स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

संघीय प्रणालीमा गए देश सिक्किमीकरण हुन्छ

संघीयता विरोधी एक मात्र पात्रः चित्रबहादुर केसी

काठमाडौं, २ जेठ (दैनिकी)

संविधानसभाको निर्वाचन भएको एक वर्ष बितिसकेको छ। संविधानसभाबाट चुनिएर आएका प्रतिनिधिको मुख्य काम भनेको नयाँ संविधान निर्माण गर्नु हो। साथै मुलुकलाई संघीय राज्य बनाउनु, माओवादी लडाकूको समायोजन र पुनर्स्थापना गर्नु पनि सरकार र संविधानसभाको अर्को महत्वपूर्ण कार्य हो। संविधानसभामा रहेका २४ दलमध्ये एउटा यस्तो पार्टी छ जसले संघीयताका विरोध जारी राखेको छ, त्यो हो राष्ट्रिय जनमोर्चा। मुलुक संघीयतामा गए सिक्कीमिकरण हुने भन्दै उसले संघीयता विरुद्ध आन्दोलन सुरु गरेको छ भने संविधानसभा मै रहेका केही दलले तत्काल संघीय राज्य घोषणाको माग गरेका छन्। संघीयता विरुद्धका एक पात्र हुन् सभासद् एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी।
संघीयता र यसबाट पर्ने असरका बारेमा दैनिकीका लागि बलराम पाण्डेले राजमोका अध्यक्ष केसीसँग गरेको कुराकानी


दैनिकी : यहाँ एक संघीयता विरोधी एकल पात्र, संघीयताका लागि मुलुकमा अहिले भइरहेको आन्दोलनलाई कसरी लिनुभएको छ?
केसी : हामी संविधानसभा भित्र एउटा पार्टीमात्र हो, संघीयता विरोधी। त्यहाँ भित्र रहेका २३ दलभित्र ठूलो संख्यामा संघीयता विरोधी सभासद्हरु नै छन्। उनीहरुलाई भोट दिने कार्यकर्ता पनि ठूलो संख्यामा संघीयता विरोधी छन्। नेपालमा ठूलो संख्यामा जनता संघीयता विरोधी छन्।

दैनिकी : तर तपाईले भनेका व्यक्तिहरु त संघीयताका लागि आन्दोलनमा छन् नि?
केसीः केही सीमित मान्छेले जानेर/नजानेर संघीयतामा गएपछि परिवर्तन र समस्या समाधान हुन्छ भनेर भ्रमवस त्यस्तो काम गरेका हुन्। जसले संघीयताबाट मुलुकले भोग्ने परिणामका बारेमा जानेकाले जुन–घामझै देखेका छन्, संघीयताले मुलुक कस्तो बनाउँछ भन्ने। त्यसैले संघीय प्रणालीमा गए देश सिक्किमीकरण हुन्छ। संघीय प्रणालीमा जानु भनेको देशलाई खत्तम पार्नु हो। विघटन र खत्तम पार्नु हो।

दैनिकीः अब मुलुक संघीयतामा जाने निश्चित भइसक्यो भनेपछि तपाईको विचारमा अब नेपाल सिक्कीमिकरण तर्फ जान लागेको हो त?
केसीः निश्चित रुपमा दलहरुले बेलैमा होस पुर्‍याएनन् भन अब मुलुक सिक्कीमिकरण हुन्छ, मुलुक विभाजित पनि हुन्छ। नेपालमा संघीयता राज्य निर्माणका लागि पूर्वाधार नै छैन।

दैनिकी : संघीयताको मुद्धा संविधानसभामा प्रस्तुत हुँदा यहाँहरुले के गर्नुहुन्छ?
केसीः त्यसको लागि हामीले तयारी गर्दैछौं। नयाँ संविधानमा ब्यवस्था गर्ने बेलामा हामीले विरोधका कार्यक्रम पनि सार्वजनिक गर्नेछौ।

दैनिकीः प्रसंग बदलौ, तपाईहरुले सरकारलाई समर्थन गरेर पनि सरकारमा सहभागी नहुने निर्णय गर्नुभो किन?
केसीः नेपालमा कति पार्टी छन् ती सबै सरकारमा सहभागी हुनुपर्छ भन्ने छैन। तर माओवादीले सरकार छाडेपछि मुलुक सरकारविहीन अवस्थामा रहन नदिन पनि एमाले कांग्रेसको पहलमा गठन हुन लागेको सरकारलाई समर्थन गरेको हो। विगतमा एमाले र कांग्रेसका पनि चरित्र थाहा हँुदा हँुदै पनि समर्थन गर्नुपरेको छ। यी पनि अवसरवादी छन् आफ्ना महत्वाकांक्षा पूरा गर्न यिनले पनि राष्ट्रियतालाई तिलाञ्जलि दिन पछि पर्दैनन्। तर विकल्प नभएकाले पनि सरकारलाई समर्थन गर्नुपरेको हो। नयाँ संविधान निर्माण गर्ने सर्तका साथ समर्थन गरेका हौं। यिनको चरित्र नेपाली जनताले देखेकै छन् त्यसैले यिनीहरु नेपाली जनतासँग डराउनुपर्छ।

दैनिकी : तपाईले समर्थन गरेको सरकारले त पूर्णता नपाउँदैदेखि टिकाटिप्पणी गर्न थाले नि?
केसीः टिकाटिप्पणी हुँदैमा सरकार ढलिहाल्न सक्दैन। किनकी यो सरकारको विकल्प छैन। सरकारमा सहभागी दलले गाइजात्रा प्रदर्शन गर्न थालिसकेका छन्, तर जस्ता भए पनि विदेशबाट ल्याएर प्रधानमन्त्री बनाउन नमिल्ने हुदा पनि यसको विकल्प छैन।



सम्बन्धित तस्वीरहरु

  • तस्वीर:




प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


संवाद - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ