स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

अपांग अर्जुनको दैनिकी नै बेग्लै

बिहान देखि साँझसम्म काममै व्यस्त

यज्ञमूर्ति तिमिल्सिना/पाल्पा २७ माघ

बिहानीको मिर्मिरे घाममा तानसेनको नारायणस्थान मन्दिरको घण्टी बजेपछि अर्जुन विकको दिनचर्या सुरु हुन्छ । दिनभरीमा ३ ठाउँमा काम गरेर भ्याउँछन्, उनी ।
आजभन्दा २८ वर्षअघि बाल्लुंगको बोवाङ गाविस-८ मा जन्मिएका अर्जुन शारीरिक अपांग हुन्, उनको देब्रे खुट्टा छैन । ६-७ वर्षको उमेरमा सर्पले टोकेपछि उपचारको क्रममा उनको खुट्टा काट्नुपरेको हो । त्यसपछि अपांग जीवन बिताउँदै आएका उनी एक वर्षअघि तानसेन आएका हुन् ।
अर्जुन बिहान उठ्नेबित्तिकै असनटोलको एउटा रेष्टुरेण्टमा भाँडा धुन पुग्छन्, ९ बजेपछि सिल्खानटोलस्थित अर्को रेष्टुरेण्टमा जान्छन् । १२ बजेपछि तानसेनका विभिन्न निर्माण स्थलहरुमा ट्रक, ट्रयाक्टरबाट सामान अनलोड गर्ने काम सुरु हुन्छ र साँझसम्म चल्छ । यति धेरै काम गर्दा गाह्रो हुँदैन ? भन्ने प्रश्नमा उनले भने 'अब त बानी लागिसक्यो ।’ बाबुले दुईवटी श्रीमती बिहे गरेर कान्छीआमासाग छुट्टै बस्न थालेपछि उनका दुःखका दिन सुरु भएका हुन् । आमाले दिनभर काम गरेर उनी र भाइलाई पाल्नुपर्ने बाध्यता भएपछि उनी विद्यालय जान छोडेका हुन् । 'खर्चले नै नपुग्ने भएपछि छोड्नै पर्‍यो’ उनले भने 'कापी, कलमबिना स्कुल जान भएन क्यारे ।’ अर्जुनले दुई कक्षासम्म मात्र पढेका छन् ।
अपांगलाई सरकारले भत्ताको व्यवस्था गरेको भएपनि उनले हालसम्म भत्ता पाएका छैनन् । उहीँ गाउँमै छँदा गाविसमा सोधेको मिल्दैन भने’ उनले सोझो पाराले भने तर किन मिल्दैन भनेका हुन् उनलाई थाहा छैन । उनीसाग अपांग परिचय पत्र समेत छैन । 'प्रशासनमा गएको थिएँ’ उनले भने 'तर त्यहाँ कसैलाई परिचय पत्र दिइएकै छैन, दिन मिल्दैन भने ।’ अपांग भएपनि उनी दिनहुँ शारीरिक श्रम गर्छन् । 'बानी भएपछि त त्यति असजिलो हुँदैन’ उनले भने 'आँटनै ठूलो कुरा हो, आँटेपछि सकिन्छ ।’
मुलुकमा अपांगको नाममा करोडौ खर्च हुने गरेको यथार्थ सबैलाई थाहा छ । तर, अर्जुन जस्ता पहुँच नभएकाहरूसम्म त्यो रकम पुग्दैन । धेरैजसो रकम छलफल र गोष्ठीमै सकिने गरेको छ । गोष्ठीबाट बचेको रकम तल जिल्लामा विनियोजित गर्दा पनि पहुँच नभएकाहरूले पाउँदैनन् । कुनै शक्तिको मुख नताकी मुलुकमा सर्वसाधारण जनता भएर जनताको अधिकार कहिले पाइन्छ ? सरोकारवालाहरूसाग प्रश्न गर्नु पर्ने भएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अपांगता सरोकार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ