स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

साउदी अरबको रियादमा नेपाली सांस्कृतिक कार्यक्रम सम्पन्न

पूर्ण बिक पहाडी साउदी अरब २३ फागुन

नेपालबाट आउनुभएका कलाकारहरु इशा आले, देवी घर्ति र जगदिश समालका साथमा साउदी अरबको रियाद क्षेत्रकास्थानीय कलाकारहरु समेतको संयुक्त प्रस्तुती रहेको नेपाली सांस्कृतिक कार्यक्रम ५ मार्चको बेलुका १० वजे रियादमासम्पन्न भएको छ । प्रबासमा पनि आफ्नो कला, भेष भुषा, संस्कृति र सभ्यता जोगाई राख्न तथा एउटा पनि पब्लिकसिनेमा हल नभएको यस साउदी अरबका तमाम श्रमजिबी नेपालीहरुलाई केहि घण्टा मनोरंजन दिन सफल योसांस्कृतिक कार्यक्रमलाई प्रबासी लांघाली मगर संघ साउदी अरबले २७औं मगर दिवस तथा फागु पूर्णिमाको अवसरपारेर दमाम र रियादमा आयोजना गरेको हो । राजदुत श्री हमिद अन्सारीको प्रमुख आतिथ्मा तथा आयोजकप्रबासी लांघाली मगर संघका सभापति बिष्णु थापाको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाहरुका अग्रज महानुभावहरु, बुद्धिजिबी, ब्यापारी, पत्रकारका अतिरिक्त केहि साउदीहरु पनि अतिथिका रूपमाआशिन थिए।
कृणा शर्मा सुवेदीलाई एन आर एन साउदी अरब सस्थापक भनेर आतिथ्यमा बोलाईको थियो । दर्शक धेरै भएकोकारण हल परिवर्तन गरिएको थियो १२ सय क्षमता रहेको हलमा नेपाली दर्शकहरुले भरिएको थियो जसमा महिलादर्शकहरुको पनि उल्लेख्य उपस्थिति देखिन्थ्यो ।
ईशा आलेको आँफ्नै उद्घोषण तथा संचालनमा अघि बढेको यस सांगीतिक माहोलमा उनको आफ्नै एकल न्रित्यकार्यक्रमका आकर्षक प्रस्तुती बनेका थिए भने लोक गायिका देवी घर्ति तथा आधुनिक गायक जगदिश समालकासुरिला गीतहरुले पनि दर्शकहरुलाई मुग्ध मात्रै पारेनन धेरैलाई आ आफ्नो सिटबाट उठेर नचाए पनि । कार्यक्रमकोतेत्तिकै महत्वपुर्ण र गर्ब गर्न लायकको अर्को पक्ष स्थानीय कलाकारहरुको प्रस्तुती पनि थियो ।
साउदी अरबमा रहनुभएका सुस्थापित राष्ट्रिय गायकद्वय तिलक गुरुंगले आ आफ्नै एल्बमबाट गीतहरु प्रस्तुत गर्नुभयो । सुपरिचित गायकद्वय बिज्ञान राई र नागेश तामांगले सुमधुर र स्तरीय गीतहरुले साउदी अरबमा पनि गायककलाकारहरुको कमि छैन भन्ने अनुभूति गराएका थिए । यस अघिका कार्यक्रमहरुमा घिन घिनको गीतमा मात्रैनाच्दै आएका बाल कलाकार आदित्य सुनारीले यसपाला भने नयाँ गीतमा नाचेर आँफु अन्य गीतहरुमा पनि तेत्तिकैबेजोड नृत्य प्रस्तुती दिन सक्ने प्रमाणित गरे ।
सांस्कृतिक कार्यक्रम भएकाले भाषण तथा मन्तब्यलाई सिमित राखिएको थियो । बक्ताहरुमा प्रमुख अतिथि हमिदअन्सारी, मिनिस्टर काउनसुलर पारस घिमिरे , मगर संघका अध्यक्ष बिष्णु थापा, उपाध्यक्ष जीवन थापा र एन आरएन ए आइ सी सी सदस्या राम बेलवासे, विषेश अथिती जनजाति महासंघका अध्यक्ष होम सुनारी मगर, दुताबासकाप्रथम सचिब खडग् दाहाल, जनप्रगतीशिल मंचका का वा अध्यक्ष श्री गिरी राज न्यौपाने, हुनुहुन्थ्यो ।
युनिटी लाईफ क्नफिडेन्स गुरुपका रोयलटी होलडर रबिन्द्र खडका, चिरन जिवी अर्याल, शिशिर पाण्डे, द्धाराकलाकारहरुलाई आजिवन स्वास्थ्य सुविधा उपहार स्वरुप प्रदान गर्यो । कार्यक्रममा कुमारी फेन्सीका प्रो स् श्री सनपुनले भाग्य चिठ्ठा मार्फत उपस्थित दर्शकहरुलाई उपहार प्रदान गर्नु भयो । विभिन्न बैक, सहकारी,बहराईनएयरलाईन्सले कार्यक्रमा प्रयोजन गरेका थिए । कार्यक्रममा होम सुनारी मगर द्धारा जनजाती महासंघ फन्टकोलागी ५० हजार तथा छोटु थापा मगर द्धारा २५ हजार जम्म गर्नु भएको थियो ।
कार्यक्रमको अर्को महत्वपुर्ण पक्ष यो थियो कि यसपाला आयोजकले सम्भवतस् जनमतलाई बुझेरै होला, यस अघिकायस्तै कार्यक्रमका तुलनामा टिकट दर निकै कम निर्धारण गरेको थियो, दर्शकहरुको लागी खानाको ब्यवस्था नेपालीहोटलका प्रो श्री कृष्ण थापा मगरले प्रायोजन गरेका थिए । ५० रियालको टिकटमा खाना र यातायातको ब्यवस्थाथियो,प्राबिधिक पक्ष पनि निकै सुधारिएको देखियो । कार्यक्रममा विभिन्न स्थानबाट सहयोग गर्नुहुने महानुभाव हरुलाईसम्मान र प्रशंसा पत्र प्रदान गरिएको थियो । समग्रमा यो कार्यक्रमलाई सफल नै मान्नु पर्दछ,यस्ता कार्यक्रम साउदीअरबमा पहिला पनी भएका थिए, तर यस्तो किसिमको ब्यवस्था थिएन ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


प्रवास - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ