स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

एसएलसी चैत १२ बाट/परीक्षामा कडाइ हुने

कान्तिपुरबाट

काठमाडौं, चैत्र ३

- परीक्षा नियन्त्रण कार्यालयले यो वर्षदेखि एसएलसी परीक्षामा अनियमिता गर्ने र गराउनेलाई कडा कारबाही गर्ने भएको छ । परीक्षामा अनियमिता गर्नेलाई हदैसम्मको कारबाही तथा गराउनेलाई छ महिना जेल र एक लाख रुपैयाँसम्म जरिवाना गरिनेछ ।

चैत १२ देखि २० गतेसम्म हुने परीक्षामा नियमित र एक्जाम्टेड गरी ४ लाख ६६ हजार ३ सय परीक्षार्थी सहभागी हुनेछन् । एसएलसी परीक्षाको ७६ वर्षे इतिहासमा सबैभन्दा बढी विद्यार्थी संख्या हो । त्यसका निम्ति १५ सय ५० परीक्षा केन्द्र विस्तार गरिएका छन् । परीक्षामा सबैभन्दा बढी काठमाडौंबाट ३२ हजार ७ सय ३९ र सबैभन्दा कम मनाङबाट ९५ परीक्षार्थी सहभागी हुनेछन् ।

विगतमा विद्यार्थीलाई 'चिट चोर्ने र चोराउने' कार्यले प्रश्रय पाएकाले यो वर्ष कडाइ गरिएको परीक्षा नियन्त्रक चित्रप्रसाद देवकोटाले जनाएका छन् ।

'यस वर्षको एसएलसी परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित रुपमा संचालन गर्न सबैमा अनुरोध गरिएको छ', मंगलबार शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा देवकोटाले भने, 'परीक्षा संचालन अवधिमा अनुगमनको क्रममा अनियमितता देखिएका दोषीमाथि नियमानुसार कडा कारबाही गरिनेछ ।'

शिक्षामन्त्रीको अध्यक्षतामा सम्पन्न सुरक्षा समितिको बैठकले सबै अञ्चलमा सहसचिवको संयोजकत्वमा उच्चस्तरीय अनुगमन टोली खटाउने इनेसमेत जनाएका छन् । मन्त्रालयले सबै जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहेका एसएलसी परीक्षा समन्वय समितिलाई कडाइ गर्न निर्देशन दिइसकेको छ । यसैगरी हरेक केन्द्रमा राजनीतिक दल, पेशागत संघसंगठन, अभिभावक संलग्न परीक्षा सहयोग समिति गठन गर्नसमेत भनेको छ ।

'अनुगमनको क्रममा परीक्षाको मर्यादाविपरीत कार्य गर्ने जोकोहीलाई शिक्षा ऐन तथा नियमावलीअनुसार कडा कारबाही गरिनेछ', नियन्त्रकले विज्ञप्तिमा भनेका छन्, 'यस्तो कार्य गरेको पाइएमा परीक्षा केन्द्र वा परीक्षार्थीको परीक्षा रद्ध गर्न सकिनेछ ।'

परीक्षामा आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका सामग्री सबै जिल्लामा पुर्‍याइसकेको नियन्त्रकले जनाएका छन् । यसैगरी केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीलगायतलाई अभिमुखिकरण तालिम दिएर तैनाथ राखेको नियन्त्रण कार्यालयले जनाएको छ ।

शिक्षा राज्यमन्त्री गोविन्द चौधरीले परीक्षालाई सफल रुपमा सम्पन्न गर्न परीक्षा अवधिमा बन्द, हडताललगायत अवरोधका कार्य नगरी सहयोग पुर्‍याउन सबै पक्षसित अनुरोध गरेका छन् । शिक्षा सचिव डा.रामस्वरुप सिन्हाले परीक्षाको आचारसंहितालाई पालना गर्न सबैसित आग्रह गरेका छन् ।

अपाङ्गतालाई थप समय

अपाङ्गताको प्रकृतिअनुसार त्यस्ता परीक्षार्थीले परीक्षामा एक घण्टा थप समय पाउनेछन् । दृष्टिहीन परीक्षार्थीले आठ कक्षा पढ्दै गरेकालाई लेखकका रुपमा सहायक पाउनेछन् ।

नियम मिच्नेलाई कारबाही

परीक्षा नियन्त्रण कार्यालयले बारा जिल्लाका १५ विद्यार्थीको एसएलसी आवेदन फाराम रद्द गरेको जनाएको छ । यसैगरी नियम विपरीत फराम भराउने विद्यालयका प्रधानाध्यापक र शिक्षा कार्यालयका कर्मचारीसमेतलाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ । मकवानपुरका ती विद्यार्थीले नियमविपरीत 'चिट चोर्न पाउने' प्रलोभनमा परी बारा पुर्‍याइएको र म्याद गुज्रिसकेपछि आवेदन भराइएको प्रमाणित भएपछि कारबाही गरिएको नियन्त्रक देवकोटाले जनाएका छन् ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


आजका पत्रपत्रिकाबाट - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ