स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

प्रश्नपत्र ´आउट´ भएपछि छात्रछात्रा तथा अभिभावकहरु अन्योलमा

धनगढी, ३ चैत (दैनिकी)

कैलाली जिल्लामा हाल सञ्चालनमा रहेको कक्षा आठको जिल्लास्तरीय बोर्ड परीक्षामा कतिपय विषयका प्रश्नपत्र 'आउट' भएपछि छात्रछात्रा तथा अभिभावकहरु अन्यालमा परेका छन् । निकै मेहेनत गरेर बोर्ड परीक्षा दिन तयारी गरिरहेका छात्रछात्रा परीक्षा सञ्चालन नहुँदै प्रश्नपत्र यत्रतत्र र्सार्वजनिक भएको देखिएपछि अन्योलमा परेका हुन् ।
धनगढी नगरक्षेत्रका कतिपय ठाउँमा विभिन्न विषयका प्रश्नपत्र रु. ५० देखि १०० सम्ममा खरिद-बिक्रीसमेत भइरहेको एक शिक्षकले बताए । प्रश्नपत्र र्सार्वजनिक भएको र बिक्री भएको घटनासँगै कक्षा आठको बोर्ड परीक्षाको मर्यादामाथि नै प्रश्न उठाउन थालिएको छ । जिल्लास्तरीय बोर्ड परीक्षामा मर्यादाविपरीत कार्य हुनुमा प्रश्नपत्र निर्माणकर्ता र शिक्षा कार्यालय मुख्य जिम्मेवार भएको अभिभावकहरु बताउँछन् ।
परीक्षा सञ्चालन पुर्व प्रश्नपत्र र्सार्वजनिक भएको घटनापछि जिल्ला शिक्षा कार्यालयको एक टोलीले नगरक्षेत्रका विद्यालयहरुमा अनुगमन र छानबिन सोमबार सुरु गरेको छ । अनुगमन र छानबिनमा खटिएका शिक्षा कार्यालयका वसन्त खत्रीले आज सञ्चालन हुने विज्ञान विषयको प्रश्नपत्र -हस्तलिखित) फेला परेकाले आजको परीक्षा रद्द गर्न भनिसकेको बताउनुभयो । गत फागुन २७ देखि कैलालीमा आठ कक्षाको बोर्ड परीक्षा सुरु भएको हो । यो परीक्षामा जिल्लाभरिका २८४ विद्यालयका छात्रछात्रा सहभागी छन् ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ