स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

इन्टरनेटमा सेवा प्रदायकबीच चर्को प्रतिस्पर्धा

´पाँच वर्षअघि चौबीसै घण्टा इन्टरनेट चलाउँदा महिनाको १० हजार रुपैयाँभन्दा बढी तिर्नुपर्थ्यो तर अहिले एक हजारको हाराहारीमा मात्र तिरे पुग्छ´- इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्कका पवन शाक्य भन्छन्। इन्टरनेट सेवा दिने कम्पनीको संख्या वृद्धिसँगै सेवासमेत सस्तो हुँदै गएको छ। नेपाल टेलिकमले वार्षिक उत्सवको अवसरमा डायलअप इन्टरनेटमा ५० प्रतिशत छुट दिएपछि युनाइटेड टेलिकम लिमिटेड युटिएल ले सिडिएमए डाटा कार्डबाट इन्टरनेट सुरु गरेको छ। युटिएलले महिनामा ५ सय ६५ रुपैयाँ तिरेपछि जतिसुकै समयसम्म पनि चलाउन पाउने योजना अघि सारेको छ। झण्डै एक वर्षअघि नेपाल टेलिकमले तारवाला टेलिफोनबाट एडिएसएल सुरु गरेको थियो। १५६ किलोबाइट प्रतिसेकेण्डको डाटा ट्रान्सफर सेवालाई टेलिकमले करसमेत जोड्दा मासिक १ हजार २९ रुपैयाँमा दिन थालेपछि इन्टरनेट सेवामा प्रतिस्पर्धा सुरु भएको हो। टेलिकमले एडिएसएल भित्राएपछि अरु आइएसपीहरुले मूल्यमा भारी कटौती गरेका छन्। केबुलबाट इन्टरनेट दिइरहेकादेखि लिएर टेलिफोनको डायलअपमार्फत् सेवा दिइरहेका कम्पनीले समेत आफ्ना ग्राहकलाई अन्य कम्पनीले तान्न नसकून् भनेर नयाँ नयाँ योजना ल्याएका छन्। पछिल्लो समयमा युटिएलले ल्याएको ´यु-सिम´ ले इन्टरनेटमा ठूलै तरङ्ग ल्याएको छ। लोडसेडिङले डेक्सटप कम्प्युटरबाट इन्टरनेट चलाउन नपाएकालाई ल्यापटपमार्फत् यु-सिमले इन्टरनेट चलाउन दिएको छ। नेपाल टेलिकमले दुई वर्षअघि यही प्रविधिबाट इन्टरनेट दिन थालेको हो। तर टेलिकमले डाटा प्रयोगअनुसार शुल्क लिने गरेकोमा युटिएलले निकै अघि बढेर मासिक ५ सय ६५ रुपैयाँमा महिनाभरि चलाउन सकिने सुविधा दिएकाले यसको बढ्ता चासो र चर्चा भएको हो। टेलिकमले स्काइडाटा नाम दिएर ल्याएको यो सुविधा प्रयोग गर्दा प्रतिएक सय किलोबाइट बराबर २५ पैसा शुल्क तिर्नुपर्छ। जबकि युटिएललको यु-सिमबाट यस्तै सेवा चौबीसै घण्टा प्रयोग गर्दा ५ सय ६५ रुपैयाँमात्र तिरे पुग्छ। ुयु-सिमबाट इन्टरनेट चलाउँदा ग्राहकले पैसा सकिएला भन्ने चिन्ता गर्नुपर्दैन जहाँ भए पनि चलाउन सक्छन्ु युटिएलका सहायक प्रबन्धक शिक्षित भट्ट भन्छन्। ल्यापटप र डेक्सटप दुवै प्रकारको कम्प्युटरबाट यु-सिमको प्रयोगले इन्टरनेट चलाउन सकिन्छ। ´नेपाली उपभोक्ता दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धिको मारमा परेका छन् तर मूल्यवृद्धि महसुस गर्नु नपरेको एउटै क्षेत्र सूचना प्रविधि हो´- नेपाल टेलिकमका प्रवक्ता सुरेन्द्र थिकेको भनाई छ। एडिएसएल प्रविधि आएपछि डायलअप प्रविधिबाट इन्टरनेट लिने ग्राहक घटेपछि टेलिकमले अहिले भारी छुट दिएको छ। डायलअपको मासिक १ हजार रुपैयाँ तिर्नुपर्नेमा ५ सयमा झारिएको छ। डायलअप चौबीसै घण्टा इन्टरनेट प्रयोग गर्दा तिर्नुपर्ने ५ सय रुपैयाँसमेत महंगो महसुस उपभोक्ताले गरेका छन्। यसमा हरेक ४ मिनेटमा एक कल टेलिफोन बराबरको महसुल तिर्नुपर्ने हुन्छ। तर केबुल एडिएसएल वायरलेस प्रविधिबाट इन्टरनेट प्रयोग गर्दा टेलिफोनको थप महसुल तिर्नुपर्दैन। इन्टरनेट सेवा दिने भनेर स्थापना भएका कम्पनी ३७ वटा छन्। यिनीहरुमध्ये केहीले टेलिफोनमार्फत् डायलअप केबुल र वायरलेस प्रणालीबाट इन्टरनेट सेवा दिइरहेका छन्। अधिकांशले भने डायलअप प्रणालीलाई प्रयोग गरेर ग्राहकलाई इन्टरनेट सेवा दिने गरेका छन्। ग्रामीण क्षेत्रमा भिस्याट प्रविधिमार्फत् टेलिफोन साचालन गर्ने एसटीएम टेलिकमले पनि इन्टरनेट सेवाको लाइसेन्स पाएको छ। एसटिएमले ग्रामीण क्षेत्रका साना बजार क्षेत्रमा सूचना प्रविधि विकास गर्ने लक्ष्य लिएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीका अनुसार करमा सरकारले छुट दिने हो भने उपभोक्ताले अझै सस्तो दरमा इन्टरनेट चलाउन पाउनेछन्। सूचना प्रविधिको आधारस्तम्भ इन्टरनेटमा समेत सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट लगाएको छ। यसलाई कम्पनीहरुले ग्राहकबाट असुल गरिरहेका छन्। ´आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसाचार विकास कोषमा जम्मा गर्नुपर्ने व्यवस्थाले पनि इन्टरनेट सस्तो हुन नसकेको हो´- वल्र्डलिङ्कका शाक्यको भनाई छ। सुबिसु केबलले केही वर्षअघिदेखि एउटै केबुल टिभी र इन्टरनेटसँगै उपलव्ध गराइरहेको छ। एउटै तारबाट केबुल टिभी र इन्टरनेट लिँदा १२८ किलोबाइट प्रतिसेकेण्ड गतिको २ हजार ४ सय रुपैयाँ महसुल लिने गरेको छ। यो तीन महिनाको महसुल हो। प्रतिस्पर्धाले मात्र इन्टरनेट सस्तो भएको भने होइन। विश्वव्यापीरुपमै आएको नयाँ प्रविधिले मूल्य घटाएको हो। पहिले स्याटेलाइटबाट व्याण्डविथ किन्नुपर्ने थियो। अहिले सेवा प्रदायकले अप्टिकल फाइबरबाट विदेशी कम्पनीसँग व्याण्डविथ किनिरहेका छन्। समुद्र हुँदै अप्टिकल फाइबरबाट व्याण्डविथ किन्दा निकै सस्तो पर्छ। अहिले नेपालका धेरै इन्टरनेट सेवा प्रदायक कम्पनीले अप्टिकल फाइबरमार्फत् सामुदि्रक मार्ग हुँदै व्याण्डविथ किनेका छन्। अरु प्रतिस्पर्धी कम्पनीले सस्तोमा इन्टरनेट दिन थालेपछि टेलिकम पनि ग्राहक तान्न ब्यस्त छ। उसले ठूलो परिमाणमा डाटा आदान-प्रदान गर्नुपर्ने व्यक्ति र समूहलाई विशेष किसिमको प्याकेज ल्याउने तयारी गरिरहेको छ।





सम्बन्धित सामग्रीहरु

प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


प्रबिधि - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ