-
वर्षाले झापाको जनजिवन अस्तव्यस्त
सञ्जीव चापागाई,झापा २६ असार
गयराति देखि परेको अविरल वर्षाले झापाको जनजिवन अस्तव्यस्त वनेको छ। वर्षापछि आएको वाढीले विभिन्न स्थान डुवानमा परेपछि जनजीवन कष्टकर वनेको छ । विभिन्न खोला तथा खोल्साहरुमा वाढी आएपछि ठाउठाउमा सडक अवरुद्ध भएको छ भने विजुली समेत गएको छ । पुर्व पश्चिम राजमार्गमा समेत सवारी साधन पातलेा रुपमा चलेका छन।
बाँकी» -
सदरमुकाममा सुरक्षाको प्रत्याभुती
रविन भट्टर्राई/ताप्लेजुङ असार २६,
प्रहरीको सकृयता सगै सदरमुकाम क्षेत्रमा व्यवसायिले सुरक्षाको प्रत्याभुती गर्न थालेका छन । जनपथ र शसस्त्र प्रहरीले गस्ति टोली वढाए पछि र कुनै घटना भए चनाखो भएर ध्यान पुर्याउन थालेपछि सुरक्षाको प्रत्याभुती गरीएको व्यवसायीको धारणा छ । प्रहरीले एक महिना यता खुकुरी वोकेर हिड्नमा पुर्ण प्रतिवन्ध लगाएको छ । 'खुकुरी वोकेर हिडे खोस्न थालेपछि' व्यवसायी लगायतका र्सवसाधारणले सुरक्षाको अनुभुती गर्न थालेको वताएक
बाँकी» -
दलहरूले र्सार्वजनिक सम्पत्तिमाथि भौतिक आक्रमण नगर्ने
दशरथ घिमिरे लमही २५, असार
स्थानिय स्तरमा रहेका र्सार्वजनिक महत्व राख्ने कुनैपनि भौतिक सम्पत्ति ध्वस्त तथा आगजनि नगर्न राजनैतिक दलका प्रतिनिधिहरु सहमत भएका छन । सिसहनियाँ गाविसमा शनिवार आयोजित र्सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी राजनैतिक दलका प्रतिनिधिहरुले र्सार्वजनिक धरोहरका सम्पत्ति माथि कुनैपनि भौतिक आगजनि नगर्ने सामुहीक प्रतिवद्धता जारी गरेका हुन ।
बाँकी» -
जनताको तटवन्धन कार्यालयमा तालावन्दि
सञ्जीव चापागाई,झापा २५ असार
झापाका विभिन्न खोला तथा नदि नियन्त्रणका लागि काम गर्दै आएकेा जनताको
तटवन्ध कार्यक्रमले लापरवाहि गरेको भन्दै स्थानिय वासिले आज सतासीधाम स्थित
कार्यक्रमको कार्यलयमा तालावन्दि गरेका छन। झापाको रतुवा,कनकाई र विरिङ नदिले वर्षेनि पुर्याउदै आएको करोढै रुपैयाको क्षति कम गर्न नदि नियन्त्रणका लागि जनताको तटवन्ध कार्यक्रमले सतासिधाममा कार्यलय खोली आफ्नो कार्य गर्दै आएको थियो।
बाँकी» -
डुवेर दुइ वालिकाको मृत्यु
विसालु सर्पको डसाइवाट ज्यान गयो
सञ्जीव चापागाई,झापा २५ असार
झापाका भिन्न भिन्नै दुइ स्थानमा नहर तथा पोखरीमा डुवेर दुई वालिकाको
मृत्यु भएको छ। झापा गरामनी–९ सैनिकबजारका विक्रम मगरकी छोरी १८ महिने कृतिका मगरको हिजो साझ घर नजिकैको सानो नहरमा डुवेर मृत्यु भएको छ।त्यस्तै
ज्यामिरगढी ५ की २ वर्षीया अर्चना राजवंशीको पनि हिजै साझ घर छेउको
पोखरीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बाँकी» -
अज्ञात हतियारधारी समुहद्धारा महिला लुटिन्
रविन भट्टराई/ताप्लेजुङ २५ असार
ताप्लेजुङको सावा गाविस वडा नं. ४ मा हिजो एक महिला अज्ञात हतियारधारी समुहद्धारा लुटिएकि छीन्। रुथानियवासी निरोज लिवाङ्गका अनुसार सोहि गाविस निवासि फुटि सेर्पा लाई २ जनाको समुहमा आएको हतियारधारी युवाले कानमा लगाएको २ तोला बराबरको सुन लुछेर लगेका छन्। लुटेराको अहिले सम्म पहीचान हुन सकेको छैन।
बाँकी» -
सडक दुर्घटनामा एकको मृत्यु
सिरहा,२४ अषाढ (दैनिकी)
सिरहाको जिरोमाईलमा विहीबार भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जादै गरेको स १ ह ७६ नम्बरको टेम्पोलाई विपरित दिशाबाट आउदै गरेको ना ३ ख १७७६ नम्बरको बसले ठक्कर दिदा घाइते भएका उनको लहान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ । मृत्यु हुनेमा धनगढी २ का १८ वर्षीय देवन राम रहेका छन् । दुर्घटनामा एक जना घाइते भएको छ । घाइते सुखिपुरका सोजा
बाँकी» -
नगर विकास समितिको जग्गामा व्यक्तिगत प्लटिङ्ग
दशरथ घिमिरे लमही २४ असार
नगरविकास समितिको स्वामित्वमा रहेको जग्गामा व्यक्तिगत प्लटिङ्ग गरीएकोे रहस्य खुलेको छ। चैलाही–२ लमही स्थित घरेलुटोलमा लमही नगर विकास समितिको स्वामित्वमा रहेको र अन्य व्यक्तिको जग्गामा एकलौटि डोजर लगाएर प्लटिङ्ग गरीएको छ। प्लटिङ्ग सुरु गरीएको क्षेत्रमा नगर विकास समितिको र हस्तान्तन्तरण गरीसकिएका अन्य २० ओटा घडेरी रहेका छन। प्लटिङ्ग सुरु गरीएको केही जग्गा कृषि सामाग्री संस्थान लमहीको पर्न जाने वताईको
बाँकी» -
बस दुर्घटनामा १६ जना घाईते, ६ जनाको अवस्था चिन्ताजनक
अम्मर जीसी/सुर्खेत, २४ असार
दैलेखको तालपोखरीमा बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका छन्। आजबिहान सुर्खेतबाट दैलेखका लागी छुटेका काँक्रेबिहार समितिमा आबद्ध ना.२ ख ८६–३१ नम्बरको बस तालपोखरीमा दुर्घटना भएको हो। घाईते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिएसपी नरेशमान श्रेष्ठले जानकारी दिनुभएको छ। गम्भिर घाईते हुनेहरुमा सुर्खेतको बसपार्कका १७ बर्षिय बिक्रम घर्तीमगर, वीरेन्द्रनगर–१ का ४०
बाँकी» -
सुदुर पश्चिमाञ्चल क्षेत्रबाट दीपिका सर्बोकृष्ट
प्रवेसिका परिक्षामा उनले ९० प्रतिशतका साथ ७२० अंक ल्याएकी थिर्इन
काठमाडौं, २३ आषाढ (दैनिकी)
प्रवेसिका परिक्षाको परिणाम प्रकासित भए देखी नै सबभन्दा बढी अंक ल्याउने बिध्यार्थीका साथ जिल्ला, अञ्चल, क्षेत्रका सर्बोकृष्ट बिध्यार्थीको खोज खबर लिने कार्य शुरू भएको छ। दैनिकीले पनि नेपालको सबभन्दा बिकट सुदुर पश्चिमाञ्चल क्षेत्रबाट सर्बोकृष्ट भएका बिध्यार्थीको बारेमा खोज खबर लिएको थियो। हाल सम्म प्राप्त समाचारका अनुसार सुदुर पश्चिमाञ्चल क्षेत्रबाट ९० प्रतिशत अंककासाथ दीपिका जोशीले सर्वश्रेष्ठ भएकी
बाँकी»
समाज - थप सामग्री
- झाडापखालाबाट दुइ जनाको मृत्यु
- चट्याङ्ग लाग्दा एक बृद्धा घाईते।
- सातसय रुपैयाँ ऋण नतिरेका कारण छिमेकीको हत्या
- यस पालीको अगस्त महिना
- दहमा डुवेर एक वालकको मृत्यु
- फेवातालमा डुङ्गा पल्टदा एक युवक बेपत्ता
- नदिले बगाएर एकको मृत्यु
- पाल्पामा खोजमूलक साप्ताहिक सञ्चालन हुने
- शरणार्थीहरु आज दोस्रो दिन पनि भोक हड्तालमा
- टाउको काटेर हत्या


