स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

रिमको कालोबजारी-अवैध रिम प्रहरीद्वारा बरामद

उदयपुर २ फागुन दैनिकी)

गाईघाट बजारमा नेपाल टेलिकमद्वारा वितरित स्काई मोबाइल रिमको कालोबजारीमा वृद्धि भएको छ ।रिमको अभाव भएकै बेला प्रहरीले केही दिनअघि गोप्य सूचनाको आधारमा जगदीश शाह इलेक्ट्रोनिक्स पसलमा छापा मार्दा पसलबाट २५ थान रिम बरामद गरेको हो । प्रहरी नायव निरीक्षक पाण्डव राजवंशीको नेतृत्वमा गएको प्रहरी टोलीले पसलका सञ्चालक जगदीश शाहले रिम बिक्री गर्न राखेको अवस्थामा पक्राउ गरेको हो । प्रनानि राजवंशीका अनुसार शाहले राजविराजबाट रु.एक हजार १३५ का दरले खरिद गरी ल्याएर गाईघाटमा रु.दूइ हजार २३५ का दरले बिक्री गरेको र्सवसाधारणबाट गुनासो आएपछि छापामार्दा सो परिमाणको रिम फेला परेको हो । सञ्चालक शाहले भने टेलिकमको कार्यालय राजविराजबाटै आफूले रु.एक हजार ४०० तिरेर ल्याएको र पसलबाट रु.एक हजार ८०० को दरले बिक्री गर्नेगरेको बताए ।
प्रनानि राजवंशीले सो परिमाणको रिम फेला परेको स्वीकार गरेपनि रिम नम्बर भने बताउन चाहेनन् । नेपाल टेलिकम उदयपुर शाखाका निमित्त कार्यालय प्रमुख बद्री बस्नेतले भने रिम नम्बर नहेरी सो रिम कहाँबाट ल्याइएको भन्ने कुरा आफूहरुलाई थाहा नहुने बताए । उदयपुरमा लामो समयदेखि नेपाल टेलिकमद्वारा वितरित स्काई मोबाइलको रिम अभाव भइरहँदा टेलिकम कर्मचारीले मोटो कमिसन लिएर व्यापारीलाई रिम दिने र टेलिकमले रिम लिन आउने ग्राहकहरुलाई रित्तो हात फर्काउने गरेको गुनासो छ ।व्यापारीहरुले काठमाडौँ, विराटनगर, सप्तरी र सिरहाबाट प्रशस्त रिम ल्याउने र रिम अभावको मौका छोपी चार गुणा बढी मूल्यमा बिक्री गर्नेगरेको स्थानीयवासी रिता मगरले आरोप लगाइन् । नेपाल टेलिकम, उदयपुर शाखाबाट वितरित रिम खोटाङ, ओखलढुङ्गा, भोजपुर र सोलुखुम्बु जिल्लामा कालोबजारीमा बिक्री भइरहेको पाइएको छ । खोटाङ लफ्याङ्की कविता र्राईले उदयपुर शाखाबाट वितरित ९७४३०३९४३५ नं.को एक थान रिमलाई चारहजार रुपैयाँमा खोटाङ सदरमुकाम दिक्तेल बजारको एक व्यक्तिबाट खरिद गरेको बताइन् । अझै पनि बजारका केही ठाउँहरुमा यस्ता अवैध रिमहरु बिक्री गर्ने गरेकाले केही दिनयता इलोक्ट्रोनिक्स पसलहरुमा छापा मार्ने योजना रहेको प्रहरीले जनाएको छ । रासस





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ