स्तम्भ - विशेष

  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


  • जनपक्षिय संबिधान किन

    नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

हलेशीमा पर्यटक भित्रन सकेन

डिएम चाम्लिङ र्राई/खोटाङ, माघ २३

पूर्वको पशुपतीनाथको रुपले परिचित हलेशी महादेवस्थानमा वाहृय पर्यटकहरु भित्रन सकेको छैन । थुप्रै आर्थिक उपार्जनको आधार हलेशीलाई मानिएपनि पर्यटकहरु नआउँदा हलेशी महादेवस्थान ओझेलमा परिरहेको छ ।

शान्ति सुरक्षा भौतिक पूर्वाधारका कमिले हलेशीमा पर्यटकहरु भित्रन नसकेको खोटाङ उद्योग वाढिाज्य संघका अध्यक्ष खुसनारायण सैजुले बताउनुभयो । हलेशी महादेवस्थान प्रशस्त आर्थिक उपार्जनको क्षेत्र भएको उहाँले बताउनुभयो ।

त्यस्तै प्रचारप्रसार र भौतिक पूर्वाधार प्रशस्त भए आन्तरिक र वाहृय दुवै पर्यटक जिल्ला भित्रन सक्ने नेकपा एमाले खोटाङका रामप्रसाद दंगालले बताउनुभयो । हलेशीको स्तरवृति गर्न सके समग्र देशको विकास हुने महेन्द्रद्धय उमावि हलेशीका शिक्षक हेमन्त गिरी बताउनुहुन्छ ।

वर्षा चारपटक शिवरात्री, वालाचतुर्दशी, रामनवमी र तीज मेलाबाट संङ्कलन हुँदै आएको रकम हलेशीको व्यवस्थापनमा खर्च भईरहेको मन्दिर गुफा संरक्षण समितिका अध्यक्ष गजुरमान र्राईले बताउनुभयो । त्यसो त हलेशी विकासका लागि भन्दै नेपाल सरकारले दिएको १५ लाख रुपैयाले पनि कुनै परिवर्तन हुन नसकेको स्थानीयहरुको आरोप छ ।

हलेशीलाई पर्यटकीय रुपमा विकास गराउनका लागि सरकारको सक्दो पहल हुने प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताउनुभयो । तर पूर्वको कर्णाली खोटाङमा यस्ता प्रकारका धार्मीक, पर्यटकीय र ऐतिहाँसिक प्राकृतिक स्थलहरु प्रचारप्रसारको कमीले ओझेलमा परिरहेको छ ।
पर्यटकीय धार्मीक स्थल हलेशी महादेवस्थानको विकासका लागि सबैले सक्दो सहयोग गर्ने जिल्लाका अगुवाहरुले प्रतिवद्धता जनाएपनि विकास हुन नसकेको स्थानीयहरुको आरोप छ । केही महिना अघि हलेशी विकास समितिले आयोजना गरेको र्सवदलीय र्सवपक्षीय वैठकमा जिल्ला स्थित दल तथा विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाले हलेशी महादेवस्थानको दिगो विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएपनि व्यवहारमा लागू हुन नसकेकोमा स्थानीयहरुले गुनासो गरेका हुन् ।
वैठकमा पर्यटकीय क्षेत्रमा खानेपानी, विद्युत लगायतका आवश्यक भौतिक पूर्वाधारको तत्काल व्यवस्था गर्ने जनाईएको थियो । जिल्ला भू-संरक्षण कार्यालयले तारजाली र वन कार्यालयले वृक्षारोपण गर्ने प्रतिवद्धता जनाए अनुसार काम भएको छैन । त्यस्तै तत्कालिन प्रहरी नायव उपरिक्षक रुपम लामाले प्रहरी निरिक्षकको कमाण्डमा हलेशीमा प्रहरी खर्टाईने जानकारी दिएपनि प्रहरी साहयक निरिक्षकको कमाण्डमा प्रहरी बसिरहेको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu