स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

जाली नोटको धन्धामा नाम जोडिएपछि पारस आक्रोसित

-गजेन्द्र बुढाथोकी

काठमाडौं, १६भदौ

जाली नोटको प्रकरणमा भारतीय सञ्चारमाध्यमहरुले पूर्व युवराज पारशलाई मुछेपछि उनले असन्तुष्टी जनाएका छन । "विना कुनै प्रमाण यसरी जथाभावी रुपमा कुनै सम्मानित नागरिकको नाम मुछ्नु कतिसम्म उपयुक्त हो"- पारस निकटस्थ स्रोतले दैनिकीसँग भन्यो । उनले यो प्रकरणमा विगतमा भारतीय विमान अपहरण कान्डमा नेपालीलाई बदनाम गरिएको प्रकरणसँग जोड्दै नेपाल र नेपालीको नाम जथाभावी जोडेर मुलुककै बदनाम गर्दासमेत सरकार मौन बसेकोमा असन्तुष्टी जनाएका छन ।
"उहाँ अब यो मुलुकको विशिष्ट नागरिक हैन, यदि उहाँ यस्ता काण्डमा संलग्न भएको प्रमाण भए सरकारले पक्राउ गरेर भारतलाई बुझाउनु पर्र्यो हैन भने जथाभावी लेख्ने भारतीय सञ्चारमाध्यप्रति पनि सरकारले प्रतिक्रिया जनाउनु पर्र्यो" निर्मल निवासका ती अधिकारीले दैनिकीसँग विशेष कुरा गर्दै भने ।
सिंगापुरबाट सोमबार नेपाल आएका पारसले मंगलबार दिउँसो निर्मल निवासमा त्यहाँका आफ्ना विश्वासिला केही कर्मचारीसँग यसबारे असन्तुष्टी जनाएका थिए ।


यसअघि यस्तो भारतीय नोटको अबैध धन्धामा आईएसआई, अंडरवर्ल्ड तथा डनहरुको नामसंगै अब भारतीय समाचार माध्यमहरुले पूर्व युवराज पारसको नाम पनि जोडेर समाचार प्रशारण गरेका थिए ।

आजतकका अनुसार जाली नोटका व्यापारी माजिद मनिहारको छोरा विक्कीले भारतमा जाली नोटको सप्लाईमा पारसको समेत हात रहेको भनेर खुलासा गरेका छन।
आजतकले पारस नेपालसहित विश्वभरनै विभिन्न अवैधानिक काममा संलग्न रहेको भन्दै उनी अब पारस भारतको अर्थव्यवस्थालाई कमजोर पार्ने षडयन्त्रमा लागेका आरोप लगाएको छ ।
टाईम्स अफ इन्डियाले आफ्नो अनलाईन संस्करणमा भारतका सर्वाधिक खोजीमा रहेका आतंककारी दाउद ईब्राहिमसंग मिलेर पारसले विगतमा नेपाल आउने जाली नोट सुरक्षित रुपमा नेपाली सिमा कटाएर भारत पुर्‍याउने काम गरेको उल्लेख गरेको छ ।
सो अनलाईनले शाहीकालका पूर्वमन्त्री सलिम मियाँ अन्सारीका छोरा युनुस अन्सारीले पारस र दाउदको सम्पर्क मिलाउने काम गरेको उल्लेख गरेको छ।
अनलाईन समाचारमा नक्कली नोटका साथमा भारतको मध्य प्रदेश एटियसले भारतमा नक्कली नोटको कारोबारको प्रयास गर्दै गरेका दुई नेपालीलाई पक्राउ गरेको जानएको छ । उनीहरुबाटै पारस त्यस्तो कारोबारमा सम्लग्न रहँदै आएको खुलासा भएको भारतीय समाचारमाध्यमहरुले उल्लेख गरेका छन ।
पारस अहिले सिंगापुरमा बस्दै आएका छन् भने उनकी श्रीमती लोग्नेसंगको झगडाका कारण हङकङमा छोराछोरीका साथमा भर्खरै गएकी छन् ।
पारसको नाम उत्तर प्रदेशको बहराइचमा गिरफ्तार भएका जाली नोट धंधामा विक्की मनिहारले पोलेका हुन । विक्की मनिहार जाली नोटको धंधाका पुराना खेलाडी भएको हुनाले उनको बयानलाई भारतीय सुरक्षा एजेंसीहरुले गंभिरतापूर्वक लिएको समाचारमा उल्लेख छ ।
गत महिना भारतीय गृह मन्त्रालयलाई प्राप्त गोप्य प्रतिवेदनमा जाली नोट‍को धन्धामा नेपालको पूर्व राजघरानाको समेत संलग्नता रहेको विवरण उल्लेख भएको आजतकले उल्लेख गरेको छ।
नेपालबाट जाली नोटको धन्धामा मुख्य दिमाग नेपालका पूर्व मंत्री सलीम अंसारीका छोरा युनूस अंसारीको भएको उल्लेख छ।

डी कम्पनीलाई सहयोग !
भारतीय गुप्तचर एजेंसीहरुलाई उल्लेख गर्दै भारतीय समाचार संस्थाहरुले शाहीकालका पूर्वमन्त्री सलीममिया अन्सारी तथा उनका छोरा युनूस अन्सारीलाई नेपालमा डी कम्पनीका प्रमुख सहयोगी भएको जनाएका छन । पूर्व राजपरिवारसँग नजिक भएकै कारण पारसले उनीहरुलाई सहयोग पुर्र्याइरहेको आजतकले उल्लेख गरेको छ ।
पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा सिमरा एयरपोर्टमा जाली नोटको ठूलो परिणाममा समातिएकोमा रातारात ती नोटहरुलाइ सक्कलीमा परिवर्तन गरिएको आरोप भारतीय समाचारमाध्यमहरुले लगाएका छन ।
"यस्ते कुरा सरकारी विना मद्धत सम्भव छैन"- आजतकको समाचारमा भनिएको छ । ।
हाल भारतमा जाली नोट सिंगापुर तथा थाइल्यान्डको बाटोबाट आउन थालेकोले पारसले सिंगापुरमा बसेर जाली नोट भारत पठाइरहेको हुनसक्ने भारतीय समाचार माध्यमहरुले जनाएका छन ।
ती सञ्चारमाध्यमले विक्की मनिहारका बाबु माजिदलाई भारतीय गुप्तचर संस्थाहरुले ले धेरै समयदेखि खोजी गरिरहेको थिए । माजिद नेपालमा रहेका डी कम्पनीको मुख्य व्यक्ती मिर्जा दिलसाद बेगका चेला भएको जनाइएको छ।
बेगको हत्यापछि सलीममिया अनसारीले उनको ठाउँ लिएको एक डनको आत्मकथामा आधारित उपन्यास अधुरा ख्वाबमा उल्लेख थियो।



सम्बन्धित तस्वीरहरु

  • तस्वीर:




प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ