स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

सागमा नेपाललाई सातौ दिन सम्म ९ काश्य

नेपालले स्वर्ण पदक जित्ने लक्ष्य रहेको कराते र तेक्वान्दोको स्पर्धाहरु शनिबार बाट मात्र सुरु

मनोरञ्जन शर्मा ढाका, २१ माघ

बंगलादेशमा जारी ११ औ दक्षिण एसियाली खेलकुद प्रतियोगीता सागको सातौ दिन सम्म आईपुग्दा नैपालले ९ काश्य पदक मात्र जित्न सकेको छ । नेपालले जुडोमा ४,ब्याडमिन्टन र कपर्दीमा २। २ र सुटिंगमा एक काश्प मात्र जितेको छ । उता नेपालले सातौ दिन बिहीबार पनि खराब प्रदर्शनलाई निरन्तरता दिएको छ । प्रतियोगीताको सातौं दिन नेपालले हृयाण्डबल, स्क्वास र गल्फमा समेत कुनै पदक जित्न सकेन ।
हृयाण्डबलको सेमिफाइनलमा नेपालले आज पाकिस्तानसंग पराजय ब्यहोर्दै स्वर्णको दौडबाट बाहीरीएको छ । बङ्गलादेशले अफगानिस्तानलाई पराजित गरेपछि सेमिफाइनल प्रवेश गरेको नेपाल पाकिस्तानसंग ४५-१५ स्कोरले हारेको हो । नेपालले अब कास्य पदकका लागि बङ्गलादेशसंग खेल्नेछ । सुटिङ्गतर्फ महिला टिम इभेन्टबाट पनि नेपाल बाहिरिएको छ ।
नेपालका तृष्णा थापा, सिमा तुलाधर र सविता बस्नेत १० मिटर एयर राइफलको अन्तिम आठमा पर्न नसक्दा व्यक्तिगत प्रतिस्पर्धाबाट समेत बाहिरिएको हो । टिम इभेन्ट तर्फनैपाल पाचौ स्थानमा परयो ।
यसैगरी नेपाली महिला फुटबल टोली पनि बिहीबार भारतसंग पराजित भएको छ । हारका बाबजुद् नेपालको फाइनल प्रवेशको संभावना कायमै छ । नेपालले अब स्वर्ण पदकको प्रतिस्पर्धामा आफुलाई उभ्याउन राउण्ड रोबिनको आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई कम्तिमा बराबरीमा रोक्नुपर्नेछ । नेपालले पहिलो हाफमा ३ र दोस्रोमा २ गोल खाएको थियो । जितपछि भारत भने फाइनलमा पुगेको छ ।
स्क्वास अर्न्तर्गत भएको टिम इभेन्ट्सको स्पर्धामा नेपाल पाकिस्तानसंग ३/० ले पराजित भएको छ । पहिलो खेलमा श्रीलंकासंग पराजित भएको नेपालले भारतसंग शुक्रबार र बंगलादेशसंग शनिबार प्रतिस्पर्धा गर्नेछ । नेपालले गल्फमा समेत निरासाजनक प्रदर्शन गरेको छ । आज सम्पन्न टिम इभेन्ट्समा नेपालले पाचौं स्थान ओगट्यो । सो स्पर्धामा बंगलादेशले स्वर्ण पदक जितेको छ । यसैबिच गल्फमा ब्यक्तीगत तर्फदोस्रो दिन नेपालका सबै खेलाडीले खराव प्रदर्शन गरेका छन् । एम्यच्योरतर्फरुपक आचार्यले ३ ओभर पार ७५ अंक स्कोर गरेपछि ११ औं स्थानमा झरेका छन् । अन्य खेलाडीहरु तासी छिरिङ्ग, तासी घले र विष्णुप्रसाद शर्माले पनि पहिलो दिनको तुलनामा खस्किएको प्रदर्शन गरेका छन् ।
त्यस्तै नेपालले पदकको आशा गरेको उषुको प्रारीम्भक चरण सुरु भएको छ । पहिलो दिन बिहीबार खेलाडिको तौल लिईएको छ । नेपालका पुरुषोत्तम रिजाल वाई पाएर उषु सान्सौको स्पर्धामा सेमिफइनल प्रवेश गरेका छन् । नेपालले स्वर्ण पदक जित्ने लक्ष्य रहेको कराते र तेक्वान्दोको स्पर्धाहरु शनिबार बाट मात्र सुरु हुदैछ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ