स्तम्भ - विशेष

  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


  • जनपक्षिय संबिधान किन

    नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

मिस नेपालको भिडियो इन्टरनेटमा?

किन गइनन, पूर्व मिस नेपाल?

काठमाडौं, ९ असोज (दैनिकी)

पूर्व मिस तामाङ २००६ ले जेनिसा मोक्तानले यो वर्षको मिस नेपालको ताज पहिरिएपछि बजारमा नयाँ बहस सुरु भएको छ । जसले मिस नेपालका लागि तोकिएका आधार र मापदण्डमाथिनै प्रश्न उठाएको छ ।
मिस तामाङको ताज जितेपछि उनी मिडियामा छाइन र उनले केही म्युजिक भिडियो पनि खेलिन । त्यहीबीचमा उनको भनिएको एक अश्लिल भिडियो पनि सार्वजनिक भएको थियो । अहिले पनि त्यो भिडियो इन्टरनेटमा व्यापक छ ।
"हिजो यो निर्णयबाहिर आउने वित्तीकै म त छक्कै परेँ अनि मेरो मोबाइलमा हेर्दा त त्यही भिडियो छ"- एक चर्चित कला पत्रकारले भने- कुनै पनि सहभागीलाई मिस नेपाल बनाउनु पूर्वका मापदण्ड के हुन हिडेन ट्रेजरले भन्नु पर्छ ।

मिस नेपाल प्रतियोगिताहरुमा अघिल्लो वर्षकी विजेताले नयाँ विजेतालाई ताज लगाइदिने चलन हुन्छ तर यसपटको मिस नेपाल प्रतियोगितामा अघिल्लो पटककी विजेता सितष्मा चन्द सहभागी नभएपछि पहिलो मिस नेपाल रुवी राणाले नयाँ विजेता जेनिसा मोक्तानलाई ताज पहिर्र्याइ दिइन ।

विगतमा २५ देखि ३० जना सहभागी हुने मिस नेपाल प्रतियोगितामा यो वर्ष जम्मा १६ जना सहभागी भए, त्यसमध्ये पनि फेसन डिजाइनर रिंकु श्रेष्ठले अन्तिम समयमा आएर सहभागिता त्यागेपछि १५ जनामध्येबाट मोक्तानले मिस नेपाल २००९ को ताज पहिरिएकी हुन ।
गत वर्ष पनि मिस नेपालमा भाग लिएकी जेनिसानै यो वर्षकी मिस नेपाल भएकी छिन । तर माओवादी महिला संगठनहरूको विरोध/अवरोधका कारण गत वर्ष सो प्रतियोगिता नै हुन नसकेपछि उनी यसपटकको प्रतियोगितामा पुनः भिडेकी थिइन। उनले यसअघि मिस तामाङ २००६ को उपाधि जितेकी थिइन ।
missnepal
जेनिसाले शिरमा मिस नेपालको ताज चम्काउनुका साथै ५० हजार नगद प्राप्त गरेकी छिन् भने डिसेम्बरमा सम्पन्न हुने मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

फर्स्ट रनरअपको ताज पहिरिन सफल ऋचा थापामगरले २५ हजार नगद प्राप्त गरेकी छिन् भने उनले मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउनेछिन्।

डाईबर दाई मन पर्यो मलाई बोलको लोकगीतमा आकर्ष नृत्य गरी मिस ट्यालेन्टको उपाधिसमेत हात पारेकी ऋचाले मिस पर्सनालिटीको उपाधि पनि आफ्नै पोल्टामा पारिन्। सेकेन्ड रनरअपको ताज आफ्नो शिरमा चम्काउँदै कुन्छाङ मोक्तान तामाङले १५ हजार नगद पुरस्कार थापेकी छिन्।
त्यसै गरी आयुषा कार्कीले मिस फोटोजेनिक र ब्युटी कम्प्लेक्सका उपाधि थापेकी छिन् भने ब्युटिफुल हेयरमा पद्मनि झाले बाजी मारेकी छिन्।

प्रतियोगीहरू स्वयमले छनोट गर्ने मिस फ्रेन्डसिपको उपाधिचाहिँ अस्मिता अग्रवालले हात पारिन् भने दर्शकमतका आधारमा आकृति श्रेष्ठ पब्लिक च्वाईस बन्न पुगेकी छिन्। पुनम थपलियाले ब्युटिफुल स्माईलको उपाधि जितेकी छिन्। शीर्ष तीन उपाधिबाहेक अन्य उपाधिविजेता प्रत्येकलाई ५/५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।



सम्बन्धित तस्वीरहरु

  • तस्वीर:




प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


कलामा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu