स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

मोबाइलले मानव स्वास्थ्यमा पार्ने असरको अध्ययन हुने

नेपाल दूर सन्चार प्राधिकरणले मोबाइल टेलिफोनले मानिसको स्वास्थमा पार्ने असरको बारेमा अनुसन्धान गर्ने भएको छ। ´अरु देशमा मोबाइलले जनस्वास्थ्यमा पारेको असर बारे अध्ययन भैरहेकोले हामीकहाँ पनि त्यसको बारेमा अनुसन्धान अघि बढाउने निर्णय भएको छ´ - प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने। मोबाइल टेलिफोनमा बिद्युत-चुम्बकीय विकिरण ले मानिसको दिमागमा असर पार्ने प्रतिवेदन केही वर्षअघि बेलायतमा सार्वजनिक गरिएको थियो। काठमाडौंमा अग्ला घरैपिच्छे अव्यबस्थित रुपबाट मोबाइलका टावरहरु राखिन थालेको छ। यस्ता टावरहरुले समेत जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने संभावना रहेका कारण नेपालमा पार्ने असरको बारेमा अनुसन्धान गर्न प्राधिकरणले प्रस्ताव आव्हान गरेको छ। प्राधिकरणले स्वतन्त्र परामर्शदाता मार्फत मोबाइल टेलिफोनले जनस्वास्थ्यमा पार्ने असरको बारेमा अनुसन्धान गर्ने निर्णय गरेको समेत न्यौपानेले जानकारी दिए। प्राधिकरणको तथ्यांक अनुसार नेपालमा मोबाइल टेलिफोनका ग्राहक ४३ लाख पुगेका छन्। बढ्दो ग्राहकसँगै मोबाइल टेलिफोनले यसका प्रयोगकर्तालाई पार्ने असरको बारेमा बास्तबिक जानकारी दिन अनुसन्धान गर्न लागिएको हो। बेलायतमा गरिएको अध्ययनले मोबाइल फोन बढी प्रयोग गर्नेको स्मरण शक्ति घट्ने टाउको दुख्ने क्यान्सर समेत हुनसक्ने पत्ता लागेको छ। सर्टकोअगाडि खल्तीमा मोबाइल राख्दा मुटुमा असर पार्ने समेत अनुसन्धानको क्रममा पत्ता लागेको थियो। बिशेषगरी मुटुमा पेसमेकर राखेका व्यक्तिले अगाडी खल्तीमा मोबाइल फोन राख्न नहुने सुझाव विज्ञको छ।



प्रबिधि - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ