दैनिकी - सबै समाचार
क्याम्पसका प्रमुख र क्याम्पस सञ्चालक समिती अध्यक्षलाई क्याम्पस प्रवेशमा रोक
					  <description>नेपाली काग्रेस निकटको बिद्यार्थी सँगठन नेविसँघका बिद्यार्थीहरुले कञ्चनपुरको महेन्द्रनगरस्थीत सिद्धनाथ बहुमुखी क्याम्पसका प्रमुख र क्याम्पस सञ्चालक समिती अध्यक्षलाई क्याम्पस प्रवेशमा रोक लगाएका छन् । नेविसँघले स्वावियु निर्वाचनको मिति घोषणाका लागि गरेको अनुरोधलाई वेवास्ता गरिएको भन्दै क्याम्पस प्रमुख भारती जोशी र सञ्चालक समिती अध्यक्ष सुरेन्द विष्टलाई क्याम्पस प्रवेशमा रोक लगाएको हो ।</description>                 
चेल्सी च्याम्पियन्स लीगबाट बाहिरियो
					  <description>जोसे मोरिन्होको ईन्टर मिलानले चेल्सीको च्याम्पियन्स लीग जित्ने सपनामा बिराम लगाईदिएको छ। पहिलो चरणमा २-१ ले पछी परेको चेल्सीको दोस्रो चरणको खेल घरेलु मैदानमा हुने भएकोले चेल्सीलाई ठुलो आशा थियो। तर मंगलबार राती भएको यस खेलमा ईन्टर मिलानले चेल्सीको घरेलु मैदान स्टामफोर्डमा १-० को नतिजा निस्बेपछी चेल्सी च्याम्पियन्सबाट बाहिरिएको छ।</description>                 
एसएलसी चैत १२ बाट/परीक्षामा कडाइ हुने
					  <description>- परीक्षा नियन्त्रण कार्यालयले यो वर्षदेखि एसएलसी परीक्षामा अनियमिता गर्ने र गराउनेलाई कडा कारबाही गर्ने भएको छ । परीक्षामा अनियमिता गर्नेलाई हदैसम्मको कारबाही तथा गराउनेलाई छ महिना जेल र एक लाख रुपैयाँसम्म जरिवाना गरिनेछ । 
चैत १२ देखि २० गतेसम्म हुने परीक्षामा नियमित र एक्जाम्टेड गरी ४ लाख ६६ हजार ३ सय परीक्षार्थी सहभागी हुनेछन् । एसएलसी परीक्षाको ७६ वर्षे इतिहासमा सबैभन्दा बढी विद्यार्थी</description>                 
सिंघानियाका सूटरको पहिचान भयोः प्रहरी
					  <description>सञ्चार उद्यमी अरुणकुमार सिंघानियालाई गोली हान्ने सूटरको पहिचान भएको प्रहरीले दाबी गरेको छ । सूटरको नाम ठेगाना सार्वजनिक नगरिए पनि ऊ धनुषाकै भएको श्रोतको दाबी छ । 
'सूटरलाई पक्राउ गर्न मुलुकभरीका प्रहरीसँग सहयोग मांगिएको छ,' प्रहरी उपरीक्षक श्याम खड्काले भने, 'सूटरको तस्बिरसहितको जानकारी पनि मुलुकभरीकै प्रहरीलाई दिइएको छ ।' सूटर खुला सिमानाको उपयोग गर्दै भारत छिर्न सक्ने सम्भावना रहेकाले प्रहरी</description>                 
रक्षामन्त्री र सेनापति बैठकमा अनुपस्थित
					  <description>बर्दिया घटनाबारे छलफलमा रक्षामन्त्री विद्या भण्डारी र प्रधानसेनापति छत्रमानसिंह गुरुङ उपस्थित नभएकाले संसदको महिला बालबालिका समितिको मंगलबारको बैठक स्थगित भएको छ । समितिले छलफलका लागि बोलाएका उनीहरू दुवै उपस्थित नभएपछि समितिले दुःख व्यक्त गर्दै बुधबार पुनः बैठक बस्ने निर्णय गरेको छ । उक्त घटनाबारे छानबिन भइरहेकाले आफू बैठकमा उपस्थित हुन नसक्ने प्रधानसेनापति गुरुङले पत्र पठाएर जानकारी गराएका थिए ।</description>                 
शाहिद र करीनाले संगै प्रचार नगर्ने
					  <description>बलिउड अभिनेत्री करीना कपूरले चलचित्र मिलेंगे-मिलेंगेका निर्माता बोनी कपूरलाई आफुले यस चलचित्रको प्रचारका लागि आफ्ना भुतपुर्व प्रेमी शाहिद कपूरसंग कुनै पनि हालतमा देखा नपर्ने बताइन। बोनी कपूरले उनको कुरा मान्दै शाहिद र करीनालाई अलग अलग चलचित्रको प्रचारका लागि प्रयोग गर्ने भएको छ।</description>                 
आमा छोरीलाई एउटै केटा मनपर्यो
					  <description>प्रख्यात पप गायिका माइली सायरस तथा उनकी आमा टिशलाई एउटै केटा मनपर्यो । चलचित्र द लास्ट सांगको छाँयाकणमा व्यस्त माइली तथा उनको आमालाई यस चलचित्रका कलाकार लियाम हेम्सवर्थसंग एकैचोटी प्रेम भएछ। एक अंग्रेजी वेबसाइटका अनुसार १७ वर्षकी माइलीको आफ्ना १९ बर्षिय प्रेमीसंग निकै गहिरो प्रेम रहेको छ। 
माइलीले 'मलाइ थाहाँ छैन, मैले र मेरी आमा मध्ये को पहिला हेम्सवर्थ प्रती आकर्षित भएको हो।</description>                 
सलमान पनि टि्वटरमा
					  <description>बलिउड अभिनेता सलमान खानले पनि टि्वटरमा आफ्नो खाता खील्ने भएका छन्। उनले हालै टि्वटरको मार्फतबाट आफ्नो चर्चित टिभि खेल दस का दमको प्रचार समेत गर्ने भएका छन्। 
यस अलावा उनले टि्वटर को माध्यमबाट आफ्ना प्रशंसकहरुको कुराहरु सुन्ने तथा त्यसमा आफ्नो प्रतिक्रिया दिने भएका हुन।</description>                 
शाहरुखको ठुलो हार
					  <description>आईपिएल क्रिकेट प्रतियोगितामा मंगलबार भएको दोस्रो खेलमा चेन्नइ सुपर किगंसले कोलकत्ता नाईट राईडर्सलाई ५५ रनले हराएको छ। कोलकत्ताको इडेन गार्डेनमा भएको यस खेलमा टस जितेर पहिला ब्याटिङ्ग गरेको चेन्नइ सुपर किगंसले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। चेन्नइ सुपर किगंसको तर्फबाट ४ छक्का र १६ चौका प्रहार भएको थियो। चेन्नइ सुपर किगंसका लागी धोनीले ३३ बलमा ३ छक्का र ६ चौकाको मद्दतले ६६</description>                 
बर्तमान सरकार शान्ति प्रक्रियाको बाधक
					  <description>एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्तमान सरकार शान्ति प्रक्रियाको बाधक रहेको बताउनु भएको छ । समयमै संबिधान निमार्णका लागि माओबादीले सहमती र सहकार्यको राजनिती नत्यागेको दावी गर्दै प्रचण्डले गतिरोध अन्त्यका लागि सरकार नै लचीलो हुन नसकेको जिकीर गर्नुभयो । क्रान्तिकारी पत्रकार संघले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सहमतीका साथ अघिबढे तोकियकै मितीमा</description>                 
बाँकेमा भिषण आगलागी
					  <description>बाँकेको राप्तिपारी स्थित नरैनापुर १ खुदुवा भिषण आगलागी भएको छ । आगलागीबाट करीब एक सय बढी घर जलेर नष्ट भएका छन भने एक बालक आगोले जलेर गम्भिर र्घाईते भएका छन । र्घाईते हुनेमा सोहि ठाँउका १० बषिर्य बाहुर यादब र्घाईते भएका हुन । र्घाईते बालकलाई उपचारका लागि भारतको बहर्राईच लगिएको छ । मध्यान्ह १२ बजेतिर एक घरबाट एक्कासी शुरु भएको आगोले गाँउका अधिकांश घर जलेर नष्ट भएका हुन ।</description>                 
१४ सय फलफूलका विरुवा वितरण
					  <description>जिल्ला कृषि विकास कार्यालय इलामले जिल्लाका किसानहरुलाई १४ सय फलफूलका विरुवा वितरण गरेको छ । किसानहरुको मागका आधारमा हलुवावेद, आरु, आरुचा, लप्सी, नासपति लगायत विभिन्न जातका वरुवा वितरण गरेको कार्यालयका प्राविधिक सहायक लक्ष्मीनारायण शर्माले बताउनु भयो । जिल्ला बाहिरबाट झिकाइने भएकाले ढुवानी खर्च र प्याकेजि्ङ्गको खर्च कार्यालयले सहयोग गरी सहुलियत दरमा किसानलाई विरुवा उपलब्ध गराइएको बताइएको छ ।</description>                 
कारागारमा योग शिबिर
					  <description>केहि महिना अघि मात्र कैदि बन्दिहरु बिच सामान्य बिषयमा झडप भएपछी कैदि बन्दी बीच सामीप्यता बढाउन पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्कामा आयोजना गरीएको योग शिबिर आजबाट सकिएको छ । 
झण्डै ५ महिना अघि एक कैदिबन्दीको पिटाइका कारण मृत्यू भएको र समय -समयमा झडप हुदै गरेकोमा त्यसको न्यूनिकरणका लागि योग शिबिर संचालन गरिएको थियो । एक साता अघिदेखी थालिएको योग शिबिर आजबाट सकिएको हो ।</description>                 
पुर्बाञ्चलबाट १,६७,४४८ जनाले एस एल सि परिक्षा दिने
					  <description>आउदो चैत्र १२ गतेदेखि हुने एस एल सि परिक्षाको लागि पुर्बाञ्चलबाट यसपालि १ लाख ६७ हजार ४ सय ४८ जना परिक्षार्थिहरुले परिक्षा दिने भएका छन । पुर्वाञ्चलको १६ ओटा जिल्ला मध्ये यस बर्ष झापाबाट सबैभन्दा बढि परिक्षर्थिले परिक्षा दिन लागेको क्षेत्रिय शिक्षा निर्देशनालय धनकुटका प्रमुख डिल्ली राम अधिकारी जानकारी दिनुभयो । 
झापाबाट यस बर्ष नियमित र आंशिक गरि १७ हजार ४ सय २५ जनाले परिक्षा दिने जनाइएको छ ।</description>                 
समयमा संबिधान नबने देश दलदलमा फस्ने
					  <description>नेपाल बिद्यार्थी संघका अध्यक्ष प्रदिप पौड्यालले तोकिएकै समयमा संबिधान नबने देश दलदलमा फस्ने संभावना रहेको बताउनुभयो । नेबीसंघले आयोजना गरेको मेची-काली यात्रका क्र्रममा सुनसरीको इटहरीमा आज कोडसभामा बोल्दै त्यस्तोकुरा बताउनुभएको हो। दलहरु आपसी सहमतीमा नआए तोकिएकै समयमा सबिधान नबन्ने ठोकुवा गर्दै अध्यक्ष पौड्यालले संबिधान निर्माणका लागिपनि दलहरु एकआपसमा मिल्नु आवस्यक रहेको बताउनुभयो ।</description>                 
हरिहरपुर गोली काण्ड
					  <description>गत बुधबार बर्दिया राष्ट्रिय निकुञ्जमा सेनाद्वारा गोली प्रहारगरी एक बालिका सहित ३ जना महिला हत्या  घटनाको निष्पक्ष छानविन सहित दोषिलाई कार्वाहिको माग गरिएको छ ।
सुर्खेत जिल्ला स्थित विभिन्न एक दर्जनबढी मानव अधिकारबादी संघ, संस्था, सञ्चारकर्मी र राजनीतिक दलका प्रतिनीधिहरुले संयुक्त रुपमा जिल्ला प्रशासन मार्फत गृहमन्त्रालय, प्रधानमन्त्री कार्यालय, रक्षामन्त्रालय र बर्दिया जिल्ला प्रशासन कार्यालयमा</description>                 
रोयाल च्यालेन्जरले किगंस इलेभेनलाई हरायो
					  <description>आईपिएल क्रिकेट प्रतियोगितामा मंगलबार भएको पहिलो खेलमा रोयाल च्यालेन्जरले  किगंस इलेभेनलाई ८ विकेटले हराएको छ। बंगलौरको चिन्नास्वामी स्टेडियममा भएको यस खेलमा टस जितेर पहिला ब्याटिङ्ग गरेको किगंस इलेभेनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो । किगंस इलेभेनलको तर्फबाट ७ छक्का र २० चौका प्रहार भएको थियो। रोयाल च्यालेन्जरले सो लक्ष १८.५ ओभरमा २ विकेट मात्र गुमाएर सो लक्ष पार गरेको</description>                 
जावलाखेल यूथ क्लब तथा त्रिभुवन आर्मी क्लब बिजयी
					  <description>राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तर्गत मंगलबार जावलाखेल यूथ क्लबले व्वाइज यूनियन क्लबलाई १-० ले हराएको छ।  जावलाखेल यूथ क्लबको तर्फबाट एक मात्र गोल खेलको २९ औँ मिनेटमा लष्मी श्रेष्ठले गरेका थिए।  
मंगलबार नै भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले आरसिटीलाई २-० ले हराएको छ।</description>                 
विद्युत चुहावट रोक्ने
					  <description>नेपाल विद्युत प्राधिकरण इलामले विद्युत चुहावट रोक्ने अभियान थालेको छ । विद्युत चुहावट भएका गाविसको छनौट गरि प्राधिकरण शाखाले ग्रामीण क्षेत्रमै अस्थायी क्याम्प स्थापना गरेर चुहावट रोक्ने अभियान शुरु गरेको थालेको हो । 
विद्युत प्रशारण लाइनमा हुक लगाएर विद्युत चुहावट हुने क्रम बढेपछि प्राधिकरण शाखाले चुलाचुलि गाविस चुहावट रोक्न पहल गरेको प्राधिकरणका प्रमुख पूर्ण तुलाधरले बताउनुभयो।</description>                 
सिगांपुर व्दारा नेपाल पराजित
					  <description>एसीसी यू- १६ क्रिकेट प्रतियोगिताको फाइनलमा सिगांपुरले नेपाललाइ ६८ रनले पराजित गरेको छ। त्रिभुवन बिश्वबिध्यालयको किर्तिपुरमा भएको फाइनल खेलमा सिगांपुरले पहिला व्याटिगं गर्दै ४० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनाएको थियो। सिगांपुरका लागि बिकाश राजगोपालाले ५८ रन बनाएको थियो। १४७ रनको लक्ष पछ्याएको नेपाललाइ सिगांपुरले २२ ओभरमा मात्र ७८ रनमा अल आउट गरेको थियो।</description>                 