स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

अछाममा एडिएसल सेवा शुरु

शिबराज ढुङ्गाना अछाम, १३ श्रावण

अछामको सदरमुकाम मंगलसैनमा एडिएसएल सेवा विस्तार गरिएको छ । नेपाल टेलीकम दूरसञ्चार कार्यालय अछामले मंगलसैनमा २३ लाइन एडिएसल सेवा उपलब्ध गराएको हो । सो कार्यालयले यसै साता देखी सो सुविधा उपलब्ध गराउन थालेको हो ।
सो सेवा सदरमुकाम मंगलसैन स्थित सरकारी, गैरसरकारी कार्यालय सञ्चार माध्याम र निजी क्षेत्रलाई सो सेवा वितरण गरेको हो । वितरण गरिएका उक्त सेवा जिल्ला प्रशासन कार्यालय, महिला विकास कार्यालय, नेपाली सेनाको रणशेर गण, पशु सेवा कार्यालय, कृषि विकास कार्यालय रहेका छन् ।
जिल्ला स्थित रामारोशन दैनिक लगाएत ३ वटा दैनिक पत्रिका र एक सामुदायिक रेडियोले सो सुविधा पाएको छ । यस्तै नेपाल पत्रकार महासंघ अछाम शाखा, गैरसरकारी संस्थाहरुमा र्‍याप, भिडेक वाड्स नेपाल, लिङ्क हेल्भेटास रहेका छन् । सो एडिएसएल सेवा सुरु भएपछि जिल्लाको सदरमुकाम मंगलसैनमा साइबरको पनि सुविधा हुने भएको छ ।
अछाम जिल्लामा एडिएसएल सेवा विस्तार भएपछि छिटो गतिमार् इन्टरनेट चल्ने भएकोले सबै यसका प्रयोगकर्तालाई निकै नै ठुलो फाइदा हुने भएको छ । उता सिडिएमए प्रविधिबाट जिल्लाका समाचार केन्द्रिय सञ्चार माध्याममा पठाउन र अन्य केन्द्रका समाचार जिल्लाका सञ्चार माध्यामका लागि संकलन गर्न पनि सजिलो भएको रामारोशन दैनिकका सह-सम्पादक नरेश शाहीले बताउनु भयो ।
एडिएसएल सेवा लिनको लागि मंगलसैन क्षेत्रका सरकारी तथा गैर सरकारी क्षेत्रका कार्यालय, संघ संस्था र व्यापारीहरु आँतुर भएपनि सो कार्यालयले हालसम्म यस सेवालाई थप्न भने सकेको छैन । चाँडै नै २५ लाइन भन्दा बढीमा दिने गरि एडिएसएल सेवा थप्न पहल भएको र दूर सञ्चार अछामका कार्यालय प्रमुख क्षेत्रीय कार्यालयमा गईसकेको सो कार्यालयले जनाएको छ ।
केही दिन अघि नेपाल पत्रकार महासंघ अछामको नेतृत्वमा अछामका सञ्चारमाध्यामलाई एडिएसल नछुट्याएको भन्दै पत्रकारहरु उक्त कार्यालयमा धर्ना समेत बसेका थिए । पछि प्रमुख जिल्ला अधिकारी हरि प्रसाद भण्डारीको पहलमा अछामका सञ्चार माध्यामलाई ५ लाइन एडिएसएल सेवा दिईएको थियो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ