स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

तर्क - वितर्क

आरएसएस

  • विभाजनविरुद्धको ग्रेटवाल

    हामीले विभाजनविरुद्ध र मातृभूमिको एकताको रक्षाका निम्ति ग्रेटवाल निर्माण गर्नुपर्छ र तिब्बतको आधारभूत स्थायित्वलाई दीर्घकालीन सुरक्षामा पुर्‍याउँनु पर्छ । (तिब्बतको असफल विद्रोहको स्वर्ण महोत्सवको अवसरमा त्यसप्रति कडf रुख राख्दै तिब्बती नेताहरूसँगको भेटमा  चिनीया राष्ट्रपति हु जिन्ताओले विभाजन विरुद्ध ग्रेटवाल निर्माणका लागि निर्देशन दिएको उनलाई उदृत गर्दै सरकारी टेलिभिजनले जनाएको छ, दी हिमालयन टाइम्स २०६४ फागुन २७ ।)
    बाँकी»

  • कस्को जीवनमा समस्या छैन

    तपाईंलाई थाहै छ, परिवार, विश्वास र मित्रहरू मेरो जीवनका केन्द्र हुन् र कसैको पनि जीवन सहजरुपमा प्रवाहित भइरहेको छ भन्ने मलाई लाग्दैन । यदि तपाईंले त्यस्तो व्यक्तिलाई भेट्नु भएको छ भने म उनीहरूबारे जान्न चाहन्छु किनभने मैले यत्रो लामो जीवनमा आजसम्म  त्यस्तो व्यक्ति भेटेकी छैन । (अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टन पति विल क्लिन्टनको मोनिका लेवन्सिकीसँगको सम्बन्धपछि केले पारिवारिक जीवनलाई निरन्तरता दिन प्रेरित गर्‍यो भन्ने टर्कीस टेलिभिजन च्यानलको प्रश्नलाई संवोधन गर्दै, दी काठमाडौं पोष्ट २०६५ फागुन २६ ।)
    बाँकी»

  • माओवादी अधिनायकवादी

    ´उनीहरूमा (माओवादी) बहुदलीय प्रतिस्पर्धामा विश्वास छैन, बहुदलवादी सोचलाई आत्मसाथ गर्न नसकेकै कारण उसमा अधिनायकवाद चरित्र हावी भएको हो।´ (नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, कान्तिपुर दैनिक फागुन २५, २०६५)
    बाँकी»

  • वार्तामा आउन अनुरोध

    ´ऐतिहासिक रूपमा नै थारू समुदाय आफ्नो विशिष्ट पहिचानसहितको नेपालको आदिवासी/जनजाति भएको हुँदा सो समुदायको परम्परादेखि नै छुट्टै स्वतन्त्र पहिचान रहिआएको छ। थारू समुदायको आफ्नो छुट्टै स्वतन्त्र पहिचान हुनुपर्ने मागहरूप्रति नेपाल सरकार अत्यन्त सकारात्मक छ।´ (प्रधानमन्त्री पुष्पकमल दाहाल, थारु आन्दोलनकर्मीलाई वार्तामा आउन अनुरोध गर्दै, २०६५ फागुन २४)
    बाँकी»

  • फाँसीमा झुन्डिन तयार

    ज्ञानेन्द्र शाही, कमल थापा, फणी पाठक, हीराबहादुर थापा, रमेशनाथ पाण्डे, लोकमान कार्कीलगायत र नागरिकलाई बेपत्ता पार्ने थुप्रै अपराधीलाई रातो कार्पेट बिछ्याउने र ऋषिराज बराललाई गोली हान्ने स्थिति र समय आएको हो भने यो पात्र यसका  लागि सहर्ष तयार छ। (माओवादी लेखक-समिक्षक ऋषिराज बराल, जनआस्था साप्ताहिक २०६५ फागुन २१)
    बाँकी»

  • कामले हुने हो प्रजातन्त्र

    कामले हो प्रजातन्त्र हुने, खोइ काम भएको ? लोडसेडिङ केल्ले भयो ? एमालेले अरुण तेस्रो बनाउन दिएन, माउवादीले टावर ध्वस्त बनाए । बडा, अरुलाई दोष दिन जान्नचन् । (गोरखापत्र बाजेका नाममा सुपरिचित पोखराका पत्रिका व्यापारी चन्द्रकान्त पौडेल अहिलेको जस्तो सास्ती जनताले पञ्चायतका पालामा समेत व्यहोर्नु नपरेको टिप्पणी गर्दै नयाँ पत्रिकामा प्रकाशित संवादमा २०६५ फागुन २० ।)
    बाँकी»

  • एमालेले सरकार छोडोस्

    साँच्चै नै गणतान्त्रिक सरकारलाई सहयोग गर्न चाहन्छ भने एमालेले आजकै मितिमा यो सरकार छोड्नु पर्छ। छोड्दैन भने एमालेलाई यो सरकारबाटै कुनै पनि हालतमा लखेटिन्छ। (गोपाल किराँती, मन्त्री संस्कृति तथा राज्य पुनसंरचना, जनदिशामा प्रकाशित अन्तवार्तामा, २०६५ फागुन १९।)
    बाँकी»

  • नेपालै बस्छु

    नेपाली जनताले मलाई नेपालमै देख्न चाहेको बेलासम्म म त्यहीं बस्नेछु । अहिले अर्को कुनै देशको खोजीमा म छैन । (पूर्व राजा ज्ञानेन्द भारत, मध्यप्रदेशको भोपालमा आफ्ना एक नातेदारको वैवाहिक कार्यक्रममा पुगेका बेला संवाददाताहरूसँग नेपालमै बस्ने आफ्नो इच्छा प्रकट गर्दै, अन्नपूर्ण पोष्ट २०६५ फागुन १८।)
    बाँकी»

  • एमाले आउनै पर्छ

    एमालेले सचेत ढंगले माओवादी कित्ता वा वामपन्थी कित्तामा आउने निर्णय गर्नुपर्छ, होइन भने ए‍ेतिहासिक प्रवाहमा उसको अस्तित्व समाप्त भएर जान्छ, मार्क्सवादले पनि यही भन्छ । (एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई एमालेले आफूलाई जोगाउन माओवादीसँग ध्रुवीकरणको प्रक्रियामा जान सुझाव दिंदै, नयाँ पत्रिका २०६५ फागुन १७ को अन्तर्वार्तामा)
    बाँकी»

  • एमाले शब्दकोशबाट पद्दति शब्द हरायो

    झलनाथ खनाल महासचिव हुनुभएपछि त पद्दति भन्ने शब्द नै एमाले पार्टीको शब्दकोशबाट हरायो । स्थायी कमिटीका सदस्य र महासचिवबीचको संवाद समाप्तप्राय: भयो । बाटामा हिड्दाहिड्दै पार्टीमाथि गम्भीर असर पार्ने राजनीतिक निर्णय हुन थाले । (एमाले नेता प्रदीप नेपाल बुटवल महाधिवेशनका सन्दर्भमा लेख लेख्दै, जनआस्था साप्ताहिक २०६५ फागुन १४ ।)
    बाँकी»


तर्क - वितर्क - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ