स्तम्भ - विशेष

  • जनपक्षिय संबिधान किन

    नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी


  • ´जातीय आधारको संघियता´ मेरो दृष्टिमा

    संघीयतामा आफ्नो भाग्य खोज्ने र हिनता बोध गर्ने दुवै पक्षको मिलन विन्दु भनेकै 'उदारता' र 'त्याग' नै हो |पुकार कडेल


हिजोआज - अनु

अनु
imt

संवाद

imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २८०८।००

सुन (तेजाबी): २७९००।००

चाँदी: ४२८।५०

सोलार प्लानबाट सिंचाई सुविधा

प्रकाश डोटेल स्याङ्जा, २४ माघ

स्याङ्जाको जगतभज्याङ् गाउँ विकास समिति-२, पित्लेकमा करिव २ सय ६० मिटर तलबाट सोलार प्लान प्रणालीबाट पानी तानेर स्थानिय कृषकहरुले खानेपानी सहित मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न थालेका छन् ।

स्थानिय जनकल्याण सहकारी संस्थाको सक्रियतामा २०६३ सालमा जगतभज्याङ् गाउँ विकास समिति ३ छरछरेबाट २ किलोमिटर टाढाबाट २ इन्चको पाईप प्रयोग गरि ल्याएको पानीलाई २ सय ६० मिटर तलबाट सोलार प्लान प्रणाली मार्फ तानेर कृषकहरुले खानेपानी र तरकारीखेतीका लागि सुविधा लिँदै आएका छन् ।

कृषकहरुले बाँकी रहेको पानीको सदुपयोग गरी मौसमी तथा बेमौसमी तरकारीखेतीबाट वाषिर्क लाखौ रकम आम्दानी गर्न सफल भएका छन् । पित्लेकमा ३२ हजार लीटर पानी अट्ने क्षमताको टयाँकी निर्माण गरिएको छ । सोलार प्लान प्रणालीबाट २४ घण्टामा १० हजार लिटर पानी तान्ने गरेको स्थानीय उपभोक्ताको भनाई छ ।

सोलार प्लान प्रणाली निर्माणका लागि कृषि तथा सहकारी मन्त्रालयको ७ लाख, जिल्ला कृषि विकास कार्यालय स्याङ्जाको ३ लाख, गाउँ विकास समितिको १ लाख ६० हजार, स्थानिय विकास कोषको १ लाख र अपुग रकम स्थानिय जनश्रमदान तथा चन्दा संकलन गरेर करिव १८ लाखको लागतमा योजना सम्पन्न भएको हो ।

योजनाको पानी प्रयोगबाट ४१ घरधुरीका मानिसहरु प्रत्यक्ष लाभान्वित भएका छन् । स्थानिय सबै कृषकले सरदर ४ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन् । पहाडी उच्च भुभागमा रहेको उक्त गाउँमा उत्पादीत कृषिजन्य वस्तु भारतको नौतनहवा, नेपालका बुटवल, पोखरासहित स्थानियबजार वालिङ् र स्याङ्जामा निर्यात हुदै आएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन

राजनैतिक गतिरोधको अन्तका लागी
सरकारलाई असफल बनाउनका लागि
आ-आफ्नो स्वार्थसिद्धका लागि
आजको आवश्यकता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu