स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

बन्दले सर्वसाधारणलाई सास्ती

काठमाडौं, १ चैत (दैनिकी)

थारु कल्याणकारी सभासहितका विभिन्न आठवटा थारु सङ्गठनले आह्वान गरेको तराई बन्दका कारण तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ।
कपिलवस्तुः– विगतमा सरकारसँग भएको छ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै थारु कल्याणकारीसभासहितका आठ थारूसङ्गठनले आइतबार आह्वान गरेको बन्द कारण सदरमुकाम तौलिहवा, प्रमुख व्यापारिक केन्द्र कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गेको जनजीवन प्रभावित भएको छ।
बन्दले सदरमुकाम तौलिहवाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारीसाधन चल्नसकेका छैनन्। बन्दकर्ता बिहानैदेखि सडकमा उत्रिएका कारण कलकारखाना, शिक्षणसस्था, यातायात पूर्णरुपमा ठप्प छ।
धनगढी : – तराई बन्दका कारण कैलालीको जनजीवन पनि प्रभावित भएको छ। बन्दले उद्योग व्यवसाय, यातायातलगायत कलकारखाना बन्द भएका छन्। एक मधेस, एक प्रदेशको विरोध गर्दै बहुप्रदेशको मागसहित थारु सङ्गठनहरुले तराई बन्दका आह्वान गरेका हुन्।
बुटवलः– बन्दका कारण रुपन्देहीका मुख्यबजार बुटवल तथा भैरहवालगायत ग्रामीण क्षेत्रका बजारमा समेत प्रभाव परेको छ। बन्दमा बुटवलका व्यापारिक क्षेत्रमा खासै प्रभाव नपरे पनि कलकारखाना शिक्षण संस्था पूर्णरुपमा बन्द भएका छन्। बुटवलमा लामो दूरीका सवारीसाधन सञ्चालन नभए पनि बजारक्षेत्रमा फाट्टफुट्ट गाडी चलेका छन् ।

यसैबीच हेटौँडाबाट प्राप्त समाचारअनुसार ताम्सालिङ नेपाल राटि्रय पार्टीले आह्वान गरेको बन्दका कारण आइतबार मकवानपुरको जनजीवन अस्तव्यस्त भएको छ।
बन्दका कारण हेटौँडामा कुनै पनि सवारीसाधन सञ्चालन भएनन् भने उद्योग, कलकारखाना, शैक्षिक संस्थासमेत बन्द रहे। निजी तथा आवासीय विद्यालय एसोसिएसनद्वारा सञ्चालित कक्षा ८ को जिल्लास्तरीय परीक्षासमेत आइतबार स्थगित गरेको छ। त्यसैगरी आसपासका पालुङ, वज्रवाराही, मनहरि, फापरबारी बजार पनि बन्द छन्।
धादिङः– ताम्सालिङका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै पूर्व–पश्चिम राजमार्गको थाक्रे गाविस–३ महादेवबँेसीमा आइतबार बिहान कान्तिपुर दैनिक पत्रिका जलाइका छन्। यसैबीच यातायात बन्द खुलाउन प्रहरीले बल प्रयोग गर्दा महादेवबेँसीमा झडप भएको छ। झडपमा दुई प्रहरी घाइते भएका छन्।
बन्दकर्ताले बा.१प ७१० न को पर्यटक गाडीसहित चारवटा गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ। बाटो खुलाउनेक्रममा यातायात बन्द गराउने सातजना तामसालिङ कार्यकर्तालाई पक्राउ गरिएको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ