स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

प्रधानमन्त्री निर्वाचनमा सघाउन एमालेलाई काँग्रेस उपसभापतिको आग्रह

शसस्त्र हतियारको दम्भमा राजनीति गरिरहेको माओवादीले सरकारको नेतृत्व लिन नहुने

प्रकाश डोटेल स्याङ्जा, १२ साउन

नेपाली काँग्रेसका केन्द्रीय उपसभापति गोपालमान श्रेष्ठले आगामी साउन १७ गते हुने प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बस्दै आएको नेकपा एमालेलाई नेपाली काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन्। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि आँफुहरुले विनासर्त प्रधानमन्त्रीमा समर्थन गरेको स्मरण गर्दै उपसभापति श्रेष्ठले भन्ने– 'दुई पटकसम्मका निर्वाचन असफल भैसकेकोले अब बहुमतिय सरकार बाहेकको विकल्प छैन।'
पश्चिम दक्षिण स्याङ्जाको खिलुङ्देउराली गाविस–९, स्थित नवनिर्मित आयुर्वेदिक औषधालय भवनको आज उद्घाटनका क्रममा उपसभापति श्रेष्ठले मुलुकलाई सही निकास दिनका लागि नेपाली काँग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेललाई मतदान गर्न आग्रह गर्दै अगाडी थपे– 'एमालेले आफुले प्रधानमन्त्रीको निर्वाचनका लागि लिएको रणनीति परिवर्तत गर्दै मुलुकका लागि सही निकास दिन म उहाँहरुलाई आग्रह गर्छु।'
शसस्त्र हतियारको दम्भमा राजनीति गरिरहेको माओवादीले सरकारको नेतृत्व लिन नहुनेतर्फ संकेत गर्दै उपसभापति श्रेष्ठले आगामी प्रधानमन्त्रीको निर्वाचनमा एमालेले तटस्थ बन्ने भनी लिएको नीति परिमार्जन नगरे राष्ट्र र स्वयं एमाले नै दलदलमा फस्ने समेत चेतावनी दिए।
भवन उद्घाटनमा नेपाली काँग्रेसका जिल्ला सभापति खगेन्द्रराज रेग्मी, सहसभापति कमलप्रसाद पंगेनी, एकीकृत माओवादीका गिरिधारीलाल कोइराला, राष्ट्रिय जनशक्ति पार्टीका झविश्वर तिम्सिना, प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओली, भवन निर्माण संयोजक बाबुकाजी श्रेष्ठ, स्थानीय शेरबहादुर राना, कविराज दीनबन्धु मिश्र, खेमराज देबकोटा लगायतका बक्ताहरुले आयुर्वेदिक चिकित्साप्रणाली र जडिबुटीहरुको फाइदाका बारेमा बोलेका थिए।
आयुर्वेदिक कार्यालय स्याङ्जाकी प्रमुख डा.मञ्जु कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। नेपाल सरकारको कूल ७८ लाख ९ हजार छ सय १६ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको खिलुङदेउराली आयुर्वेदिक औषधालयले त्यस क्षेत्रका करिव ५ गाविसलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ