स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

सञ्चार माध्यममा बाल विबाहका कुरा

दीपक बुढा- पत्रकार

सुर्खेत जिल्लालाई सन २०१० भित्र बाल विबाहमूक्त जिल्ला बनाउने घोषणा गरिएको छ । सोही अनुसार सुर्खेतमा बाल विबाहको क्षेत्रमा क्रियाशिल आधादर्जनबढी संघ संस्थाहरु अभियान सफलता र नारालाई पूर्ण कार्यान्वयन गर्ने बाटोमा लागि परेका छन् । बाल विबाहमूक्त जिल्ला घोषणा गर्ने भनि बाल विबाह विरुद्धको अभियानको थालनी गरेपछि सुर्खेत जिल्लाका सम्पूर्ण सञ्चार माध्यामले आफ्नै समस्याको रुपमा लगाडि बर्ढाईरहेका छन् ।
सञ्चार माध्याम भन्नुपर्दा जिल्लामा खरोविचार, दीगो विज्ञापन साप्ताहिक, दैनिक पत्रिकामा लोकमञ्च दैनिक, का“क्रेविहार दैनिक, नया“ नेपाल दैनिक पत्रिका र एफ.एम. रेडियोहरु भेरी एफ.एम.,जागरण एफ.एम, सर्ुर्खेत एफ.एम, बुलबुले एफ.एफ, हिमाल एफ.एम. र रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतका सञ्चार माध्यामहरु हुन् ।
स्थानीय सञ्चार माध्याम देखि राष्ट्रिय स्तरका विभिन्न सञ्चार माध्यामहरुले सुर्खेतको बाल बिबाह विरुद्धको अभियानमा सहयोग गरिरहेकै छन् । पहिलेको तुलनामा बाल विबाह विरुद्धको अभियानपछि यस विषयले सञ्चार माध्यामामा राम्रो उपस्थिती ल्याएको छ । बाल विबाह विरुद्धका अभियानमा सञ्चालित गतिविधी देखि जनचेतनामूलक शन्देस प्रबाहमा सञ्चार माध्यामले राम्रो प्रस्तुति गरिरहेको मैले पाएको छु । बाल विबाहलाई कानुनि रुपमा अमान्य भएपनि अभियान सञ्चालन भएपछि बाल विबाह केहि रोकिएका त छन्. र तथ्याड्ढ हर्ेदा लाग्छ बाल विबाह घटेको होईन बढी रहेको अवस्था छ , बाल बिबाह विरुद्धको अभियान सञ्चालन गरेर जिल्लामा चर्चामा रहेका सामाजिक संघ संस्थाको निरन्तरता कति हुने हो त्यो भने हर्ेन बा“कि नै छ । सस्तो लोकप्रियताका लागि कतै सामाजिक संघ संस्थाले सञ्चार माध्यामलाई बढी प्रयोग त गरिरहेका छैनन् । सम्पूर्ण सञ्चार माध्यामले विचारपुर्‍याउन जरुरी रहेको छ । अनि के सामाजिक संघ संस्थाका भनिएका क्रियाकला ग्रामिण स्तरमा कार्यान्वयन भएका छन् कि छैननन् यस विषयमा पनि सञ्चारकर्मीले विषेश ध्यानपुर्‍याउन जरुरी रहेको छ ।
केहि समय अघि जिल्ला बाल कल्याण समितिले एक हप्ते बाल विवाह विरुद्धको अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा सरकारी देखि गैरसरकारी संघ संस्थाका डोकमा बाल विबाह विरुद्धको सस्तो र लोकप्रिय नारा लेखिएको छ । के त्यो ठोकामा टा“सीएको नारालाई कार्यान्वयन भएको छ - सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख, कर्मचारी बाल बिबाह विरुद्धको अभियानमा जुटेकै हुन त - कि त बजेट सिद्धाउनका लागि त्यो गरिएको हो -
बाल विबाह विरुद्धको अभियानमा जुटेका संघ संस्थाले निकालेको तथ्याड्ढ अप्रयाप्त रहेको छ, ३० गाविसमा गरिएको र्सर्वेक्षण अनुसार अभियान सञ्चालन भएपछि १६ सय बढी बाल विबाह भएको तथ्याड्ढ रहेको छ । त्यसैगरी लेखफर्सागर्पन र छाप्रे गाविसलाई बालविबाह मुक्त गाविस त घोषणा गरिएको छ । घोषणा पछिको अवस्था हुन बाँकि नै रहेको छ । यदी संघ संस्थाको उत्प्रेरणामा गरिएको घोषणालाई स्थानीयबासीले आफ्नो समस्या र आफ्नै जिम्मेवारीका रुपमा लिएका छन् वा छैनन । त्यो स्वयं संस्थाको जिम्मेवारी हो ।
सञ्चारकर्मी पनि समाज परिर्वत र विकासको नयाँ अयाम अगाडि बढाउनका लागि संधै लागि परेका छन् । उनीहरुलाई न त घाम न त प्यास जुनसुकै समयमा पनि आफ्नो जिम्मेवारीमा प्रतिबद्ध रहेका छन् । बाल विवाह मूक्त जिल्लाको अन्तिम बर्षयहि हो सन २०१० अब हाल सम्मको नतिजा हर्ेर्ने बेला भएको छ । यस अवस्थामा समाजिक संघ संस्थाले कसरी काम गर्ने त्यो यहि समायमा राम्रो योजना बन्न जरुरी रहेको छ । यदि सञ्चारमाध्यामलाई बढी भन्दाबढी प्रयोग गरेर काम गर्न सकेमा अझं राम्रँे हुन्थ्यो । बाल विबाहविरुद्धमा आएका कुरामाथि अब अनुगमन हुन जरुरी रहेको छ । त्यसैगरी बाल विबाहका सम्बन्धमा कलम चलाउने सञ्चारकर्मी र सञ्चारमाध्यामको प्रोत्साहनका लागि सम्मान गर्ने अझ हौसला बढाउने क्रियाकलाप सञ्चालन गर्न मैले जरुरी देखेको छु ।
सञ्चारकर्मीलाई प्रोत्साहन गर्न सकेमा अझ बाल विबाह विरुद्धका काम गर्न प्ररण होसला हुने मैले विश्वास लिएको छु । चाँहिदाको भाँडो नचाहिदाको ठाँडो सञ्चार माध्याम र सञ्चारकर्मीलाई नगराउन म संम्बन्धीत समाजिक संघ संस्थालार्इं यो सुझाव दिन चाहन्छु । बाल विबाह विरुद्धको अभियानको स्थलगत अनुगमन, सञ्चारकर्मीलाई स्थलगत भ्रमणको व्यवस्था समेत गर्न सकेमा वास्तविक र स्थानीय समस्याको उजागर हुन जरुरी रहेको छ । त्यसैगरी फिचर न्युजमा प्रोत्साह सहयोग गर्न सकेमा सञ्चारकर्मीले अझ दुःख गरेर वास्तविक समस्या र समाधानको निकास खोज्ने थिए मलाई लाग्छ ।
सामाजिक संघ संस्थाले जनचेतना पंरबाहका लागि एफ.एम. रेडियो र आफ्ना दाता, डोनरलाई खुशि पार्नका लागि पत्रिकाको प्रयोग गर्ने गरेको हामिले पाएका छौ । पत्रिकामा निश्किएका सकारात्मक कुरालाई काटि आफ.्नो अफीसमा राख्ने, दातालाई खुसि बनाउन पठाउने गरिन्छ । तर तीनै पत्रपत्रिकालाई कहिले काहि विज्ञापन दिने सवालमा होस वा अन्य सुविधा दिने सवालमा आफ्ना निकटका सञ्चार माध्यामलाई मात्रै दिने गरिएको छ ।
यो पक्ष सकारात्मक हो जस्तो मलाई लाग्दैन । दातालाई खुसि बनाउन, आफ्नो प्रचार प्रसार गर्नका लागि अधिक मात्रामा सम्पूर्ण सञ्चार माध्यामलाई प्रयोग गर्ने तर विज्ञापन दिने बेलामा तेरो र मेरो भनेर छेट्याउनु राम्रो पक्ष होईन, यदी इमान्दारीताका साथ सञ्चार माध्यामलाई सहि प्रयोग गर्ने हो भने बजेट भएको बेला सवैलाई बाँडेर दिउँन त भन्ने संस्कारको किन विकास नगर्ने - आफ्नो जात किन देखाई हाल्ने यो मेरो तमाम सामाजिक संघ संस्थालाई खुल्ला प्रश्न -





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


बाल बगैंचा‏मा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu