स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

कृषिमा जापान र सखरखण्ड खन्दाको क्षण

मधु लम्साल ९ कार्तीक

एशियाको वैभव मुलुक जापान विकाशको पथमा निकै अगाडि छ । जापानीहरु मेहनती, लगनशिल र समयलाई महत्वका साथ पालना गर्ने भएकाले होला उनीहरु हरेक क्षेत्रमा अगाडि रहेको पाइन्छ । उनीहरु टेक्नोलोजीमा मात्र नभएर कृषि उत्पादनको क्षेत्रमा पनि उत्तिकै अग्रसर भेटीए । थोरै जमिनमा धेरै उत्पादन गर्न सक्नु उनिहरुको क्षमता देखियो । खेतको मलिलो माटोलाई जापानीहरु आफ्नै घरको सम्पत्ती भन्दा बढी मान्दा रहेछन् । माटो बग्न नदिन त्यसको राम्रो व्यवस्थापन गरीएको हुँदोरहेछ । 'कृषी प्रधान देश' का हामी नेपालीले जापान भ्रमणका क्रममा वास्तवमा कृषि पेशा कसरी अपनाउनु पर्दोरहेछ भन्ने बारेमा बुझ्ने मौका पायौं । दुई साताका लागि अवलोकन भ्रमणको सिलसिलामा जापान पुगेका स्कुले विद्यार्थी तथा शिक्षकको समुहले त्यहाँ शहरबजार, विभिन्न यातायातका साधन, त्यहााका गगनचुम्वी महल, म्यूजियम, पार्क, समुद्र, पानीजहाज तथा ठूलाठूला कलकारखाना मात्रै हेरेर रमाइएन, त्यहााको कृषिबारे पनि अभिरुचिपूर्वक जानकारी लिन पछि परेनौं ।
सखरखण्ड देखेका र त्यसको स्वाद पनि थाहा पाएका प्रायः हामी सबै त्यसको गााज खन्ने बारेमा पनि जानकार थियौं । जापानमा पुगेर पनि सखरखण्ड खन्ने अवसर हामीलाई मिल्यो । तर, हादानो शहरबाट केहीपर कृषि फार्ममा गएर सखरखण्ड खन्दाको क्षण हाम्रा लागि नौलो यस कारणले भयो कि त्यहाँ एउटै गाँजमा थुप्रै सखरखण्ड फल्दो रहेछ, त्यो पनि ठूलाठूला । भ्रमणमा गएका विद्यार्थी भाईबहिनीहरु सबैलाई एक एक वटा सखरखण्डको गााज खोसल्न लगाइएको थियो । सखरखण्ड खन्दाको क्षणलाई पनौतिस्थित मल्पी स्कुलमा कक्षा ५ मा अध्ययनरत् छात्रा नेहा पौडेलले आश्चर्य व्यक्त गर्दै भनिन्, 'ओ हो कती धेरै फलेको ?' त्यस लगत्तै नैकापस्थित ब्राइटफ्यूचरकी छात्रा रोषा कार्कीले पनि आश्चर्य मान्दै आफूले खनेको गााजबाट झण्डै २ केजी बराबरको सखरखण्ड देखाउँदै खुसीले उफ्रिन थालिन् । सामाखुसीस्थित स्कलर्स होम र ललितपुरस्थित जेम्स स्कुलका विद्यार्थी भाईबहिनीले पनि एउटै गाँजमा धेरै सखरखण्ड फलेको देख्दा आश्चर्य मान्दै थिए । उनीहरु भन्दै थिए, 'यो सबै घर लैजान्छु र साथीभाई बुबाआमालाई देखाउँछु ।'
मलिलो, नरम र चिसो माटो भएकाले सखरखण्डको उत्पादन धेरै हुने भयो । त्यहाँ त हामी कहााजस्तो सखरखण्ड खन्न कुनै औजार नै नचाहिने, हातले नै माटो खोल्सेर निकाल्न मिल्दोरहेछ । त्यहाँ कृषकले सधैंभरी जमिनलाई नरम र चिसो बनाएर राख्दा रहेछन् भने जस्तासुकै खालका तरकारी, फलफूल या अन्यखाले खेती गर्दा पनि उनीहरुले व्यवस्थित तरिका अपनाउँदा रहेछ । नेपालमा जस्तो त्यहाँ कहिकतै बाँझो जग्गा देख्न जापानमा पाइएन । जस्तो भौगोलिक अवस्था छ, त्यसको त्यसैगरी व्यवस्थापन गरिएको । सखरखण्ड मात्रै होइन, त्यहाँ वरपर लगाइएका अन्य विभिन्नखाले लोभ लाग्दो तरीकाले फलेका तरकारी खेतीले पनि हाम्रा आँखालाई लोभ्याइरहेको थियो । त्यसरी लोभ लाग्दो गरी फलेका तरकारी देख्दा भ्रमण दलमा सामेल विद्यार्थी भाईबहिनीले अभीरुचीका साथ जानकारी लिने गर्थे ।



सम्बन्धित तस्वीरहरु

  • तस्वीर:
  • तस्वीर:




प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


विदेश - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ