स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

दश महिनामा संविधान बन्ने सम्भावना कम छः केसी

दिल्ली २५ जुलाई

देशमा एका तीर २०६२-०६३ को आन्दोलनबाट प्राप्त अधिकार रक्षाको समस्या छ भने अर्को तीर राष्ट्रियताको रक्षाको सवाल पनि कम महत्वपूर्ण छैन । ठूला राजनीतिक पार्टीको अदूरदर्शिताका कारण नेपालको अन्तरिम संविधानमा चोरबाटो बाट संघीय प्रणाली उल्लेखित भयो जसको कारण देश अत्यन्त अप्ठ्यारो अवस्थामा उभिएको छ । राजनैतिक अन्यौल चरममा छन् । राष्ट्र अत्यन्त अप्ठ्यारो अवस्थामा उभिएको परिवेशमा भने देशका ठूला राजनीतिकपार्टी राष्ट्रहितको जिम्मेवारीबाट टाढिंदै व्याक्तिगत स्वार्थ र कार्य साधनमात्रै समिति हुँदै गएका छन् ।
अर्को तीर माओवादीको उत्ताउला क्रियाकलापका अगाडि अन्य राजनीतिक दलहरूको पुच्रलुकाई नितिका कारण कारण पनि देशमा ठूलो मात्रामा अशान्तिको स्थिति सिर्जना हुन पुगेको छ । देशमा अशान्तिको स्थिति बढ्दै जादा राजावादी तथा प्रतिगामी तत्वहरूले हिन्दूराज्य पुनर्स्थापनाको नाममा राजतन्त्रको पुनर्स्थापनाको लागि कसरत गर्दैछन् । यस्तै समयमा भारतस्थित नेपालीहरु बीच गठित संघीयता विरुद्ध संयुक्त मञ्च’को आयोजना सम्पन्न "नेपालमा संघीयता" विषायक विचार गोष्ठी सम्पन्न भएको छ ।
उक्त विचार गोष्ठीमा प्रमुख अतिथि क. चित्रबहादुर केसीले "संघीयता चाहिंदैन, देश टुक्रउन पाईंदैन" यो नाराको शुरुवात मात्रै हामीले गरेका हौं । तर आज यो नारा सिंगो राष्ट्रको भएको छ । जुन व्यक्ति तथा पार्टिहरूले संघीयताको र्समर्थन गरेका छन्, केवल आधा मनले मात्रै गरेका छन्, भन्नुभएको थियो ।
संघीयताले राष्ट्र विखण्डन हुने चिन्ता प्रकटका साथै आम नेपालीहरुलाई संघीयता विरुद्धको आन्दोलनमा आवद्ध हुन आव्हान गर्दै- नेपाली जनताले संघीयतालाई खारेज गर्न सकेन्न भने, संघीयताले नै नेपाललाई खारेज गरिदिने तर्क केसीको थियो ।
वर्तमान राजनीतिक पार्टीको अदूरदर्शिता तथा विदेशी शक्तिहरूको दबाबप्रति टिप्पणी गर्दै- संसारको कुनै पनि देशमा संघीय प्रणाली छरिएर रहेको राष्ट्रहरुलाई एक ठाउ“मा बनाउनको लागि आवश्यक हुन्छ, तर नेपालमा राजनीतिक पर्टीले सिंगो राष्ट्रलाई टुक्रा पार्न संघीयता ल्याउन पर्नेमा जोड दिन्छन् । यसलाई बचाउन देश तथा विदेशमा रहेका सम्पूर्ण सहयोद्धा साथीहरूले सशक्त रुपमा आन्दोलित हुनपर्ने कुरामा वहाले जोड दिनु भएको थियो ।
सीले थपिएको एक वर्षो अवधिमा संविधान नबने कुरालाई आफ्नो परिचित अदामा प्रस्तुत गर्दै "असारको पानीले मकै उम्रिन्न, उम्रे घोंगा हाल्दैन, घोंगा हाले गेडो लाग्दैन्" भने झै थपिएको अवधिमा दुइ महिना सत्ताकै बाडफाड तथा लुछाचुडीमा सिमित रहेको र अबको १० महिनामा संविधान बन्ने सम्भावना कम रहेको जुन समयको वेपर्बाह गर्ने काम ठूला राजनीतिक पार्टिहरुबाट भएको वहांको तुक थियो ।
अर्को वक्ता ने.क.पा मार्क्सवादीका पोलिट व्यूरो सदस्य दिपक भट्टर्राईले- जातीय संघीयताले जातीय विवादको श्रृजना हुन्छ, भन्नुभएको थियो ।
स्वतन्त्र वामपंथी विष्लेषक तथापुव्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टर्राईले- विश्व साम्राज्यवादले सिंगो नेपालमाथि टेकेर चिनमाथि आक्रमण गर्ने योजनाका साथ नेपालमा जातीय संघीयताको विष घोलीदिएको बताउनु भएको थियो ।
कार्यक्रमा अवधारण-पत्र मञ्चका अध्यक्ष मित्रलाल शर्माले प्रस्तुत गर्नुभएको थियो । अवधारण-पत्रमाथि प्रवासी संघ भारतका मदन भारती, पुष्पलाल अध्यायन केन्द्रका कौशल अधिकारी, जन सर्म्पर्क समितिका प्रमोद खरेलले टिप्पणी गर्नुभएको थियो । कार्यक्रम कृष्ण केसीको सञ्चालन, कवि कार्कीको अध्यक्षता र चन्द्रपाल थापाको स्वागत भाषणबाट अगाडि बढेको थियो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ