स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

रकम अभावमा सुरुङ कोठामा ताला

कपिलवस्तु, २८ फागुन (दैनिकी)

कपिलवस्तु कारगारबाट सुरुङ खनेर बन्दी फरार भएको दुई महिना बित्न लाग्दासमेत सुरुङ पुर्न कारागार प्रशासनले चासो देखाएको छैन। रकम अभावमा सुरुङ कोठामा ताला लगाएर राखिएको छ। एक्काइस फुट लामो र दुईदेखि अढाइ फुटसम्म चौडाइमा सीमित सुरुङ पुर्न र कारागार मर्मत गर्न गृह मन्त्रालयसँग करिब रु. ६ लाख बजेट माग गरे पनि रकम निकासा हुन नसकेपछि सुरुङ पुर्न नसकिएको बताइएको छ।
गत माघ १ गते राति सुरुङ खनेर बन्दी फरार भएको ७ नम्बरको कोठामा आरसिसी ढलान गर्न रु. १ लाख भन्दाबढी रकम आवश्यक पर्ने कारागारका जेलर ईन्द्रमणि भुसालले बताए। कारागारको कोठाका ढोका, पर्खाल मर्मत र चारैतिर सुरक्षात्मक काँडेतार राख्नका लागि माघ महिनामै जिल्ला प्रशासन कार्यालयमार्फत रकम माग गरे पनि अझैसम्म नआएको भुसालले बताए। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद घिमिरेले रकम निकासाका लागि आफूले प्रयास गरे पनि अझै आउन नसकेको बताए। कारागारबाट बन्दी भागेको प्रकरणमा १४ सुरक्षाकर्मी, जेलर र पियन गरी १६ जना निलम्बनमा परेका र उनीहरूको मुद्दा जिल्ला अदालतमा चलिरहेको छ। उनीहरू सबैलाई अहिले धरौटी र साधारण तारेकमा छाडिएको छ। सुरुङ खनेर फरार भएका सात कैदीमध्ये प्रभुप्रसाद तेलीमात्र पक्राउ परेका छन्। रासस





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ