स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

मोबाइल सेट बिक्री घट्यो

उक्त अवधिमा ३१ करोड ४७ लाख ७ हजार नयाँ मोबाइल सेट बिक्री भएको थियो। सन् २००७ सोही अवधिमा ३३ करोड ५४ हजार सेट बिक्री भएको थियो। मोबाइल फोन बढी भएको र भरखरै सेवा सुरु भएका देशमा आर्थिक मन्दीले असर पारेको बताइएको छ। मोबाइल सेट उत्पादन गरेर बेच्ने पाँच ठूला कम्पनीमध्ये सामसुङ बाहेक सबैको बिक्री गतवर्ष अन्तिम तीन महिनामा घटेको छ। उक्त अवधिमा सबैभन्दा धेरै नोकियाको ११ करोड ८७ लाख सेट बिक्री भएको थियो। दोस्रोमा सामसुङका ५ करोड ७५ लाख सेट यस अवधिमा बिक्री भएको थियो। त्यसपछि बढी बिक्री हुनेमा एलजी २ करोड ८१ लाख सोनी एरिक्सन २ करोड ३५ लाख मोटोरोला २ करोड १७ लाख छन्। यी कम्पनीपछि तुलनात्मक रुपमा थोरै बिक्री हुने कम्पनीको एकमुष्ट ६ करोड ५० लाख थान सेट बिक्री भएको थियो। गतवर्ष बिश्वभर १ अर्ब २२ करोड २२ लाख मोबाइल सेट बिक्री भएको थियो। अघिल्लो वर्ष १ अर्ब १५ करोड २८ लाख बिक्री भएको थियो। ´बार्षिक बिक्री गणना गर्दा अघिल्लो बर्ष भन्दा २००८ मा बिश्वव्यापी रुपमा मोबाइल सेट बिक्री छ प्रतिशतले घटेको छ´ -गार्टनरका अनुसन्धान निर्देशक कार्लोलिना मिलानेसीले भने। मोबाइल सेट बिक्री जापानमा ठूलो परिमाणले घटेको छ। एसिया प्रशान्त क्षेत्रमा पर्ने मुलुकमा साढे ८ प्रतिशतले मोबाइल सेट बिक्री घटेको छ। जापान मात्र लिएमा सेट बिक्री साढे ३१ प्रतिशतले घटेको छ। नोकिया ठूलो कम्पनी गार्टनरकॊ विवरण अनुसार नोकिया मोबाइल सेट बनाउने सबैभन्दा ठूलो कम्पनी भएको छ। २००८ मा नोकियाले ४७ करोड ३२ लाख सेट उत्पादन गरेर बिक्री गरेको थियो। गत वर्ष मोबाइल सेट बिक्रीमा यसको अंश साढे ३८ प्रतिशत थियो। यसले अघिल्लो वर्ष ४३ करोड ५४ लाख सेट बेचेको थियो। सामसुङले गतवर्ष दोस्रो स्थान पायो। यसले १९ करोड ९१ लाख सेट बेचेको थियो। यसको अंश १६ प्रतिशत थियो। तेस्रो स्थान मोटारोलाको थियो। अंश ८ दशमलव ७ प्रतिशत थियो। उसले १० करोड ६५ लाख सेट बिक्री गरेको थियो। सेट बिक्रीमा बजार हिस्सा ८ दशमलव ४ प्रतिशत रहेको एलजीले १० करोड २५ लाख ७ दशमलव ६ प्रतिशत रहेको सोनी एरिक्सनले ९ करोड ३४ लाख सेट उत्पादन गरेर बिक्री गरेको थियो। अरु कम्पनीले २४ करोड ८१ लाख सेट उत्पादन गरेर बेचेका थिए। उनीहरुको बजार अंश २० प्रतिशत मात्र थियो। २००७ मा बिक्री भएको मोबाइल सेटमध्ये नोकियाको अंश ३७ दशलमव ८ प्रतिशत थियो। उक्त अवधिभमा भन्दा २००८ मा सामसुङ एलजीले धेरै सेट बेचेका थिए। तर पुराना मोबाइल सेट बनाउने कम्पनी मोटोरोला र सोनी एरिक्सन बिक्री २००७ भन्दा २००८ मा घटेको थियो। २००७ मा मोटोरोलाले १६ करोड ४३ लाख सेट उत्पादन गरेको थियो तर उसले २००८ मा १० करोड ६५ लाख सेट मात्र उत्पादन गरेको थियो। मोटोरोलाले युवा पुस्ताको मन तान्ने थ्रीजी टचस्क्रिन सेट बजारमा नल्याउँदा नयाँ बजारमा पहुँच गुमाउँदै गएको छ। सोनी एरिक्सनले २००७ मा १० करोड १३ लाख उत्पादन गरेको थियो। २००८ मा ९ करोड ३४ लाख मात्र बनाएको थियो। २००७ मा बिक्री भएको जम्मा मोबाइल सेटमध्ये मोटोरोलाको १४ प्रतिशत थियो। २००८ मा मोटारोला झण्डै ९ प्रतिशतमा झरेको थियो। हाल बिश्वभर मोबाइल टेलिफोन ग्राहक ३ अर्ब ६६ करोड ७४ लाख छन्।



अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ