स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

बिराट क्याम्पसलाई महेन्द्र मोरङ क्याम्पसले पराजित

पुष्पराज थपलिया विराटनगर, २ चैत

नेपाल विद्यार्थी संघ इकाई समिति पुसेट क्याम्पसको आयोजनामा विराटनगरको शहिद मैदानमा सञ्चालित टि-२० अन्तरकलेज क्रिकेट रनिङ कप प्रतियोगिताको सोमवार सम्पन्न फाइनल खेलमा महेन्द्र मोरङ क्याम्पसले बिराट क्याम्पसलाई ७ विकेटले पराजित गरी उपाधी हात पारेको छ । टस जितेर व्याटिङ गरेको बिराट क्याम्पसले १९ दशमलब ५ वलमा सबै विकेट गुमाई ८८ रन बनाएको थियो । जसमा रवि पोद्दारले २५ रन र नन्दकिशोरले १५ रनको योगदान दिएका थिए । मोरङका आशिष लामाले ३ ओभरमा १३ रन दिएर ४ विकेट, अनुपमकुमारले २ विकेट तथा अमर सिंह र सुरेन्द्र साहले १-१ विकेट लिएका थिए ।
जवाफमा ८९ रनको विजयी लक्ष्य पछ्याएको महेन्द्र मोरङले १६ दशमलब ३ वलमा ३ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । जसमा जितेन्द्र यादवले नटआउट ४३ रन र आशिष लामाले २५ रनको योगदान दिएका थिए । बिराट क्याम्पसका सिद्धिचरण उप्रेतीले २ विकेट र सुमितकुमारले १ विकेट लिएका थिए । मोरङ क्याम्पसका अलराउण्डर खेलाडी आशिष लामा फाइनल खेलको म्यान अफ दी फाइनल घोषित भए ।
त्यसैगरी, आशिष लामा म्यान अफ द सिरिज, युनिभ कलेजका निरज यादव उत्कृष्ट वलर र महेन्द्र मोरङका जितेन्द्र यादव उत्कृष्ट ब्याट्समैन घोषित भए । फागुन २५ गतेदेखि सञ्चालन भएको सो प्रतियोगितामा विराटनगरभरीका नीजि तथा सरकारी गरी १२ कलेजको क्रिकेट टिमको सहभागिता रहेको थियो । विजयी तथा अन्य खेलाडीहरुलाई प्रमुख अतिथी पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.रामावतार यादव, विशिष्ट अतिथी पुर्वाञ्चल क्षेत्रीय क्रिकेट विकास समितिका सदस्य नन्दकिशोर राठी र नेपाली काँग्रेस मोरङका सदस्य रञ्जन थापा लगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ