स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

२०१० बिश्वकप फुटवलमा भागलिने टोलीहरुको सक्षिप्त परिचय

घाना

काठमाडौं, (दैनिकी)

बिश्वकपमा:
घाना: २००६ दोस्रो चरण
बिश्वकपमा ४ खेल खेलेकोमा २ जित, ० बरावरी तथा २ हार ।
बिश्वकपमा उतकृष्ट प्रदर्शन: २००६ दोस्रो चरण
बिश्वकपमा सबभन्दाबढी खेल्ने: रिचार्ड किगंसन तथा जोन पेन्टसिल ४ (२००६)
बिश्वकपमा सबभन्दा बढी गोल: स्टेफिन अप्पिह, सुले मुन्त्री, हामिनु द्रामिनी तथा आस्मो ज्ञान १ (२००६)
बिश्वकपका उतकृष्ट क्षण: २००६ मा पहिलो पटक बिश्व कपमा भाग लिदै दोस्रो चरणसम्म पुगेको। दोस्रो चरणमा ब्राजिलसंग पराजित।
बिश्वकपमा खराब प्रदर्शन: २००६ भन्दा अगाडी अफ्रिकी क्षेत्र तथा बिश्व युवा फुटबलको शक्तिसाली टोली भएतापनि बिश्वकपमा छनौट हुन नसकेको।
घानाका लागी बिश्वकप खेल्ने उतकृष्ट खेलाडी माईकल इसेन थिए। तर समग्रमा घानाका सर्वश्रेष्ठ खेलाडी अवेडी पेले लाई मानिन्छ। उनी कुनै पनि बिश्वकपमा सहभागी भएका थिएन। तर उनले घानाका १६ बर्ष खेलेर ७३ खेलमा ३३ गोल गरेका थिए। उनी घानाका हालसम्मकै सर्वश्रेष्ठ खेलाडी रहेका छन्। तर उनको दुर्भाग्य उनी खेलेसम्म घाना कहिल्यै बिश्व कपमा छनौट हुन सकेन।
घानाले अफ्रिकी राष्ट्रहरुको प्रतियोगिता चार पटक जितेर ईजिप्ट संग अफ्रिकी क्षेत्रको शक्तिसाली टोलीको रुपमा रहेको राष्ट्र हो। तर बिश्वकपमा भने २००६ पछी घाना दोस्रो पटक छनौट भएर खेल्दैछ। २००६ मा पहिलो पटक बिश्वकपमा भाग लिएको घानाले पहिलो चरणमा ईटलीबाट पराजित भएतापनि चेक गणराज्यलाई (२-०) तथा अमेरिकालाई (२-१)ले पराजित गर्दै दोस्रो चरणमा पुगेको थियो। घाना दोस्रो चरणमा ब्राजिलसंग (३-०) पराजित भएको थियो।
घाना बिश्व कप छनौट चरणमा अफ्रिकाबाट छनौटहुने पहिलो राष्ट्र बनेको थियो।
घानाले बिश्व कप छनौट चरणको दोस्रो चरणमा ६ खेल खेलेकोमा ४ जित तथा २ हार भएको थियो। यस्तै गोलतर्फ घानाले ११ गोल हानेको तथा ५ गोल खाएको थियो। यस्तै घानाले बिश्व कप छनौट चरणको तेस्रो चरणमा ६ खेल खेलेकोमा ४ जित, १ बराबरी तथा १ हार भएको थियो। गोलतर्फ घानाले ९ गोल हानेको तथा ३ गोल खाएको थियो।
घानाका लागी बिश्व कप छनौट चरणको खेलहरुमा सबभन्दा बढी रिचार्ड किगंसनले १२ खेल खेलेका थिए। यस्तै गोल तर्फ मैथ्यू अमोहले छनौट चरणमा ५ गोल गरेका थियो।

क्रमस‍‍‍ .....





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुदमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu