स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

नियमित फेरी सञ्चालनमा प्रशासन विफल

डिएम चाम्लिङ र्राई/खोटाङ माघ २२ गते

मध्यपहाडि राजमार्ग अर्न्तर्गत खोटाङको वाहुनीडाँडा र ओखलढुङ्गाको थाक्ले गाउँ विकास समिति बीच रहेको दूधकोशी नदिको फेरी निर्वाध रुपमा सञ्चालन गराउने खोटाङको प्रयास विफल भएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य सहितको एक टोलिले फेरी सञ्चालनको प्रयास गरेपनि योजना असफल बनेपछि व्यवसायीहरु निरास बनेका छन् ।

स्थानीय फूलबारी क्लव र सक्रिय अशल सासन क्लवले सञ्चालन गरेको ड्रम सेट खारेज गर्राई नेपाल सरकारले निर्माण गरिदिएको फेरी निर्वाध सञ्चालन हुनुपर्ने भन्दै वातावरण तयारपार्न राजनैतिक दल, व्यापारी, वाणिज्य संघ, यातायात व्यवसायी संघ, सुरक्षा निकाय, पत्रकार सहित ४५ जनाको टोलि त्यहाँ पुगेपनि निष्कर्ष निस्कन सकेन ।

फेरी विवादरहित रुपमा सञ्चालनका लागि पहल गर्न प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य सहितको टोलिले आग्रह गरेपनि लगानी डुब्ने भन्दै ड्रम हटाउन क्लवले नमानेपछि समस्या उत्पन्न भएको छ । त्यहाँ क्लवहरुले ड्रम सेट बाट गाडि र समान तार्दै आएका छन् । एउटा गाडि तारेको २० हजार रुपैया सम्म लिने गरिएको छ । सरकारी फेरीबाट व्यापारीहरुको गाडि र समान तार्न नदिई जवरजस्ती ड्रमबाट गाडि तार्न लगाईने गरिएको व्यापारीहरुले गुनासो गरेका छन् ।

ठेकेदारहरु मधुकर अधिकारी, केशव सुवेदी र नन्दलाल श्रेष्ठले सरकारी फेरीबाट आफ्नो बाहेक अन्यको समान नतारिदिनेगरेको स्थानीय व्यापारीहरुले गुनासो गरे । दुइ वटा फेरी सञ्चालकको सल्लाह अनुसार ड्रम सेट मार्फ मात्र समान तार्नुपर्ने व्यापारीहरुलाई वाध्य बनाईएको छ । ड्रम सेटबाट दिनमा पाँच वटा सम्म गाडि तारिन्छ ।

नियमित रुपमा विवादरहित तरिकाले फेरी सञ्चालनमा आए हलेशी दर्शन गर्न आउने भक्तजनहरुलाई सुविधा हुने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खुसनारायण सैजुले बताउनुभयो । दुइ जिल्लाको नाकाको रुपमा रहेको जयरामघाटमा नियमित रुपमा फेरी सञ्चालनको लागि पहल गरिरहेको उहाँले बताउनुभयो ।

फेरी नियमित सञ्चालनको लागि त्यहाँका क्लवले जिल्ला प्रशासन कार्यालय खोटाङलाई निवेदन चर्ढाई क्षतिपूर्ती माग गरेको छ । रोड बनाएको, र फेरी निर्माण गरेको गरि जम्मा ३९ लाख रुपैया क्लवलाई तिरेपछि मात्र ड्रम हटाएर सरकारी फेरी सञ्चालन गर्न दिने क्लवले जनाएको छ ।

स्थानीय फूलबारी युवा क्लव र शसक्त अशल शासन क्लवले ड्रमसेट कुनैपनि हालतमा नहटाउने र हटाउनुपरेपनि क्षतिपूर्ती तिराएर मात्र हटाउने भएको हो । फूलबारी युवाक्लवका अध्यक्ष अमृत र्राईका अनुसार -''फेरी सम्म आउने बाटो निर्माणको ३२ लाख रुपैया र ड्रम सेट निर्माणको सात लाख रुपैया गरी ३९ लाख रुपैया दिनेभए ड्रमसेट हटाउँछौ ।''

पहिलो चरणमा खोटाङको तर्फाट गरिएको पहल सकारात्मक भएको र आगामी १५ दिन पछि ओखलढुङ्गा र खोटाङ जिल्लाका प्रमुख तथा प्रतिनिधिहरु बसेर छलफल गर्ने निर्णय भएको प्रशासनले जनाएको छ । फेरी निर्वाध रुपमा सञ्चालन भए ओखलढुङ्गाबाट दिक्तेल र दिक्तेलबाट ओखलढुङ्गा हर्कपुर सम्म गाडि पुर्‍याउन सकिन्छ । मध्यपहाडि राजमार्ग अर्न्तर्गत रहेको दूधकोशी नदिको फेरी विवादले लाखौ र्सवसाधारणहरु महंगो मार खेपीरहेका छन् । त्यहाँ चलिरहेको सरकारी फेरीसंगै स्थानीय युवा क्लवले ड्रमको फेरी बनाएपछि दुइवटा फेरीबीच विवाद सुरु भएको हो ।

फेरी विवाद मिलाउन त्यहाँ प्रमुख जिल्ला अधिकारीका साथ जिविसका योजना अधिकृत दिनेशकुमार तिम्सीना, डिएसपी टेकबहादुर तामाङ्ग, शसस्त्र प्रहरीकार् इन्सपेक्टर जोगेन्द्र केसी, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खुसनारायण सैजु, यातायात व्यवसायी संघका अध्यक्ष विदुर लुइटेल, व्यवसायी उपीनकुमार र्राई, राजनैतिक दलका नेता तथा प्रतिनिधिको टोलि त्यहाँ पुगेपनि विवाद मिल्न सकेन । त्यसबारे पुनः १५ दिन पछि दुइजिल्लाको सम्वन्धीत निकाय बसेर छलफल गर्ने निर्णय भएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ