स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

भुमीगत जलस्रोतको एक करोड बजेट फ्रिज

सञ्जय बिश्वकर्मा बुटवल,१२ साउन

भुमिगत जलश्रोत बिकास समिति बुटवलको करीव एक करोड रुपैया बजेट फ्रिज भएको छ। रुपन्देही, नवलपरासी र कपिलबस्तु गरी तीन जिल्लामा जलश्रोत तथा सिंचाई सम्बन्धी कार्य गर्दै आएको उक्त समितिको समयमा काम सम्पन्न गर्न नसक्दा रकम फ्रिज भएको हो। एसियाली बिकास बैंक(एडिबि)को अनुदानमा सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना अर्न्तगत आएको २ करोड ४४ लाख बजेट मध्ये १ करोड ४७ लाखको मात्र कार्य सम्पन्न हुंदा बांकी ९७ लाख रुपैया फिर्ता भएको हो।
त्यस्तै नेपाल सरकारबाट आएको भुमिगत स्यालो ट्यूवेल सिंचाई आयोजना अर्न्तगत ५ करोड १६ लाख २० हजार रुपैया रकम मध्ये ५ करोड १३ लाख ९७ हजार ३८० रुपैया खर्र्च हुंदा २ लाख २२ हजार ६ सय २० रुपैया र डिप ट्यूवेल सिंचाई आयोजनाको लागि आएको कुल ३ करोड २४ लाख ५५ हजार रकम मध्ये ३ करोड २४ लाख १५ हजार २ सय २० रकम मात्र खर्च हुंदा बांकी ३९ हजार ७ सय ८० रुपैया रकम फ्रिज भएको हो। एशियाली बिकास बैंकको अनुदान र नेपाल सरकारको गरी तीन वटै शिर्षकमा आएको बजेटबाट जम्मा ९९ लाख ६२ हजार ४ सय रुपैया फ्रिज भएको छ।
एशियाली बिकास बैंकको अनुदान अर्न्तगत फ्रिज भएको रकम आगामी आयोजनामा फेरी आउने सम्भावना रहेपनि नेपाल सरकारतर्फ फ्रिज भएको रकम भने नफर्कने निश्चित छ
सिंचाईका लागि बोरिङ गाड्ने क्रममा चट्टानका कारण बोरिङ सम्पन्न नहुंदा र किसानहरुले समयमा धरौटी रकम नबुझाउदा सिंचाइका कामहरु गर्न नपाएकाले उक्त रकम फ्रिज हुन पुगेको कार्यलयका लेखा अधिकृत बिष्णु बहादुर रायमाझीले बताए।
यशियाली बिकास बैकले सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजनाको लागि दिएको २ करोड ४४ लाख बजेट मध्ये नवलपरासी,रुपन्देही,कपिलबस्तु जिल्लामा डिप ट्यूवेल निर्माणमा १ करोड ४७ लाख रुपैया खर्च गरीएको छ।
आयोजना अर्न्तगत नवलपरासीको तम्सरीयामा २ सय हेक्टर क्षेत्रफलमा डिप ट्यूवेल सिंचाई आयोजना तथा ६ वटा सिंचाई प्रणाली निर्माण कार्य गरीएको छ भने सुनवलमा ६ वटा डिप ट्यूवेलमा डिजल प्रणाली बिस्थापन गरी बिद्युतीकरण सहयोग गरीएको छ। रुपन्देहीको सुर्यपुरामा २ सय हेक्टर क्षेत्रफलमा ६७ वटा स्यालो ट्यूवेललाई बिद्युतीकरण सहयोग कार्यक्रम संरचालनमा रहेको छ। त्यस्तै पर्रोहा, सेमलार,क्षेत्रको लागि ४ सय हेक्टर क्षेत्रफलमा १० वटा डिप ट्यूवेल सिंचाई प्रणाली शुरु गरीएको छ।
त्यस्तै नेपाल सरकारको बजेटमा भुमिगत डिप ट्यूवेल सिंचाई आयोजना र अन्वेषणात्मक ट्यूवेल निर्माण कार्यक्रम अर्न्तगत कपिलबस्तुको महाराजगंजमा १ वटा डिप ट्यूवेल निर्माण गरीएको छ। त्यस्तै कपिलबस्तुकै कोपवामा गत साल निर्माण गरीएको डिप ट्यूवेलको प्रणाली निर्माण गरीएको छ। रुपन्देहीको आनन्दवन–१ र करहियामा–९ मा एक–एक वटा डिप ट्यूवेल निर्माण गरीएका छन्। त्यस्तै करहिया गाविस कै ४ र ८ नम्बर वडामा २ वटा पानीको मात्रा जांच्ने अनुसन्धनात्मक ट्यूवेल पनि निर्माण गरीएको छ। करहिया–६ र आनन्दवन–४मा दुईवटा मिडियम ट्यूवेल निर्माण गरीएको छ। त्यस्तै प्रणली बिस्तार अर्न्तगत पर्रोहा गाविसको ३ र ४ वटा वडामा दुईवटा,रुद्रपुरको ७ नम्बर वडामा एक र गजेडी गाविसको ८ नम्बर वडामा १ वटा गरी जम्मा चार वटा प्रणाली बिस्तार गरीएको छ। नवलपरासी जिल्ला अर्न्तगत माकर–७र प्रगतिनगर–४ मा गरी दुईवटा डिप ट्यूवेल निर्माण गरीएको छ भने दिव्यपुरीमा अन्वेषणात्मक ट्यूवेल निर्माण र प्रगतिनगर–४ मा प्रणाली बिस्तार गरीएको छ। भुमिगत स्यालो ट्यूवेल सिंचाई आयोजनाको सुख्खा राहत बिशेष कार्यक्रम अर्न्तगत एक करोडको लगानीमा तीन जिल्लामा २० बिघा क्षेत्रफलमा ५ वटा अफिस निर्माण गरीएका छन्। त्यस्तै भुमिगत स्यालो ट्यूवेल सिंचाई आयोजना अर्न्तगत कपिलबस्तुमा १ सय १०,रुपन्देहीमा १ सय र ,नवलपरासीमा १ सय गरी ३ सय १० वटा स्यालो ट्यूवेल निर्माण गरीएका छन्।
ती कार्य सम्पन्न गर्नका लागि र्कमचारी तलव भत्ता बापत ६९ लाख ७२ हजार ९ सय ८५ रुपैया खर्च भएको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ