स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

सरकार परिवर्तनमा उच्च स्तरीय संयन्त्र लागेको छ-गच्छेदार

दशरथ घिमिरे लमही २६ माघ

उप-प्रधान एवं भौतिक योजना तथा निर्माण मन्त्रि बिजय कुमार गच्छेदारले तिन ठुला दलको सहभागितामा बनेको उच्च स्तरीय संयन्त्रले समिकरण निर्माण र सत्ता परिवर्तनमा लागेको खुलासा गर्नु भएको छ । संयन्त्र बनेको छ तर सत्ता परीवर्तन र समिकरण निर्माणमा लागेको छ । उहांले मंगलबार लमहीमा देउखुरी विकास निर्माण अभियान समितिले आयोजना गरेको स्वागत तथा भेट घाट कार्यक्रममा यस्तो खुलासा गर्नु भएको हो । यसैगरी उहांले संबिधान निर्माण र शान्ति प्रकृयालाई पुर्णता दिन तिन ठुला दलले विबेक पुर्‍याउने बेला आएको समेत बताउनु भयो ।
संबिधान सभाका तिन ठुला दलले बुद्धि पुगायर देशलाई निकास दिने निर्णय गर्नु पर्ने भनाई उहांको छ । ठुला पार्टिका नेताहरुले विबेक पुर्‍याउने अबस्था आएको छ, उनिहरुले गरेका सहि निर्णयलाई हामिले समर्थन जनाउछौं उहांले भन्नु भयो । सत्ता स्वार्थ भन्दा माथि उठेर संबिधान निर्माण र शान्ति प्रकृयालाई पुर्णता दिन तिन ठुला दल एक हुन सके देशले छिट्टै निकास पाउने आशा ब्यक्त गर्नु भएको छ । सत्ता स्वार्थ भन्दा माथि नउठदा सम्म संबिधान जारी हुन नसक्ने भन्दै उहांले प्रमुख दल एमाले, काङ्ग्रेस र माओबादि सहमतिमा आउनुको विकल्प नरहेको बताउनु भएको छ । सत्ता स्वार्थ भन्दा माथि उठेनन् भने नं संबिधान आउछ न शान्ति प्रकृया निष्कर्षमा पुग्छ उहांले भन्नु भयो ।
संबिधानमा उपेक्षित तराईका आदिवासि, मधेसि, दलित लगाएतलाई समेटेर नबनाईय त्यो संबिधान आफुहरुलाई मान्य नहुने चेतावनि उपप्रधान मन्त्रि गच्छेदारले चेतावनि दिनु भएको छ । यि सबै बिषयलाई संबिधानमा न समेटिय संबिधान नबन्ने उहांले चेतावनि दिदै भन्नु भयो । संबिधान लेखन र शान्ति प्रकृयालाई पुर्णता दिन दलहरुको एक मात्र ऐजेण्डा बन्नु पर्ने भन्दै आफुहरुलाई सत्ता चलाउन नभई संबिधान बनाउन जनता चुनेर पठाएको स्मरण गर्नु भयो । हाम्रो प्रमुख कार्य संबिधान लेख्ने हो तर सरकार बनाउने र भत्काउने खेलमा तिन ठुला दल लागेको आरोप उहांको छ । राष्ट्रिय अखण्डता लाई बचाउन आफु पार्टिको स्वार्थ भन्दा माथि उठेर निर्णय गर्ने दाबि गर्नु हुदै संबिधान लेखनको कार्यलाई छाडेर कहि कतै बिचलन नहुने बिश्वास ब्यक्त गर्नु भएको छ । यसै बिच मन्त्रि गच्छेदारले एकिकृत माओबादिका कृयाकला सच्चिनु पर्ने बताउनु भयो । माओबादिले बिगमा भएका सहमतिको अक्षरस पालना गर्दै शान्ति प्रकृया लाई पुर्णता दिन र संबिधान निर्माणमा लाग्न उहांले आग्रह गर्नु भएको छ । माओबादिले संबिधान सभाको निर्वाचन बाट पाएको स्थानलाई पहिल्यायर घमण्ड बस्न नहुने उल्लेख गर्दै बिगतका सहमति पालना गर्दै अगाडि बढन अनुरोध गर्नु भएको छ । माओबादिले ईमानदारीताका साथ सहमति पालना गर्नु पर्छ र आफ्ना कृयाकलाप सच्चाउनु पर्छ उहांले भन्नु भयो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीतिमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu