परिचय खण्डमा पराजुलीले टेलिभिजन संस्कृतिबारे लेखाजोखा गरेका छन्। यसमा टेलिभिजन स्थापनाकाल र पछि टेलिभिजनमा निजी क्षेत्रको प्रवेशलाई छोटो रुपमा विश्लेषण गरिएको छ। नेपाली टेलिभिजनहरूले प्रसारण गरिरहेका कार्यक्रम कस्ता–कस्ता छन् भनेर पनि देखाउन खोजिएको छ। पुस्तकलाई इतिहास, समाचार, टेलिफिल्म, वृत्तचित्र र टेलिभिजनमा समावेशीकरण खण्डमा बाँडिएको छ। इतिहास खण्डमा नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धकहरू दुर्गानाथ शर्मा र मदनकुमार शर्माले नेपाल टेलिभिजनको इतिहास विवेचना गरेका छन्। दुर्गानाथ शर्माले नेपालमा टेलिभिजनको सुरुवात, नेपाल टेलिभिजनको समाचार कार्यक्रम, जनशक्ति र प्रविधिक पक्ष केलाएका छन्। मदनकुमार शर्माले टेलिभिजन कार्यक्रमलाई मनोरञ्जनात्मक कार्यक्रम, सूचनामूलक कार्यक्रम, शैक्षिक कार्यक्रम, साहित्यिक कार्यक्रम र विविध भनी व्याख्या गरेका छन्। समाचार खण्डअन्तर्गत नेपाल टेलिभिजनकी प्रमुख समाचार सम्पादक रमा सिंहले टेलिभिजनमा काम गर्दाका तीतामिठा अनुभव उतारेकी छन्। उनले लेखेकी छन्, ´गन्तव्यबिनाको यात्राले अन्योल उब्जाउँछ भनेझैं नेपाल टेलिभिजन पनि आफ्नो यात्रामा अलमलिएको पाइन्छ। यसले शासन सत्तासँग निरपेक्ष रही आफ्ना लक्ष्य निर्धारण गर्न सकेको छैन। सरकारमा आउने परिवर्तनसँगै तालमा ताल मिलाउनु यसको पहिलो काम भएको छ।´ उनले समयको विकासक्रममा नेपाल टेलिभिजनमा समाचारको स्वतन्त्रता कस्तो हुँदै आएको छ भनेर पनि उल्लेख गरेकी छन्। उनले गणतन्त्रपछिको स्थिति पनि अरू समयजस्तै अन्यौल हुनु दुःखदायी हो भनी आफ्नो निचोडमा लेखेकी छन्। त्यस्तै निजी क्षेत्रको बारेमा कान्तिपुर टेलिभिजनका संवाददाता जगत नेपालले लेखेका छन्। उनले निजी टेलिभिजनको स्थापना र त्यसपछि सरकारी पक्षबाट विशेषगरी शाही शासनबाट निजी टेलिभिजनहरूले भोग्नुपरेका नमिठो अनुभव पाठकसामु पोखेका छन्। खेलकुद पत्रकार राजु सिलवालले नेपाली टेलिभिजनका खेल समाचार र कार्यक्रमबारे लेखेका छन्। उनले खेल कार्यक्रम धेरै कम भएको पनि उल्लेख गरेका छन्। खण्ड तीनमा लयप्रसाद सङ्ग्रौला र दीपक रौनियारले नेपाली टेलिफिल्मको समीक्षा गरेका छन्। सङ्ग्रौलाले नेपालको पहिलो टेलिफिल्म श्री ५ पृथ्वीनारायण शाहदेखि हालसम्म बनेका हास्यश्रृङखलाले पारेका सकारात्मक र नकारात्मक प्रभावको विवेचना गरेका छन्। रौनियारले नेपाली हास्य टेलिशृङ्खलाहरू लोकप्रिय छन् तर तिनीहरू सामाजिक रुपले जिम्मेवार नभएको उल्लेख गरेका छन्। उनले ´अर्कालाई नहोच्याई, राज्य र समाजको उछितो नकाढी विभिन्न वर्ग र समुदायको मन नदुखाई हँसाउने पो हँसाउनु´ भनेका छन्। त्यस्तै हाम्रा टेलिशृङ्खला निर्देशकहरूले ´जे बिक्छ त्यही बेच्ने´ गरेका छन् भनेर आलोचना गरेका छन्। चौथौ खण्डमा टंक उपे्रतीले नेपाल टेलिभिजनमा वृत्तचित्रको इतिहास, यसको विषयवस्तु केलाएका छन्। त्यस्तै दीपा गौतमले स्त्रि्कप्ट लेखन अभ्यास र शैलीका साथै उनले २०१३ सालदेखि सुरु भएको नेपालको स्त्रि्कप्ट लेखन यहाँसम्म कसरी आइपुग्यो भनी विश्लेण गरेकी छन्। अन्त्यको खण्डमा चक्रमान विश्वकर्मा र जयप्रकाश चौधरीले नेपाली टेलिभिजन भाषिक आदि रुपले कति समावेशी छ, छैन भनेर समीक्षा गरेका छन्। उनीहरूले नेपाली टेलिभिजनहरूको ध्येय नाफा कमाउनेमा केन्द्रित भएकाले समावेशीकरणको मुद्दा पछाडि परेको अनुभव लेखेका छन्।
बाँकी» -
पुस्तकतिर सोझिएका आँखा
भवसागर घिमिरे, काठमाडौं, फागुन १- ´पुरानो कोट लगाउ नयाँ पुस्तक किन´ हुलका हुल मान्छे ओइरेको देख्दा हेनरी डेभिड थोरोको यो सन्देश धेरैले सुनेझैँ लाग्छ। स्थान, काठमाडौंको राष्ट्रिय सभागृह। साँझको समय। प्रवेश गर्नेबित्तिकै बाँयापट्टिको भुईभरि ´गरिमा´ मासिकका पुराना अंक छरिएका देखिए। गरिमावरिपरि मान्छे पनि छरिएका। घारमा माहुरी जस्तै। हातमा सयका दुई, दसका तीन र पाँचका एक नोटसहित खुजुरा डलर समातेका आत्माराम घिमिरे मख्ख छन्, पुराना गरिमामा सोझएका तन्नेरी आँखा देखेर। मोल सोध्दै गरेका एक युवतीतर्फ फर्केर उनले भने, ´एक लगे पाँच, तीन लगे दस रुपैयाँ।´
बाँकी» -
प्रख्यात नेपाली कथा वाचन
काठमाडौं, माघ २५ (दैनिकी)- प्रस्फुटन परिवारले केही समयदेखि संचालन गर्दै आएको नेपाली कथा वाचन शृंखला यस पटक ´प्रख्यात नेपाली कथा´ पुस्तकमा केन्द्रित गरेको छ।
बाँकी» -
अफगानिस्तान र द काइट रनर
यो उपन्यास ´तथ्य´ र ´आख्यान´ बीचको पातलो रेखामा यात्रा गरेर गन्तव्यसम्म पुग्न सफल अब्बल कृति हो।
बाँकी» -
अधिकारीका कविता अंग्रेजीमा
काठमाडौं, माघ ६ (दैनिकी)- कवि दिनेश अधिकारीका छानिएका कविताहरु ´मोड अफ लाइफ´ शीर्षकमा अंग्रेजीमा छापिएका छन्। रविन शर्माद्धारा अनुदित ७५ वटा चर्चित कविताहरुको संग्रह माघ ५ गते कवि र अनुवादक मिलेर आफैंले सार्वजनिक गरे। संयोगले अधिकारी गीतकार र शर्मा गायक पनि हुन्। तिमी त्यसै लजायौ, म त्यसै लजाएं, न बोल्यौ तिमीले न मैले बोलाएं जस्तो बहुचर्चित गीतको यो जोडी आआफ्नो क्षेत्रमा स्थापित छ। लेखक तथा प्राध्यापक अभि सुवेदीका शब्दमा अधिकारीका गीतमा हुने लय र सौर्न्दर्यले गायक शर्मासंग जोडी बांधेको हो। अनुदित पुस्तकमाथि टिप्पणि गर्ने क्रममा सुवेदीले प्रस्तुत कृतिको सही अनुवाद हुन सकेकोमा सन्तोष प्रकट गरे। नेपाली साहित्यको अधिकांश अंग्रेजी अनुवाद खराब भएको औंल्याउंदै उनले खराब अनुवादले मौलिक पुस्तकमाथि अन्याय गर्नेमात्र होइन, गलत सन्देश पनि दिने बंगाली कवि रविन्द्रनाथ ठाकूरको उदाहरण दिए। उनका अनुसार, नोबेल पुरस्कार पाइसकेपछि पनि ठाकूरको लोकप्रियता अंग्रेजी पाठकमाझ स्वाट्टै खस्कियो। बंगाली अध्येयताहरुले पत्ता लगाए, खराब अनुवादले बिगारेको रहेछ। ठाकूर आफैंले पनि आफ्ना मौलिक रचनालाई अनुवादको नाममा बिगारिदिएछन्। जीवनको पछिल्लो चरणमा उनले एक अंग्रेजलाई लेखेको चिठीमा त्यो गुहृय खोलिएको रहेछ। ठाकूरले चिठीमा सकारेछन्, आइन्दा म अनुवाद गर्ने छैन किनभने मैले तिमी पश्चिमाहरुलाई खुशी पार्न तिमीहरु के चाहन्छौ त्यही ढंगले मैले अनुवाद गर्ने गरेको रहेछु। त्यसक्रममा कतै पद् काटें, कति अभिव्यक्ति काटें जसबाट मेरो रचना अंगभंग हुन पुगेको रहेछ। सही अनुवाद कति आवश्यक छ भन्ने बुझाउन प्राध्यापक सुवेदीले उक्त उदाहरण दिंदै अनुवाद कठिन काम भएको र नेपाली साहित्यका थुप्रै अनुदित कृतिहरुले न्याय पाउन नसकेको विचार व्यक्त गरे। अनुवाद औपनिवेशिक प्रक्ष्येपणबाट ग्रसित भएको र अहिले अन्तर सांस्कृतिक अध्ययनको चरणमा फसेको पनि उनले टिप्पणि गरे। अर्का प्राध्यापक तथा लेखक गोविन्दराज भट्टराईले नेपालीबाट अनुवाद भएका पुस्तकहरुको लेखाजोखा गर्न, क्रमबद्धता मिलाउन र समीक्षा गर्न जरुरि रहेको दर्शाए। त्यस्तो अध्ययन अनुसन्धान र तुलनात्मक अध्ययनका लागि विश्वविद्यालयमा छुट्टै विभाग चाहिएको पनि उनले बताए। अर्का टिप्पणिकार सञ्जीव उप्रेति भने अनुदित पुस्तकमा केन्द्रित भए। उनका अनुसार, अधिकारीका कवितामा साधारण नागरिक नायक हुने गरेको र त्यसमार्फत सामाजिक आलोचना प्रखर प्रकट हुने गर्छ। त्यसैगरी उनका कविताका विषय प्रेमदेखि जीवन जगत, इतिहास र राष्ट्रियतासम्म विविध हुने गरेको पनि उनले अर्थ्याए। कवि अधिकारीका २०३८ देखि २०६५ सालसम्म रचना गरिएका अनुदित कवितामध्ये एकाध भने नेपालीमै पनि छापिन बांकी छन्। अनुवादक शर्माले अनुवाद गर्दा भएका कठिनाईका कारण कतिपय ठाउंमा सन्देश मिल्ने गरी फरक शब्द राख्नुपरेको र कहींकहीं ट्रान्सक्रियसन पनि गर्नुपरेको खुलाए। कवि अधिकारी आधुनिक नेपाली कवितामा युवा पुस्ताका अग्रणी हुन्। सुवेदीका अनुसार अधिकारी आधुनिक नेपाली कवितालाई जटिलताबाट सरलतातिर ल्याउने, आम पाठकलाई छुने र लयको मर्म भएका अग्रणी कवि हुन्। उषा अधिकारीद्धारा प्रकाशित कृतिको मूल्य ५ सय रुपैया छ।
बाँकी» -
कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेपबारे पुस्तक
काठमाडौं, माघ ६ (दैनिकी)- कर्मचारीतन्त्रमाथि राजनीतिक हस्तक्षेपको विषयलाई लिएर पत्रकारद्वय हरिबहादुर थापा र किरण भण्डारीले पुस्तक प्रकाशन गरेका छन्। ´राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र´ नामक पुस्तकमा कर्मचारीतन्त्र कसरी राजनीतिक चंगुलमा फसेको छ भन्ने चित्रण गरिएको छ।
बाँकी» -
यो त जबर्जस्ती भयो, यार !
काठमाडौं, माघ १ (दैनिकी)- कार्यक्रम थियो नयानराज पाण्डेको दश वर्ष पुरानो उपन्यासमाथि छलफल। वक्ता थिए, दुई थरि थापा- लेखिका मञ्जुश्री र सभासद् गगन। यी वक्ता भएपछि मञ्चमा पनि लेखक नयनसँगै यी दुवै थिए। तर, कार्यक्रमको अन्ततिर अचानक कवि श्यामल माइकमा देखिए। र, उनले पहिलो वाक्य बोले- ´यो त जबर्जस्ती भयो, यार!´ पहिलो पटक दश वर्षअघि प्रकाशित नयनराज पाण्डेको उपन्यास ´उलार´ ले गतिलै चर्चा पाएको थियो। नारायण पुरी लगायतका केही मुख्यधाराका चर्चित निर्देशकले यसमा फिल्म बनाउने घोषणा पनि गरेका थिए। तर, यसमा फिल्म बनेन, बनेको भए मंगलबार मञ्जुश्रीले जोड दिएर असजिलो नेपालीमा ´यो उपन्यासमा फिल्म बनेदेखि साह्रै राम्रो हुनेथियो भन्नुपर्थेन।´
बाँकी» -
पुस्तक र गीति एल्बमको विमोचन
काठमाडौं पुस २९ (दैनिकी)- प्रधामन्त्री एवं एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धक्रममा आफूले भोगेका अनुभूतिलाई लेख्न सबैलाई आग्रह गरेका छन्। सोमबार एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्यद्वय लोकेन्द्र बिष्ट मगर र ओनसरी घर्तीमगरका पुस्तक र गीति एल्बमको विमोचन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्।
बाँकी»
स्तम्भ - विशेष
-
राजनितिक दलहरुको अस्पष्टताले राष्ट्रिय सहमति अझै अन्योलमा
राजनितिक दलहरुले प्रधानमन्त्री जस्तो कार्यकारीपद दावी गर्नु पार्टी स्वार्थका लागि स्वभाविक हो । राजनिति भनेको पनि सत्ताकै लागि हो, यो पनि यथार्थ हो । सरोज अधिकारी
-
सरकार निर्माण प्रकृयासंगै देखिएका केही बिसंगतिहरु
संबिधानमा चुनाबमा पराजित भएकाहरु पनि मन्त्री तथा प्रधानमन्त्री हुन पाउने ब्यबस्था भए तापनि बर्तमान मन्त्री मण्डलमा प्रधानमन्त्री मात्र नभएर अधिकांश मन्त्रीहरु चुनाबमा पराजित भएकाहरुको बाहुल्यता भएको। रामकुमार श्रेष्ठ
संवाद
-
नेपालको शैक्षिक स्थिति र व्यवस्थापको शिक्षाको महत्व
उच्च अङ्क ल्याएका विद्यार्थी पहिलो रोजाइ मानविकी तथा समाजशास्त्र, दोश्रो रोजाइ व्यवस्थापन र तेश्रो रोजाइ विज्ञान हुनुपर्दछ । नर बहादुर विष्ट
-
´मलाई जनताको आशीर्वाद छ´ (जेठ महिनामा लिर्इएको)
डा. बाबुराम भट्टराई उपाध्यक्ष एकीकृत नेकपा माओवादी
साभारः गोरखापत्र
रोचक समाचार
साहित्य
विदेश
सुचना - प्रबिधि
उपत्यका मौसम
मुद्रा विनिमय
नेप्से परिसुचक
तपाईँको आज
सुन-चाँदी (प्रति दश ग्राम)
सुन (छापावाल): ३०११०।००
सुन (तेजाबी): २९९३०।००
चाँदी: ४७६।००


