-
भाने–ओढार नेपालकै नमुना प्याराग्लाईडिङ् क्षेत्र
प्रकाश डोटेल स्याङ्जा–१८, भदौं
विश्वमा प्राकृतिक स्रोत र साधनले भरपुर उत्कृष्ट देश मध्ये नेपाल एक हो। प्राकृतिकले दिएको उपहारलाई नजिकबाट नियाल्न र मनोरञ्जन गर्ने उद्देश्यका साथ विश्वका प्राकृतिक प्रेमी नागरिकहरु वर्षेनी नेपाल आउने क्रममा तिव्रता आएको छ। त्यहि तिव्रतालाई निरन्तरता दिनका लागि थप प्राकृतिक आकर्षक क्षेत्रको पहिचानमा लाग्नुपर्ने आम नेपालीको आवश्यकता भएको छ।
विकसित र धनी राष्ट्रका नागरिकहरु खास गरि अमेरिकन तथा
बाँकी» -
स्थानियबासीको लागि आएको विद्युतीय समाग्री अवैध रुपमा विक्री
विजेता सिंह/जनकपुर १८ भदौ
नेपाल विद्यूत प्राधिकरण जनकपुर वितरण केन्द्र मार्फत धनुषाको ग्रामिण क्षेत्रमा स्थानियबासीको लागि आएको विद्युतीय समाग्री अवैध रुपमा विक्री भइरहेको रहस्य खुलेको छ। जनकपुर वितरण केन्द्रका प्राविधिक वीरेन्द्र पाण्डेले विक्री गर्नको लागि लुकाएर राखेको विद्युतीय तार, डिस्क, पीन सहितका विद्युतीय सामग्री स्थानीय बासिन्दाहरुले देखेपछि सो रहस्य खुलेको हो। जनकपुर नगरपालिका वार्ड न. ८ स्थित बलवाटोलमा लुकाएर
बाँकी» -
ताप्लेजुङमा तीन दिने आधारभुत सहकारी लेखा तालिम सुरु
रविन भट्टराई/ताप्लेजुङ १८ भदौ
जनमुखी सरोकार कृर्षी सहकारी संस्था लिमिटेडको आयोजनामा शुक्रबारबाट ताप्लेजुङको फुङ्लिङ्गमा तीन दिने आधारभुत सहकारी लेखा तालिम सुरु भएको छ । विअस मिडिया नेपाल र जनमुखि विकास सरोकार मञ्च ताप्लेजुङद्धारा आयोजित सो कार्यक्रमको स्थानिय विकास अधिकारीले मैन बक्ति बालेर उद्धघाटन गर्नुभएको हो । आजबाट सुरुभएको उक्त तालिम २० गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। तालिममा विभिन्न नयाँ सहकारी संस्थाका
बाँकी» -
लगातार परेको अविरल बर्षाका कारण पुष्पलालमार्ग अवरुद्ध
दोलखा १८ भदौ (दैनिकी)
लगातार परेको अविरल बर्षाका कारण पहिरो खसेपछि दोलखाको पुष्पलालमार्ग अवरुद्ध भएको छ । लाकुरीडाँडा र वोच गाविसको सिमानामा पर्ने हलहलेमा पहिरो खसेर राजमार्ग अवरुद्ध भए भएको हो । राजमार्ग अवरुद्धका कारण राजधानीवाट रामेछाप, ओखलढुङगा, सिन्धुली जिरी, सिंगटी र दोलखाका आउने जाने यात्रुहरु विहानैवाट अलपत्र परेका छन् ।
बाँकी» -
गाउँमै घाँस काट्दै कम्प्युटर चलाउदै युवतीहरु
यज्ञमूर्ति तिमिल्सना /पाल्पा १८ भदौं
भर्खर कक्षा १२ को परिक्षा दिएर बसेकी प्रिती रायमाझी ग्रामीण सूचना केन्द्र हार्थोकमा कम्प्युटरको आधारभूत सीप सिक्दै छिन् । विहान बेलुका घरमा काम गर्यो दिउसोमा कम्प्युटर सिक्यो, घरमै घास काट्दै गाउामै कम्प्युटर सिक्न पाएकोमा खुशी व्यक्त गर्दै रायमाझी भन्छिन् गाउ गाउमा यस्ता सूचना केन्द्र सञ्चालन हुन सके महिला पनि कम्प्युटर प्रविधिमा अगाडि आउन सक्छन् ।
बाँकी» -
लमहीमा पनि भेटियो पेय पदार्थमा अखाद्य वस्तु
प्रमाणित भए सम्वन्धित कम्पनि विरुद्ध मुद्धा
दशरथ घिमिरे देउखुरी १७ भदौ
लमहीको एक होटलमा विक्रि गर्नका लागी राखिएको पेय पदार्थमा अखाद्य वस्तु भेटिएको छ । देशका विभिन्न स्थानमा पेय पदार्थमा अखाद्य वस्तु फेला परिरहेको वेला लमहीको एक होटलमा विक्रि गर्नका लागी राखिएको कोकमा अखाद्य वस्तु फेला परेको रहस्य खुलेको हो ।
कोकको वोतल भित्र सिगान जस्तो चिफ्लो पदार्थ भेटिएको छ । वोतलमा पेय पदार्थ भन्दा वढि अखाद्य वस्तु स्पष्ट देखीन्छ । पेय पदार्थमा अखाद्य वस्तु भेटिएको रहस्य
बाँकी» -
बीएलओपीले आँखा खुलायो
सुरजकुमार भुजेल पालुङ १६ भदौ
शिक्षा शास्त्र संकायमा स्नातक गर्नुभएकी मकवानपुर फाखेलकी कौशल्या कार्कीलाई आफ्नो जीवनमा एकाएक आँट पलाएको अनुभव भएको । उहाँ भन्नुहुन्छ-’आँट भन्नेकुरा कसैले दिने भन्दा पनि आफैमा हुँदो रहेछ, पत्ता चाहिँ लगाउन सक्नुपर्छ ।’ कौशल्या मात्र होइन प्लान नेपाल मकवानपुरको सहयोग तथा बालकल्याण समाज मकवानपुरको आयोजनामा दामन शिखरकोटमा संचालन भइरहेको दश दिने सुनौलो भविष्यको छनौंट -बी.एल.ओ.पी.) तालिमका तीस जना
बाँकी» -
उवासंघद्धारा रेडियोलाई कम्प्युटर
प्रकाश डोटेल, स्याङ्जा, १५, भदौं
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले जिल्ला सदरमुकाममा रहेको एकमात्र सामुदायिक रेडियो स्याङ्जा एफएमलाई एक थान कम्प्युटर सहयोग स्वरुप निः शुल्क प्रदान गरेको छ। संघका अध्यक्ष दिपक लम्सालले रेडियोका अध्यक्ष हेमराज अर्याललाई संघको सभाहलमा एक कार्यक्रमका विच मंगलबार कम्प्युटर हस्तान्तरण गरेका थिए । संघले उक्त कम्प्युटर करिव ६० हजार मुल्यमा खरिद गरेको जनाएको छ ।
बाँकी» -
लगातारको अविरल वर्षाका कारण बागलुङ बुत्तिबाङ सडक अवरुद्ध
प्रदिप पन्त बागलुङ १५ भदौ
लगातारको अविरल वर्षाका कारण पहिरोले सदरमुकाम बागलुङ बजार देखि पश्चिमी क्षेत्र तर्फ जाने मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । उक्त लोकमार्ग अवरुद्ध भएपछि दर्जनौ सवारीका साधन पनि बाटैमा अलपत्र परेका छन् । दुइसय मीटर भन्दा माथीबाट आएको पहिरोले कयौं रुखहरु समेत बगाएकोले बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा उक्त मार्ग बाटो खुलाउने कार्ग जारी रहेको जनाइएको छ ।
बाँकी» -
बैंक अफ काठमाण्डूको नारायणगढमा नयाँ शाखा
काठमाडौ, १४ भाद्र (दैनिकी)
बैंक अफ काठमाण्डूले व्यापारिक एवं व्यापक आर्थिक कारोवार हुने चितवनको नारायणगढमा नयाँ शाखा खोली सेवा प्रारम्भ गरेको छ । यस शाखाबाट चितवनको उत्तरी भाग मुग्लिङ्ग, पर्यटकिय क्षेत्र सौराह लगायत जिल्लाका सम्पुर्ण क्षेत्रहरु तथा नवलपरासी जिल्लाको गैंडाकोटदेखि प्रगतिनगर सम्मका सम्पुर्ण क्षेत्रहरुलाई सेवा प्रदान गर्ने लक्ष्य राखेकोछ । साथै, दिनानुदिन बढ्दै गएको शेयर कारोबारलाई दृष्टिगत गर्दै
बाँकी»
अर्थ - थप सामग्री
- मोवाइल सेवा प्रभावकारी नहुदा उपभोक्तामा सास्ती
- "बिओके घरदैलो " कार्यक्रमको थालनी
- देशको एकमात्र रेलसेवा अनिश्चितकालको लागि बन्द
- श्रमजिवि ऐन कार्यान्वयनको माग गर्दै रेडियो देउखुरीका संचारकर्मि आन्दोलीत
- जनकपुर चुरोट कारखाना एक महिना देखि बन्द
- पाल्पामा संकटापन्न गिद्ध संरक्षण अभियान
- लघु जलविद्युतका लागि चेक हस्तान्तरण
- ५० हजारद्धारा तीज महोत्वस अवलोकन
- एउटा बोटमा दश किलो गोलभेडा फल्यो
- पहिरोले राजमार्ग अवरुद्ध


