स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

अझै द्वन्द्वपीडित बालिका उपचारबाट वञ्चित

रोहित कुमार मण्डल लहान, १३ माघ ।

चार वर्ष भन्दा बढि दिन बिति सक्दा समेत आर्थिक अभावका कारण एक बालिका उपचारबाट वञ्चित रहेका छन् । तर पनि सम्मवन्धित सरोकार वाला व्यक्तिहरुको ध्यान पुग्न सकेको छैन् । यो व्यथा हो एक स्कुले बालिकाको । रातको एघार बजेको थियो । पूजाकुमारी साह खाना खाएर ओछ्यानमा विद्यालयको गृहकार्य गरिरहेकी थिईन् । अलिपर आमाबुवा निदाउन लागेका छन् । एक्कासी बिष्फोटनको आवाज सुनियो । पूजा एकदमै जोड्ले कराउन थाल्छिन् । उनको खुट्टाबाट रगत बग्न थाल्यो, बमको छर्रा लागेछ । पूजाका आमाबुबा हारगुहार गर्न थाल्छन् । तर त्यहाँको वातावरण एकै छिनमा कोलाहलमय भयो । एकपछि अर्को बम पड्किन थाल्यो । सबैजना डरले खाटको तलपट्ट िलुक्न पुगे । आफनो ज्यान जोगाउनबाहेक कसैलेकसैको वास्ता गर्ने अवस्था थिएन ।
सिराहा जिल्लाको बन्दीपुरमा २०६२ साल बैशाख २६ गते राति ११ बजे नेपाली सेनाको गुल्म तथा प्रहरी चौकीमा माओवादीले गरेको आक्रमणमा पीडित १२ बर्षिय पूजाकुमारी साहको वास्तवि कथा हो । जसमाथि घटना भएको चारबर्ष वितिसक्दा र मुलुक शान्ति प्रक्रियामा यति अगाडि बढिसक्दा पनि राज्य वा कतेैबाट पनि सहयोग वा उपचार केही पनि पाउन सकेकी छैनन् । सिराहाको बडहरामाल-२ बन्दिपुरका ४० बषिर्य भोलाप्रसाद साहकी छोरी पूजाको शरीरमा गाडिएर बसेको बमका छर्राहरु अहिलेसम्म निकालिएका छैनन् । त्यसबेला माओवादी सशस्त्र द्वन्द्व चर्किएको अवस्था थियो । बडहरामाल-२ बन्दिपुरका १२ बषिर्या बालिका पूजाकुमारी साह उपचारको अभावमा खुट्टाभित्रै रहेको बमको छर्रा देखाउँदैं ।
अनौपचारिक सेवा केन्द्र -ईन्सेक)का सिराहा प्रतिनिधि देवराज पोखरेलका अनुसार सो घटनामा चार बालकसहित एघार जना सर्वसाधारणको ज्यान गएको थियो भने सात बालबालिकासहित १५ जनाभन्दा बढी मानिसहरु बमको छर्रा लागेर घाइते भएका थिए ।

'जसको घरमा पेटभरि खाने अन्न छैन उसले कसरी बमको छर्रा लागेको घाउको उपचार गराउन सक्छ ?’ स्थानीय बुद्धिजीवी रामस्वरुप महतो तीतो पोख्दै भन्छन्- जिल्लामा बालबालिकाको हितमा काम गर्ने दुईदर्जन भन्दाबढी संघ संस्थाहरु रहेका छन् । तर, कसैले पनि उनीहरुको उपचारका लागि सहयोग गरेनन् आश्वासन मात्र पाईयो ।

भोला प्रसादले त्यो रात बमको छर्रा लागेर घाइते छोरी पुूजालाई काखमा लिएरै विताएँ । छोरीलाई के हुने हो भन्ने चिन्तालेे निदाउन पनि सकेनन् उहाले दुखेसो सुनाए । विहान चारैबजे छिमेकीलाई सहयोगका लागि आग्रह गर्न गए । तर अफ्सोच छिमेकीहरु स्वयं नै पीडित रहेछन् । कसैको परिवारमा छोरा त कसैको परिवारमा छोरीको ज्यान गएको छ । कसैको घरसहित सम्पूर्ण सरसमान जलेर खरानी भएको छ । भोलाप्रस्ााद साह छिमेकका करिब २५ घरसम्म दगुरे तर सहयोग दिनसक्ने कोही भेटिएनन् । अन्तिममा उनीे नजिकै रहेको बजारको एउटा क्लिनिकमा लगेर छोरीको उपचार गर्न बाध्य भए ।

पूजाको उपचार गराउन नसकेको अवस्था चित्रण गर्दै भोला अगाडि भन्छन् - स्थानीय क्लिनिकमा सामान्य उपचार मात्र भयो । त्यसको भोलिपल्ट आफ्न्तसँग २५ हजार रुपैंया कर्जा लिई काठमाण्डौं लगेर उपचार गराए । तर एक ठाउँमा मात्र भए पो, शरीरको पाँच ठाउँमा बमको छर्रा लागेको रहेछ । पूरा उपचार गराउन खर्चैले भ्याएन ।
'गोलीको छर्रा निकाल्न नपाउँदा हिड्डुल गर्नसमेत कठिनाइ भइरहेछ ।’ पीडित बालिका पूजाले पीडायुक्त भावना यसरी पोखिन्-' भित्रै गाडिएर रहेको बमको छर्राको कारण खुट्टा अलिअलि बाङ्गिएको पनि छ । त्यसैले हिड्न असजिलो हुन्छ । गाउाका साथीहरु बाङ्गो खुट्टा देखेर उल्टै जिस्क्याउने र हाँस्ने गर्छन् ।’

बृहत् शान्त्ति सम्झौतामार्फत दशवर्षे जनयुद्ध अन्त्य भएको चारवर्ष लाग्न आँटिसक्यो । यसबीचमा तत्कालीन विद्रोही दल माओवादीले सरकारको नेतृत्वसमेत गरिसकेको छ । तर विडम्बना सशस्त्र द्वन्द्वका बेला पीडित बनेका बालबालिकाले अझै राहत पाउन सकेका छैनन् । माओवादीकै सरकारको पालामा सशस्त्र द्वन्द्वका बेला पीडित बनेकाहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत क्षतिपूर्ति लिन सरकारले सार्वजनिक रुपमा आग्रह गरेका थियो । सो आग्रहलाई स्वीकारी क्षतिपूर्ति लिन बारम्बार जिल्ला प्रशासन कार्यालय धाए पनि उचित क्षतिपूर्ति रकम पाउन सकेका छैनन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीले आक्रमणमा परी घाइते तथा ज्यान गएका परिवारलाई क्षतिपूर्ती दिनू भनेर न माथिबाट कुनै आदेश आएको छ न त स्थानीय स्तरबाट त्यस किसिमको आग्रह नै गरिएको छ । उहाँ अगाडि भन्नुहुन्छ- उपचारवापत खर्च रकम उपलब्ध गराउन आग्रह गर्दै पीडित परिवारको कोही पनि व्यक्तिले निवेदन दिएको खण्डमा यथासक्य रकम उपलब्ध गराउन म सधैं तयार छु ।

घरमै बसेर अध्ययन गरिरहेको अवस्थामा बमको छर्रा लागेर पीडित बनेकी बालिका पूजा आफ्नो भविष्य सम्भिmएर निराश छन् । 'यस्तो हालतमा के गरेर जीवन धान्ने होला ?' उनी निराशापूर्ण शब्दमा भन्छिन् - एक मन लाग्छ मागेर भए पनि केही कमाउँछु र खुट्टाको उपचार गराउँछु । तर, फेरि पुख्र्यौली रितिरिवाज अनुसार अरुसाग माग्नु राम्रो मानिन्न भन्दै बुवाआमाले रोक लगाउँनु हुन्छ ।' खुट्टामा रहेको बमको छर्रा निकाल्न नसकिएमा विवाह गर्नसमेत बाधा अड्च हुनसक्ने कुराले उनलाई अझ चिन्तित तुल्याएको छ । उनले लामो श्वास तान्दै भनिन् -'अझै पनि राम्ररी उपचार गराउन पाए मेरो जीवन सुखमय बन्ने थियो । तर, के गर्ने बुबाआमाको आर्थिक अवस्था उपचार गराउन सक्ने किसिमको छैन, कसैको सहयोग पाइएला भन्ने आश पनि मरिसक्यो ।’





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


बाल बगैंचा‏ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ