स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

नेपालको शैक्षिक स्थिति र व्यवस्थापको शिक्षाको महत्व

उच्च अङ्क ल्याएका विद्यार्थी पहिलो रोजाइ मानविकी तथा समाजशास्त्र, दोश्रो रोजाइ व्यवस्थापन र तेश्रो रोजाइ विज्ञान हुनुपर्दछ । नर बहादुर विष्ट

काठमाडौं,(दैनिकी)

नेपालको शैक्षिक स्थिति र व्यवस्थापको शिक्षाको महत्व बारेमा ग्लोबल कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल नर बहादुर विष्टसंग लिर्इएको अर्न्तवार्ता

नेपालको शैक्षिक परिवेशलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
नेपालको शैक्षिक परिवेशलाई दुर्इ तरिकाले विश्लेषण गर्न सकिन्छ । सरकारको नीति तथा योजनाको आधारमा र शैक्षिक गुणस्तरको आधारमा । शिक्षा देशको सबैभन्दा बलियो आधारभूत आवश्यकता हो । शिक्षामा गरेको लगानी मानव स्रोतमा गरेको लगानी हो । कुनै पनि उत्पादन प्रक्रियामा मानव स्रोत अभिन्न र अत्यावश्यक अंग भएकोले यसले देशको र्सवाङ्गिण विकासमा ठूलो टेवा पुर्‍याउँदछ । तर सरकारले अन्य क्षेत्र भन्दा शिक्षामा गरेको लगानी अलिबढी जस्तो देखिए पनि यो पर्याप्त छैन । यो अतिनै प्रतिफल मूलक र उत्पादकत्व बढाउने लगानी हो । यसमा लगानी गर्न सरकारले कन्जुर्साई कुनै पनि हालतमा गर्नुहुदैन ।

अर्को कुरा देशमा मुख्यतः दुर्इ खालको शैक्षिक संस्थाहरू रहेका छन् । एकथरी सरकारी तथा सामुदायिक पहलमा सञ्चालित र अर्को थरी नीजि तहमा सञ्चालित । सरकारी तथा सामुदायिक शैक्षिक संस्थाहरूको पूर्वाधार मानव स्रोत, सामाजिक सद्भाव र सहयोग निकै बलियो भएतापनि त्यसको कुशल व्यवस्थापन र स्रोतको सही सदुपयोग नभएको कारण तथा राजनैतिक गतिविधि व्यापक भएको कारण गुणस्तर अति नै न्यून हुन पुगेको छ । अर्को तिर नीजि पहलमा सञ्चालित शैक्षिक संस्थाहरूको शैक्षिक गुणस्तर अति नै राम्रो छ र सीमित साधनको पूर्ण सदुपयोग भएको देखिन्छ । अझ कतिपय नीजि क्षेत्रमा सञ्चालित शैक्षिक संस्थाहरूले अन्तराष्ट्रिय स्तरसंग प्रतिस्पर्धा गर्न सक्षम भर्इसकेको छ। यसले गर्दा शिक्षा क्षेत्रमा विदेशिएको पूँजीलाई देश भित्र नै राख्न मध्दत पुग्ने भएको छ ।

नीजि क्षेत्रका शैक्षिक संस्थाहरूको भविष्य कस्तो देख्नुहुन्छ ?
निजी क्षेत्रका शिक्षण संस्थाहरूले शिक्षामा व्यापक लगानी गरी उच्च गुणस्तरयुक्त शिक्षा प्रदान गरिरहेका छन् । यी संस्थाहरूले राम्रो गर्दा गर्दै पनि यिनीहरू प्रति सरकार, राजनैतिक संघ-संगठनहरू देखि धेरै जसो समाजिक कार्यकर्ताहरूले नकरात्मक दृष्टिकोण राखेको पाइन्छ । उच्च शैक्षिक शुल्क लिएर सञ्चालकहरू अकुत नाफा कमाउछन् र शिक्षामा व्यापार भईरहेको छ भन्ने व्यापक जनगुनासो रहेको छ । तर यथार्थमा भने त्यो होइन, नीजि शैक्षिक संस्थाहरूको आम्दानीको स्रोत भनेको विद्यार्थी तथा अभिभावकबाट लिने गरेको शैक्षिक शुल्क मात्र हो, जुन उनीहरूले शैक्षिक संस्थाको गुणस्तर हेरेर चित्त बुझार्इमात्र तिर्ने गर्दछ। यसमा सरकार वा अन्य दातृ निकाएको कुनै आर्थिक सहयोग हुदैन। गुणस्तर र सेवा प्रदान गरे अनुसारको शुल्क लिन यी संस्थाहरू स्वतन्त्र रहेमा मात्र शिक्षालार्इ अन्तराष्ट्रिय स्तरसंग प्रतिस्पर्धा गर्ने गरी गुणस्तरयूक्त बनाउन सकिन्छ। तर उच्च शुल्क लिएर सो अनुसारको गुणस्तर तथा सेवा प्रदान नगरी अभिभावक तथा विद्यार्थीको शोषण गर्न नदिने तथा स्वच्छ प्रतिष्पर्धात्मक वातावरण निर्माणका लागि भने सरकार सधै सचेत हुनु पर्दछ ।

यदि नीजी क्षेत्रको शिक्षा क्षेत्रमा संलग्नता आवश्यक हो र यसले पनि शैक्षिक गुणस्तर, पूँजी पलायन र रोजगार सिर्जना गर्न सक्छ भन्ने निश्चित हो भने, हरेक पक्षको यस क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन आवश्यक छ। होइन भने, यी नीजि क्षेत्रमा सञ्चालित शैक्षिक संस्थाहरू बन्द गर्नु पर्दछ र लगानी कर्ताहरूलाई अनिश्चतताको बन्दी बनाउनु हुदैन। यदि सरकारी र नीजि शैक्षिक संस्था एकैपल्ट सञ्चालन गर्ने हो भने सरकारी शैक्षिक संस्थाहरूको पनि गुणस्तर पनि बढाउन जरूरी छ । यी सरकारी शैक्षिक संस्थाहरूको गुणस्तर बढाउने हो भने नीति निर्माता, सरकारी कर्मचारी तथा राजनैतिक दलका मुख्य व्यक्तिहरुले इमान्दारीका साथ आफ्ना छोराछोरी तथा भाई-बहिनीलाई सरकारी शैक्षिक संस्थामा पढाएर उदाहरणीय बन्न सक्नुपर्दछ । नीजि शिक्षण संस्थामा भर्नाको लागि तछाडमछाड गर्ने अनि तिनै शैक्षिक संस्थाको बारेमा नकरात्मक भाषण गरेर हिड्ने प्रवृति राम्रो होइन् ।

व्यवस्थापन विषय अध्ययन किन गर्ने र यसको भविष्य कस्तो छ ?
व्यवस्थापन विषयको विश्वव्यापी लोकप्रियता बढ्दै गएको छ । व्यवस्थापन शिक्षाको ज्ञानबाट नै सीमित साधनको उच्चतम उपयोग हुन्छ र उच्चतम प्रतिफल पाईन्छ । यस विश्वव्यापीकरण र प्रतिष्पर्धी युगमा कुशल व्यवस्थापन विना कुनै देश, संस्था तथा व्यक्तिको विकास तथा प्रगति हुन सक्दैन् । यसको अध्ययनले प्राविधिक मानव स्रोतको समेत समुचित उपभोग गर्न सिकाउँछ । हाल विश्वव्यापी रुपमा नै व्यवस्थापनको ज्ञान भएका व्यक्तिहरूले नै असंख्य अवसरहरू सँगसँगै आम्दानीको पनि अवसर अन्यको भन्दा बढी रहेको देखिन्छ ।

हालका केही वर्ष यता नेपालमा पनि विशिष्ट श्रेणीमा एस.एल.सी. उत्तीर्ण विद्यार्थीहरूको आकर्षण व्यवस्थापन विषयमा बढी रहेको छ । यस बिषयले भविष्यका चार्टर्डड एकाउटेन्ट तथा बढ्दो बैंकिगं सेवा लगायत अन्य व्यवस्थापकीय पदमा कार्यरत रहन सजिलो बनाउने भएबाट विद्यार्थी तथा अभिभावकहरूको रुची यस बिषयमा बढेको पाइन्छ ।

ग्लोबल कलेज अफ म्यानेजमेन्टमा नै किन व्यवस्थापन अध्ययन किन गर्ने ?
· यो व्यवस्थापन संकाय अर्न्तर्गत ±२ देखि स्नातकोत्तर तह सम्म अध्ययन-अध्यापन गर्राईने कलेज हो ।
· यो व्यवस्थापन क्षेत्रका विज्ञ तथा कुशल व्यक्तिहरूको संलग्लनतामा सञ्चालित छ ।
· यहाँका शिक्षकहरू दक्ष, प्रतिष्पर्धी र अनुभवी तथा मिहिनेती छन् ।
· अति नै शान्त, अनुशासित, सौम्य र सालीन सिक्ने र सिकाउने वातावरण छ ।
· यस कलेजले अभिभावक, विद्यार्थी, शिक्षक, व्यवस्थापन तथा अन्य पक्षको निरन्तर प्रयास तथा सहयोगमा विगत वर्षरूमा उच्च मा.वि. तथा विश्वविद्यालयको परीक्षाहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विशेषतः कक्षा ११ र १२ को परीक्षामा व्यवस्थापन संकायमा ९० प्रतिशत भन्दा बढी उत्तीर्ण गराउने एउटा नमुना कलेजको रूपमा पहिचान बनाउन सफल भर्इसकेको छ।
· प्रत्येक वर्ष ५५० जना विद्यार्थी भर्ना लिई उच्च प्रतिशत तथा उच्च अंक ल्याई उतिर्ण गर्न सफल यस कलेजमा सैद्धान्तिक ज्ञानका साथसाथै व्यावहारिक ज्ञान समेत दिईन्छ ।
· यस कलेजबाट उत्तीर्ण गरीसकेका विद्यार्थीहरू उच्च शिक्षाका लागि देश तथा विदेशका प्रतिष्ठित कलेजमा अध्ययन गर्दैछन् र MBS र BBS का विद्यार्थीहरू बैङ्क तथा वित्तिय संस्था, गैहृ-सरकारी संस्था र सरकारी सेवामा अग्र स्थानमा कार्यरत रहेका छन् ।

तपाई हाल एस्.एल्.सी. उतिर्ण विद्यार्थीहरूलाई कुन विषय अध्ययन गर्न सल्लाह दिनुहुन्छ ?
नेपाल एक अल्प विकसित देश हो । यहाँ राजनीतिक, सामाजिक र आर्थिक विकासका साथ-साथै प्रविधिको विकास हुन जरुरी छ । त्यसैले उच्च अङ्क प्राप्त गर्ने, लगनशील र बुद्विमान विद्यार्थीहरूले मानवीकी, राजनीति तथा समाजशास्त्र अध्ययन गर्नुपर्दछ । किनभने देश कता लेजाने भन्ने कुरा एउटा उच्चस्तरीय दिमाग र श्रृजनाबाट हुन्छ । यस्तो श्रृजनात्मक काम र असल नीति निर्माण कुशल, लगनशील र शैक्षिकरुपमा योग्य राजनीतिशास्त्री, समाजशास्त्री र अर्थशास्त्रीहरूले गर्न सक्दछन् । त्यसैले सबैभन्दा उच्च अङ्क ल्याउने विद्यार्थीहरूले सो क्षेत्रमा लाग्नु जरूरी छ । त्यसपछि सृजना गरिएका मार्ग दर्शन तथा नीतिहरू कुशलरुपमा व्यवस्थापन गर्नुपर्दछ । त्यसका लागि व्यवस्थापन शिक्षा र व्यवस्थापन विज्ञहरूको आवश्यकता पर्दछ । त्यसैले दोश्रो अब्बल दर्जाका विद्यार्थीले व्यवस्थापन अध्ययन गर्ने हो । अन्तमा परिणाममुखी सफलताको लागि कुशल प्राविधिज्ञहरूको अति आवश्यक हुन्छ । यी प्राविधिज्ञ मानव श्रोतको उच्चतम उपयोग लागि पनि अशल नीति तथा कुशल व्यवस्थापन नै आवश्यक हुन्छ । त्यसकारण, उच्च अङ्क ल्याएका विद्यार्थी पहिलो रोजाइ मानविकी तथा समाजशास्त्र, दोश्रो रोजाइ व्यवस्थापन र तेश्रो रोजाइ विज्ञान हुनुपर्दछ । तर नेपालमा यसको ठीक उल्टो छ, जुन सुधार्न जरूरी छ ।



सम्बन्धित तस्वीरहरु

  • तस्वीर:
  • तस्वीर:
  • तस्वीर:
  • तस्वीर:




प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


संवाद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ