स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

संवेदनहीन बागबजार

काठमाडौं, २ जेठ (दैनिकी)

लम्पसार सुतेको बागबजार भित्र
अनेकौ गल्ली छन्
अर्थहीन सुताइएको
केहि अर्थ दिने
वाहियातका सपना मध्ये
ती धेरै गल्ली मध्ये
एउटा गल्लीसंग मेरो आत्मीयता छ
व्यथाका सपनाहरुबाट
कुनै सपनामा
सपनाको अर्थ खोज्ने बाध्यता छ
कुरा के भने त्यो गल्लीमा एउटा पसल छ
हुन त अरु गल्लीमा पनि अरु पसल छन्
तर त्यो पसल मेरा लागी बिशिष्ट छ
साधारण पसल हो त्यो
सिलाई पसल
जहाँ नयाँ नयाँ सपनाहरु
सिउने गरिन्छ
पसलमा एउटी परम गौरांगी
नीलो हरियो कुर्तामा सजिने गरेकी
अनिद्य सुन्दरी
प्रायः उभिएकी हुन्छे
गर्दनमा पछाडिबाट
उरोजको गोलार्द्ध हुदै
तल लम्बाई सम्म
इन्ची टेप हालेर
मैले देखेको छु , राम्ररी देखेको छु
उसलाई, उसको वेदनालाई
कविता लेख्ने अनुभुति सम्म बुझेको छु
सायद उसले पनि बुझेकी छ मेरो हेराई
म सोच्छु
उ मैक्सीको नाप लिदाँ के सोच्छे होला
अनि पेटीकोटको लिदाँ के
र व्लाउजको लिदाँ के ?
यही सोचले म ग्रस्त हुन्छु
पाउन एउटा सार्थक निष्कर्ष
म बारम्बार त्यो गल्लीमा ओहोर दोहोर गर्छु
मैले देखेको छु उसलाई
दुबै हात शो केशमा राखी
छातीले थिची ढल्किदै उभिएको जीवनका अतृप्त चाहनालाई
मानौ यसरी नै पोख्न चहान्छे उ
मैले पाएको छु
उ जुनसुकै नाप लिदाँ पनि दत्तचित्त हुन्छे
नाप लिनु, लेख्नु र पुनः नाप लिनु
त उसको मनले भने
तब उसलाई छाडि दिन्छ
जब उ कसैको बिहेका लुगाको नाप लिन्छे
उ नाप लिइरहेकी हुन्छे
तर उसको मन वधु झै सजिएर पुग्छ
विवाह मण्डप
र बेहुली भई दिन्छ
सुहागरातमा रमी दिन्छ
लेख्दा ३६ लाई ६३ लेखिदाँ
नाप दिनेको आपत्ति सुन्दा
उसको सुहागरात सकिन्छ
र ऐ भन्दै उ
पुनः सच्याई ३६ लेख्छे
यही क्रम चलिरहेको छ
उसको जीवनमा
तीस बत्तीस बर्षको उमेर हुदाँ सम्म
के बागबजार साच्चै संवेदनहीन छ
यो प्रसंगले त यही थाहा हुन्छ
अनू





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


साहित्य - थप सामग्री

dainikee on facebook

साहित्य - धेरैले पढेको

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ