स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

सूचना प्रविधिमा पछाडि परेकै कारण हामी पछाडि : प्रधानमन्त्री

लक्की चौधरी काठमाण्डौं, २९ पुष

विश्वका अधिकांश राष्ट्र सूचना प्रविधिमा फड्को मारिरहेको बेला नेपाल यसमा सोचे जस्तो प्रगति गर्न नसकेकै कारण हालसम्म पछाडि परेको कुरा प्रधानमन्त्री माधवकुमार नेपालले बताउनु भएको छ। बुधबार देखि काठमाण्डौंको भृकुटीमण्डपमा आयोजित …क्यान इन्फोटेक २०१०' को उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले सो कुरा बताउनु भएको हो। देशको समग्र विकासका लागि अव हामी नेपाली सूचना प्रविधिको विकासमा लाग्नु आवश्यक छ। २१ औं शताब्दीको बेला पनि हामी यस क्षेत्रमा जागरुक हुन नसक्नु दुःखद् पक्ष हो, उहाँले भन्नु भयो। संविधानसभा निर्माणभएपछि मात्र यी सब विषयले गति लिने कुरामा प्रधानमन्त्री नेपालले विश्वास व्यक्त गर्नु भयो।
कम्प्यूटर एसोसियशन अफ नेपालको आयोजनामा पुष २९ देखि माघ ४ गतेसम्म छ दिन सञ्चालन हुने सो मेलामा सूचना प्रविधिका आधुनिक सामग्री ल्यापटप, पेनड्राइभ, इन्भर्टर, कम्प्यूटरका सम्पूर्ण पार्टस् तथा सामग्री, विभिन्न ब्राण्डका व्याट्री, जेनेरेटर लगायतका सामग्री प्रदर्शन तथा विक्रीका लागि राखिएका छन्।
छ दिनको अवधिमा चार लाख बढी दर्शकले अवलोकन गर्ने क्यानका केन्द्रीय सदस्य ओम पनेरुले जानकारी गराए। कुम्भमेलाको रुपमा चिनिएको मेलामा २ सय ७० स्टल राखिएका छन्। मेलामा सूचना प्रविधिसम्बन्धी विद्यार्थीका लागि ज्ञानवर्द्धक गोष्ठी र कार्यक्रमको आयोजना समेत गर्ने भएको छ। मेलामा सर्वसाधारणका लागि रु. ५० र विद्यार्थीका लागि रु. ३० प्रवेश शुल्क कायम गरिएको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


प्रबिधिमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu