स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

ढाकामा नेपालको स्वर्णिम दिन

तेक्वान्दो खेलाडी दिपक बिष्टले सागमा लागतार चौथौं स्वर्ण जितेर किर्तिमान कायम गरे

मनोरञ्जन शर्मा बंगलादेश,माघ २५

बंगलादेशमा जारी ११ औं दक्षिण एशियाली खेलकुद सागमा नेपालले आज ५ स्वर्ण ४ रजत र ३ कास्य पदक जितेको छ । सागको ११ औं दिन नेपालले आज तेक्वान्दो र करातेमा २/२ तथा उसुमा १ स्वर्ण जितेको हो । त्यस्तै नेपालले आज महिला फुटबल, बक्सिङ्ग, तेक्वान्दो र करातेमा १/१ रजत पदक जितेको छ । यो संगै नेपालले अहिलेसम्म ७ स्वर्ण ९ रजत र १९ कास्य पदक जितेको छ । तेक्वान्दो खेलाडी दिपक बिष्टले सागमा लागतार चौथौं स्वर्ण जितेर किर्तिमान कायम गरेका छन् । ८७ केजी मुनिको तौल समुहको फाइनलमा भुटानका तासीलाई पराजित गर्दै बिष्टले लगातार चौथो पटक सागमा स्वर्ण जितेका हुन् । दशौं सागमा स्वर्ण जित्दै आफ्नै देशका धावक बैकुष्ठ मानन्धरको किर्तिमान बराबरी गरेका बिष्टले आठौ साग पछि लगातार स्वर्ण जितेर दक्षिण एसियाली किर्तिमान बनाएका हुन् । उनले रातदिन मेहनत गरी पदक जितेकाले जीवनकै सबैभन्दा बढी खुसी भएको प्रतिक्रिया दिए ।
तेक्वान्दोकै महिला तर्फ आयशा शाक्यले स्वर्ण जित्दा मनिता शाहीले भने रजत मै चित्त बुझाउनु परेको छ । ५३ केजी मुनि तौल समुहको फाइनलमा आयसाले भारतकी लतिका भण्डारीलाई पाखा लगाएकी हुन् । ५७ केजी मुनि तौल समहुको फायनलमा मनिता भने श्रीलंकन फातिमा केसाइसंग पराजित भइन् । त्यस्तै, उसुको थाउलोतर्फ थाइची छ्वानमा आङ्गबावु लामाले स्वर्ण जितेका हुन् । उनले विहान भएको फाइनलमा भारतीय खेलाडीलाई पछि पारेका थिए । करातेको कुमुते तर्फ६१ केजी मुनि तौल समहुमा गंगा अधिकारीले र ७५ केजी मुनि विनोद शाक्यले स्वर्ण जितेका छन् । अधिकारीले अफ्गानिस्तानका जैनबलाई र शाक्यले श्रीलंकन मोहम्मद् निफाजलाई पराजित गरेका थिए। करातेमै ६० केजी मुनि तौल समहुमा विनोद महर्जन भने फाइनलमा अफगानिस्तानका मोहम्मद तमिमसंग पराजित भएपछि रजतमै चित्त बुझाउन बाध्य भए । त्यस्तै पहिलो खेलमा पराजित भएपछि तेस्रो स्थानकालागि बंगलादेशी खेलाडीसंग प्रतिस्पर्धा गरेका कुसल श्रेष्ठले भने कास्य पदक हात पारेका छन् । यसैबिच, महिला फुटबलको फाइनलमा सोमबार भारतसंग १ का विरुद्ध ३ गोलले पराजित भएपछि नेपालले रजत पदकमै चित्त बुझाएको छ । पहिलो हाफमा जमुना गुरुङ्गको गोलबाट अग्रता लिएको नेपालले पहिलो गोल पेनाल्टी बाट भएको थियो । सोही विषयलाई लिएर खेल सकिएपछि नेपाली खेलाडी र रेप्रिmबिच भनाभन समेत भएको थियो । यसैबिच नेपालका अजित गुरुङ्ग ६० केजी मुनिको बक्सिङ्गको फाइनलमा घरेलु खेलाडीसंग पराजित भएपछि रजतमै चित्त बुझाउन बाध्य भएका छन् । यसैबिच, लक्ष्मण साउदले बक्सिङ्ग तर्फकाश्य पदक जितेका छन् । त्यस्तै आर्चरीको पुरुष टीम इभेन्टमा भुटानलाई पराजित गरेपछि नेपालले काश्य हात पारेको छ । टेबलटेनिस तर्फआज भारतीय खेलाडिसंग पराजित भएपछि मुना बासुकलाले कास्य पदकमा चित्त बुझाएकी छन् । एथलेटिक्समा भने नेपालले आज पदक जित्न सकेन । नेपालले आज सहभागिता जनाएका ६ मध्ये हाइजम्पमा मात्र बालकृष्ण चौधरीले सन्तोषजनक प्रदर्शन गरे उनले चौथो स्थान ओगटेका थिए । सागको अन्तिम दिन नेपालले मंगलाबार म्याराथनमा प्रतिस्पर्धा गर्नेछ । नेपालकातर्फाट राजेन्द्र भण्डारी र अर्जुन बस्नेतले सहभागिता जनाउंदैछन् ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुदमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu