स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

पोखरामा बर्ड फ्लु भएको पुष्टी,ताप्लेजुङमा पनि सैयौं कुखुरा मरे

-पन्छी तथा मासु बिक्री वितरणमा रोक -आजदेखि कुखुरा तथा पन्छी मार्न थालिने

काठमाडौं, २१ माघ(दैनिकी)

पोखराको घोरेपाटनमा ठूलो संख्यामा हाँस र कुखुरा मर्नुको कारण बर्ड फ्लु भएको पुष्टी सरकारले गरेको छ।
कृषि मन्त्रालयले पत्रकार सम्मेलन गर्दै त्यहाँ बर्ड फ्लू (एभियन इन्फुलुएञ्जा भाइरस) भेटिएको पुष्टी गरेको हो। बर्ड फ्लु नियन्त्रणका लागि सरकारले र्‍यापिड रेस्पोन्स टिम त्यहाँ पठाइसकेको छ।
टीमले आजैदेखि स‌ंक्रमित क्षेत्रका कुखुरा हाँससहितका पन्छीहरु मार्ने काम थाल्ने भएको छ ।
कृषि मन्त्रालयले बुधबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी पोखराको घारीपाटनस्थित ज्ञानबहादुर खड्काको कुखुरा फर्ममा मरेको कुखुरामा एच फाइभ एन वन भाइरस फेला परेको जनाएको छ।
पत्रकार सम्मेलनमा कृषि मन्त्रालयका उपसचिव हरि दाहालले पोखरामा देखा परेको वर्ड फ्लूलाई तत्काल नियन्त्रणका लागि र्‍यापिड रेस्पोन्स टीम गठन गरिएको बताउनुभयो। कृषि मन्त्रालयको नेतृत्वमा गठित समितिमा अर्थमन्त्रालय, स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरु रहेका छन्।
माघ १२ गते पोखरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित कुखुरा पालक ज्ञानबहादुर खड्काको फारममा एक सय पैतिस वटा कुखुरा र एक सय वटा हाँस मरेको थियो। मरेको कुखुरा र हाँसलाई परीक्षणका लागि बेलायत पठाइएको थियो। बेलायती प्रयोगशालाले मरेको कुखुरा र हाँसमा एच फाइभ एन वन भाइरस फेलापरेको बताएपछि कृषि मन्त्रालयले बुधबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी पोखरामा बर्डफ्लू फैलिएको खुलासा गरेको हो।
पोखराको घोरेपाटनस्थित राधाकृष्णमार्गमा ज्ञानबहादुर खड्काको घरका दुई सयभन्दा बढी हाँस र कुखुरा एकै पटक मरेपछि बेलायतमा नमूना परीक्षण गर्दा बर्ड फ्लुको पुष्टी भएको हो।
पोखरामा केही दिन अगाडिदेखि पन्छीमा लाग्ने बर्डफ्लु रोग देखिएको छ । रोगका कारण हाँसकुखुराहरू मर्न थालेका छन् । पोखराका एयरपोर्ट पछाडिका र घारिपाटन क्षेत्रका सो रोगकै कारण हाँस र कुखुरा मर्न थालेका छन् ।
हाँसमा बर्डप्लु देखिएपछि जिल्ला पशु सेवा कार्यालय कास्कीले सो क्षेत्रमा उच्च सतर्कता अपनाइरहेको छ ।
बर्डफ्लु आएपछि पोखरा विमानस्थल पछाडि घारिपाटनका ज्ञानबहादुर खड्काका ११५ वटा हाँस र ३७ वटा कुखुरा मरिसकेका छन्
व्यावसायिक कृषकहरू ज्ञानबहादुर खड्का, ज्ञानु जलारी, लक्ष्मी गुरुङ, बालसोभा गुरुङ र पुर्णबहादुर गुरुङलगायतका कृषहरूको २१४ हाँस र ७० वटा कुखुरा गरी २८० भन्दा बढी हाँस र कुखुरा मरेका छन् । पशु विज्ञसहितको क्षेत्रीय बर्डफ्लु नियन्त्रण समितिले शङ्कास्पद चुनलगायतका औषधिहरूको प्रयोग गरिसकेको छ र सो क्षेत्रको पन्छी तथा मासु बिक्री वितरणमा समेत रोक लगाएको व्यवसायीहरूले बताएका छन् । सङ्क्रमित पन्छी मार्ने र उचित व्यवस्थापन गर्न तयारी सुरु गरिएको छ ।
सरकारको आधिकारिक धारणा नआएसम्म पशु विज्ञहरू आधिकारिक रूपमा नबोल्ने बताएका छन् । अहिले जिल्ला पशु सेवा कार्यालय कास्कीमा कन्ट्रोलरुम स्थापना गरेर २४ सै घण्टा काम भइरहेको छ । सरकारी घोषणा आएलगत्तै सो क्षेत्रको डेढ किलोमिटर क्षेत्र वरपर पन्छीहरू मारिने अभियान थालिनेछ । सो को क्षतिपूर्ति सरकारले दिने व्यवस्था छ ।
यसअघि पोहोर फागुन १३ गते पनि झापामा बर्ड फ्लू भेटिएको थियो।
यसैगरी ताप्लेजुङबाट प्राप्त समाचारअनुसार त्यहाँ पनि कुखुरा दिन दिनै मर्न थालेका छन। सुरुमा झोक्र्याउने र एक्कासी कुखुरा मर्न थालेपछि ताप्लेजुङका कुखुरा पालक तथा व्यापारी चिन्तित भएका छन्।
ताप्लेजुङ सदरमुकाम फुङलिङ र दोखु गाउँ विकास समितिमा अहिले कुखुरा भकाभक मर्न थालेको फुङलिङ् ४ निवासी कर्ण तुम्बाहाम्फेले बताउनुभयो। उहाँले भन्नुभयो –सुरुमा एउटा कखुरा झोक्र्यायो अनि एक छिनपछि मर्‍यो, त्यसपछि त भकाभक मर्न थाले। यही क्रममा टोलमा रहेको सय भन्दा बढी कुखुरा सखाप भए।
उहाँले तीन दिन भित्रमा ७० हजार रुपियाँ भन्दा बढीको कुखुरा मरेको बताउनु भयो। उता फुङलिङ ७ मा पनि कुखुरा भकाभक मर्न थालेको स्थानीयवासी बताउँछन्।
स्थानीय दिनेश अधिकारीले फुङलिङ ७ टुक्रे टोलमा पनि कुखुरा भकाभक मर्न थालेको बताउनुभयो। उहाूले सुरुमा झोक्र्याउने र केही समयमा मर्ने गरेको बताउनुभयो। दोखुका ९ का मीना थापामगरले पनि कखुरा भकाभक मर्न थालेको बताउनुभयो। उहाँले दोखु ९ को करिब ५० भन्दा बढी कुखरा मरेका बताउनुभयो।
उहाूले भन्नुभयो– कुखुरा बजारबाट किनेर ल्याइयो ल्याएको दुई दिनमा सबै मरे। सो टोलमा करिब ५० हजार रुपियाँका जतिको कुखुरा मरेको बताउनुभयो।
यता जिल्ला पशु कार्यालयले भने यसमा कुनै चासो देखाएको देखिँदैन। कुखुरा भकाभक मर्न थाल्यो नि भनेर प्रश्न गर्दा जिल्ला पशु कार्यालयका निमित्त कार्यालय प्रमुख विषम शाहले ठण्डीले गर्दा रोग फैलिएर मरेका बताउनुभयो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ