स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

छोरा अफगानिस्तानमा भएकै थाहा थिएन परिवारलाई

कान्तिपुरबाट

काठमाडौं, (दैनिकी)

छोरो अफगानिस्तानमा होला भनेर सोचेकै थिएनौं, लडाइँमा परेको खबर आएपछि थाहा पायौं ६० वर्षीय किनमाया पुनले रुँदै भनिन्, 'अझै पनि मेरो छोरो फर्केर आउला जस्तो लाग्छ ।' बेलायती सेनामा कार्यरत छोरा अफगानिस्तान गएको घरपरिवारलाई समेत पत्तो नभएको उनले बताइन् । बेलायतबाट खबर आएपछि मात्रै परिवारले थाहा पाएका हुन् ।
तीन दिनअघि अफगानिस्ताको दक्षिणी प्रान्त हेल्मन्डमा मुत्यु भएका ३४ वर्षीय अर्जुन पुर्जापुनकी आमा यतिबेला छोरो गुमाएको पीडाले शोकाकुल बनेकी छन् । पोखरासँगै जोडिएको लामाचौर(२ की पुन छोराको पीडाले एकोहोरो रोएर बसेकी छन् । दुई वर्षदेखि घरमा नआएको जेठो छोराको अनुहार नै नदेखी मुत्युको खबर सुन्दा उनी भक्कानो छाड्छिन् ।

ुअझै पनि झलझली ऊ घर आउलाजस्तो लाग्छ,ु विलौना गर्दै उनले भनिन्, ुतर निष्ठुरी कालले मेरो मुटुको टुक्रा चुँडाएर लग्यो ।ु छोरा गुमाउनुपर्दाको पीडाकै कारण उनी कसैसँग पनि बोल्न सकेकी छैनन् । उनको परिवार मात्रै हैन लामाचौर गाउँ नै शोकमा डुबेको छ ।

सान्त्वना दिन आउनेहरूको भीड घरमा बिहानदेखि रातिसम्म लाग्ने गरेको छ । शोकले गर्दा छिमेकीसमेत मर्माहत बनेका छन् । ुभाइ बेलायतमै छ भन्ने लागेको थियो, घटनापछि मात्रै अफगानिस्तानमा भएको थाहा भयो,ु मृतककी दिदी खिमदेवी पुनले आँसु पुछ्दै भनिन्, ुपापी कालले भाइलाई चुँडाएर लग्यो ।ु

अफगानी आक्रमणमा परेको खबर उनको घरपरिवारले घटना भएकै दिन थाहा पाए पनि कसैले विश्वास भने गरेका थिएनन् । मृतकका बाबु यमबहादुर पुनले बेलायतमा रहेका आफ्ना भाइलाई टेलिफोन गरेपछि मात्रै छोराको मुत्यु भएको विश्वास गरेका थिए । दुई वर्षअघि बेलायत गएपछि अर्जुनले दुईपटक मात्रै घरमा टेलिफोन सम्पर्क गरेका थिए । संस्कार नै लाहुरे हुने भएकाले ऊ सानै उमेरमा भर्ती भयो,ु बाबु यमबहादुरले भने ।

उनका दुई छोरामध्ये अर्जुन जेठा हुन् । भाइ धनकाजी हङकङमा कार्यरत छन् । उनलाई ९ कक्षा पढ्दापढ्दै परिवारले नै लाहुरे बन्न जोड गरेको थियो । श्रीमतीसहित बेलायतमा बस्दै आएका उनका ४ वर्षका छेारा र ९ वर्षकी छोरी

छन् । म्याग्दीको शिख गाउँमा जन्मिएका अर्जुन १६ वर्षअघि बेलायती सैनामा भर्ती भएका थिए ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


आजका पत्रपत्रिकाबाट - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ