स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

“ बर्षका युवा बैज्ञानिक ” आष्मा र बिनु

काठमाडौं, २० मंसिर (दैनिकी)

यस बर्षको पाँचौ युवा बैज्ञानिक उपाधि यूरेका हाई स्कुलकी आष्मा बिडारी र बिनु लुईटेलले प्राप्त गर्न सफल भएका छन् । त्यसै गरि फष्ट रनर अपमा द नाम्स स्कुल र सेकेण्ड रनर अपमा नाईटिंगेल सेकेन्डरी स्कुलका युवा बैज्ञानिकहरुले उक्त अवार्ड हात पारेका छन् । अन्तराष्ट्रिय खगोल बर्ष २००९ को अवसर पारेर यूरेका हाई स्कुल ले आयोजना गरेको “ इन्टर स्कुल योंग साईन्टष्ट फेर” मा सेरेन भ्याली स्कुलका युवा बैज्ञानिकहरुले भने सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।
दुई दिन सम्म काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा संचालन भएको उक्त बिज्ञान मेलामा करिब १० हजार दर्शकले करिब १०० भन्दा बढि बैज्ञानिक मोडलहरू अवलोकन गरेका थिए । मेलामा सहभागी करिब १००० दर्शक हरूले एस एम एस भोटिंग
मार्फत ज्ञानोदय बाल बाटिकाका युवा बैज्ञानिक हरुलाई ““भोटर्स च्वाईस् अवार्ड”” द्वारा बिजयी गराएका थिए ।
बिजेता युवा बैज्ञानिक आष्मा र बिनु अब आफ्ना शिक्षकका साथ यति एयरलाइन्सको जहाजद्वारा काठमाण्डौ-पोखरा हवाई यात्राबाट पोखराको फिसटेल लजमा आयोजना हुने सम्मान कार्यक्रममा सहभागि हुनेछन भने दोश्रो र तेश्रो
हुने बिधालयका युवा बैज्ञानिक क्रमश: चितवनको मारुनी लज र गोदावरी भिलेज
रिसोर्टमा हुने सम्मानमा कार्यक्रममा सहभागि हुनेछन् ।
माननिय बिज्ञान प्रबिधि राज्यमन्त्री ईन्द्र प्रसाद ढुंगेलको प्रमुख आतिथ्यमा शुरु भएको उक्त मेलामा पोखराका बाल बैज्ञानिक तल्लज बरालको रोबोटको पनि प्रदर्शन गरिएको थियो । त्यसै गरि “हेयर सोलार सेल” का आविष्कारक मिलन कार्कीको “ वायरलेस ईलेक्ट्रिसिटि” ले सम्पुर्ण दर्शकको ध्यान तान्न सफल भएको थियो । मेलामा युवा बैज्ञानिकहरु हरिहर अधिकारी , दुर्लभ मुड्भरी, प्रिन्स दवाडी, राम प्रसाद शाह, सकेत जयसवाल तथा सुजिभ श्रेष्ठका बैज्ञानिक अन्वेशनहरु लाइ पनि प्रदर्शन गरिएको थियो । सहभागि बैज्ञानिकहरूलाई आयोजक कमिटिका तर्फबाट सम्मान गर्दे अध्यक्ष प्रबोध प्रभाकर रिजालले उज्ज्वल भविष्यको कामना गरेका थिए ।



सम्बन्धित तस्वीरहरु

  • तस्वीर:
    छलफल कार्यक्रममा सहभागि ‘कुशल सोलार कार’ का कुशल के सी र ‘नेपाली रोबोट’ का बाल बैज्ञानिक तल्लज बराल
  • तस्वीर:
    पुरस्कार बिजेताहरूलाई हौसला प्रदान गर्दै नास्टका प्राज्ञ
  • तस्वीर:
    माननिय बिज्ञान प्रबिधि राज्यमन्त्री ईन्द्र प्रसाद ढुंगेल
  • तस्वीर:
    बाल बैज्ञानिक तल्लज बराल नेपाली एयरक्राफ्ट ‘डाँफे’ का नेपाली युवा इन्जिनियर बिकाश पराजुलीसंग कुराकानी गर्दै




प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


बाल बगैंचा‏ - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ