स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

अन्योलग्रस्त ए–माओवादी

सम्पूर्ण राज्यको सेनालाई ए–माओवादी पार्टीको सेना बनाउँन वा सैनिक विद्रोह गराउँने भित्री साजिस पालेर उनीहरु राजनीति गरिरहेका छन्।

कपिल काफ्ले

-हामीलाई निशस्त्र बनाउने षड्यन्त्र गरिंदैछ, हामी आफूसँग भएका हतियार कदापि त्याग्दैनौंः
-हामी फेरि हतियार उठाउँदैनौं, जंगल जाँदैनौंः
- हाम्रा तीन हजार लडाकु नेपाली सेनामा समायोजन भयौं भने दुई वर्षभित्र हामी त्यसलाई पूर्ण नियन्त्रणमा लिनेछौंः
-संविधान घोषणा गर्नुअघि अस्थायी शिविरमा रहेका हाम्रा सेना समायोजन गर्ने प्रपञ्च रचिंदै छ, हामी त्यो मान्दैनौः
- जातिगत आधारमा चौध प्रदेश बनाएर संघीयतामा जाने हामीले जो प्रस्ताव गरेका छौं त्यो मार्क्सवादी दर्शनमा आधारित छः
- जेठ १४ मा नयाँ संविधान घोषणा नभए आकाश खस्दैन, धर्ती पनि भासिंदैनः



यी माथिका अभिव्यक्तिहरु कसले प्रकट गरेका हुन्? कुन पार्टीका नेताबाट यस्तो भनाइ हामीले सुन्नु परेको छ? तपाईंले 'ए–माओवादी' भन्नु भएको हो? हो भने यो लेखक तपाईंसँग पूर्ण सहमत छ। बारम्बार भ्रमपूर्ण भनाइहरु सोही पार्टीबाट प्रकट भैरहेका छन्। जनताले जसलाई सबैभन्दा ठूलो राजनीतिक पार्टी बनाए, उही आज सबैभन्दा बढी भ्रम छरिरहेको छ।

वृहद् शान्ति सम्झौताले माओवादीलाई निशस्त्र बनाएकै हो। यही आधारमा राज्यका अन्य लोकतान्त्रिक दलहरु उनीहरुसँग शान्तिपूर्ण तथा अहिंसात्मक स्वतन्त्र ढंगले दलीय प्रतिस्पर्द्धाको राजनीति गर्न तयार भएका हुन्। तर आज माओवादी नेताहरु 'खबरदार हामीलाई निशस्त्र बनाउन पाइँदैन' भनिरहेका छन्, शस्त्रमोह देखाइरहेका छन्। यस अवस्थामा जनताको टाउको नघुमाए कसको घुमाओस्।

माओवादी नेताहरु हिजो सरकारमा जाँदा पनि सत्ता कब्जा गर्न नपाएकोमा आँसु चुहाउँथे, आज तीन हजार जनमुक्ति सेना मात्र नेपाली सेनामा जान पाइयो भने सत्ता कब्जा हुन्छ भनिरहेका छन्। सम्पूर्ण राज्यको सेनालाई ए–माओवादी पार्टीको सेना बनाउँन वा सैनिक विद्रोह गराउँने भित्री साजिस पालेर उनीहरु राजनीति गरिरहेका छन्। तर यो भित्री चाहना बाहिर सार्वजनिक गर्न पनि सकिरहेका छैनन्। परिणामस्वरुप राष्ट्रसंघीय मिसनलाई एउटा कुरा, लोकतान्त्रिक जनतालाई अर्कै बोली र आफ्ना पिएलए र कार्यकर्तालाई भिन्न सम्बोधन गरिरहेका छन्। छिमेकी भारतविरुद्ध एउटा बचन प्रकट गर्छन् र तत्कालै सोही मुलुकका विदेश मन्त्री आउँदा भिन्न बोली सुनाउँछन्। यति बढी अन्योल, आशंका र भ्रम यसअघि कहिल्यै कुनै पार्टीले गर्न सकेको थिएन, जो ए–माओवादीका नेताहरुले गरिरहेका छन्।

आज नयाँ नेपालका लागि जाति र भाषागत आधारमा १४ प्रदेश छुट्याएको अवस्था छ। प्रदेश विभाजन गर्ने मुद्दा माओवादीकै भएका कारण अन्य राजनीतिक दल यसमा निष्कृय देखिए। नेपाली कांग्रेसले त पछिसम्म पनि आफ्नो प्रष्ट धारणा दिन सकेन। एमालेले अघि सारेको प्रदेश विभाजनको धारणा सोही पार्टीका केही नेताहरुले मानेनन्। जे होस्, माओवादीकै प्रदेश विभाजनको प्रस्ताव बहुमतका आधारमा संवैधानिक समितिले पारित गरेको छ। तर एक सयभन्दा बढी जाति रहेको मुलुकमा जातिका आधारमा १४ प्रदेश बनाउँदा बाँकी करिव ९० जातिहरुले चित्त दुखाउँछन्, यो मार्क्सवादसम्मत हुँदैन भन्ने मान्यता बुझ्न सो पार्टीका नेताहरु अक्षम छन्?

जाति र भाषाका आधारमा मुलुकलाई खण्डीकरण गर्दा पछिसम्मका लागि विवादको वीज मात्र रोपिने छ भन्ने सत्य माओवादी पण्डितहरुलाई अवश्य थाहा छ। यदि यो प्रदेश केवल नामका लागि मात्र जातिगत आधार लिइएको हो भने सो प्रष्ट हुनुपर्छ। अवसरका रुपमा हेर्दा सबैका लागि हरेक प्रदेशमा समान अवसर हुनेछ भन्न सक्नुपर्छ। अन्यथा ९० जातिहरु आ–आफ्नो राज्य माग्न लाइन लागेर उभिने छन्। यो मुलुकको हितमा कदापि हुने छैन।

तर माओवादी नेताहरु मुलुकको हितभन्दा आफ्नो स्वार्थलाई महत्व दिइरहेका छन्। वर्तमानको कुरा गर्ने हो भने, छिमेकी भारतले …प्रचण्डलाई प्रधानमन्त्री बनाएर मुख बुझो लगाइदिउँ्क' भन्ने रणनीति अख्तियार गरोस् भन्ने तुच्छ मानसिकताले उनीहरुलाई वशीभूत बनाएको छ। अध्यक्ष प्रचण्डको पछिल्लो व्यवहारले नेपालको राष्टि्रयतामा आघात परिरहेको छ। ए–माओवादीले पशुपतिनाथका पुजारीका सन्दर्भमा होस् वा सिमाना मिचिएको सबालमै किन नहोस्, पूर्ण गृहकार्यका साथ एकताबद्ध भएर मुद्दा उठाउन सकेन वा चाहेन। जसले गर्दा उसले उठाएका विषय जायज भएर पनि प्रक्रियाका कारण त्यसलाई जायज भन्न सकिएन। परिणाम मुलुकका लागि हितकर भएमा मात्र त्यसलाई जायज भन्न सकिन्छ। आज अध्यक्ष प्रचण्डले एमालेका तत्कालीन महासचिव मदन भण्डारी र पूर्व राजा वीरेन्द्रको हत्यासमेत भारतले नै गराएको हो भन्न बाँकी राखेका छैनन्। यति गम्भीर आरोप लगाएपछि उनले यसलाई पुष्टि गर्ने प्रमाणहरु क्रमशः प्रस्तुत गर्दै जानुपर्ने हो कि त्यो बोली अरु कसैको मुखबाट निस्केसरह थाहा नपाएझैं उभिने हो! पूर्व प्रधानमन्त्री तथा संविधानसभाको निर्वाचनमा जनताले दुई–दुई निर्वाचन क्षेत्रका जनताले पत्याएका नेता, ए–माओवादीका अध्यक्षको बोली यति छारष्ट किन? के प्रचण्ड सही अर्थमा भारतको विरोध गरेर नेपाली राष्ट्रियतालाई बलियो होइन, नेपालमा भारतीय प्रभावलाई बलियो बनाउँन चाहन्छन् भन्ोर विश्वास गर्ने?

यस्तो कठोर विश्वास गर्न सकिन्न। हाललाई विश्वास गर्न मिल्ने एक मात्र सत्य के हो भने माओवादीस्वयं वैचारिक संकटमा छ। परिदृश्यविहीन कुनै यस्तो बटुवा बनेको छ माओवादी जो परिस्थिति जे–जस्तो बन्छ त्यसै गर्दै हिंडिरहेको छ। बाटो हराएको जंगलको कुनै बटुवा बनेका छन् यसका नेताहरु। आफै भ्रममा परेका व्यक्तिबाट जनताले दिशानिर्देश हुने अपेक्षा कसरी गर्न सक्लान् र?


कपिल काफ्ले




प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


विचार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ